समाज

आज विश्व सेतो छडी दिवस

काठमाडौ, २८ असोज । आज विश्व सेतो छडी दिवस, नेपालमा पनि अपांगता तथा विशेष गरी दृष्टिविहिनका क्षेत्रमा कार्यरत संघसंस्थाले विभिन्न कार्यक्रम गरी यो दिवस मनाईंदैछ । दृष्टिविहिनहरुले हिंड्दा प्रयोग गर्ने खोक्रो आल्मुनियमले बनेको सेतो रंगको छडीलाई दृष्टिविहिनको संकेतको रुपमा विश्वव्यापी मान्ने गरिएको छ । सेतो छडी चलाउनका लागि पनि तालिम लिनुपर्ने हुन्छ । नेपालमा २०५५ […]

२०७२ आश्विन २८ गते, बिहीबार

फेसबुकमा कमेन्ट गर्दा प्रहरीको फन्दा

काठमाडौं, २७ असोज । म्यानमारको सेना प्रमुखको पोशाक अर्थात बर्दीको विषयमा कमेन्ट गर्ने एक महिलालाई त्यहाँको प्रहरीले पक्रेको छ । सामाजिक सञ्जाल फेसबुकमा २५ वर्षकी चा सेँडी तुनले म्यानमारका सेना प्रमुख मिन आंग लेंगको बर्दी लगाएको तस्बिरमा कमेन्ट गरेकी थिएन । तस्बिरमा अरु धेरै म्यानमारका नागरिकले पनि टिप्पणी गरेका छन् । उनीहरुले सेनाको नयाँ बर्दीको […]

२०७२ आश्विन २७ गते, बुधबार

आज घटस्थापना

काठमाडौँ, २६ असोज । विजयादशमीको पहिलो दिन आज घरघरमा कलश स्थापना गरी घटस्थापना मनाइँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिनलाई घटस्थापना भनिने र यसै दिनदेखि नवरात्र आरम्भ हुन्छ । यस दिन दियो, गणेश र कलशको पूजा गरी घटस्थापना गर्ने र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्दै जमरा राखिने नेपाल पञ्चाङ्ग निर्णयक समितिका अध्यक्ष […]

२०७२ आश्विन २६ गते, मंगलवार

आज सोमबारे औंसी

काठमाडौं, २५ असोज । आज सोमबारे औंसी, प्रत्येक महिनामा एउटा औंसी हुन्छ र प्रत्येक सात दिनपछि एउटा सोमवार । तर औंसी र सोमबारको संयोग यदाकदा मात्र हुन्छ । वर्षभरिमा एकपटक वा कहिलेकांही दुईपटकसम्म सोमवती अमावस्या अर्थात् सोमबारे औंसी पर्दछ । यो पर्व स्नान, दानादिका निमित्त शुभ र सर्वश्रेष्ठ मानिन्छ । यस पर्वमा स्नान गर्न विभिन्न […]

२०७२ आश्विन २५ गते, सोमबार

आज र भोलि सार्बजनिक विदा

काठमाडौं, २५ असोज । आज ऐतिहासिक र धार्मिक महत्व बोकेको रातो मच्छिन्द्रनाथको भोटेजात्रा परेकाले सरकारले काठमाडौं उपत्यका भित्र सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले एक सुचना जारी गरी सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । सोमबार ललितपुरमा आयोजना हुने रातो मच्छेन्द्रनाथको भोटो देखाउने जात्रामा राष्ट्रपति, प्रधानमन्त्री लगायत संवैधानिक निकायका पदाधिकारीहरु सहभागी हुने कार्यक्रम […]

२०७२ आश्विन २५ गते, सोमबार

भोलिदेखि दसैंका गाडी चल्ने

काठमाडौं, २४ असोज । सरकार, यातायात व्यवसायी तथा नेपाल आयल निगमले दसैं मान्‍न घर जाने यात्रुलाइ लक्षित गर्दै सोमबारदेखि लामो दूरीको बस सञ्चालन गर्ने निर्णय गरेका छन । सोमबारदेखि आठ दिनका लागि दसैंलाई लक्षित गरेर विशेष सतर्कता तथा सुरक्षाका साथ सवारीसाधन सञ्चालनमा ल्याइनेछ । नाकाबन्दी, असुरक्षा, बन्दहडताल तथा इन्धन अभावमा यसपटक अग्रीम टिकट काट्ने व्यवस्था […]

२०७२ आश्विन २४ गते, आईतवार

रिजालको रिस

काठमाडौं, २२ असोज । सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले भारतविरुद्ध नलेख्न र ‘नाकाबन्दी’ शब्द कतै पनि प्रयोग नगर्न पत्रकारहरुलाई आदेश दिएका छन् । भारतले मधेसी मोर्चाको आडमा नेपालमाथि आर्थिक नाकाबन्दी लगाएर नेपाली जनताको दैनिक जीवन अस्तव्यवस्थ बनाइरहेका बेला मन्त्री रिजालले यस्तो आदेश दिएका हुन् । मन्त्री रिजालले सरकारी सञ्चारमाध्यमका सम्पादकहरूलाई बोलाएर भारतविरुद्ध […]

२०७२ आश्विन २२ गते, शुक्रबार

५ ट्यांकर इन्धन भित्रियो

काठमाडौं, २२ असोज । पूर्वी नाका काँकडभिट्टाबाट दुई दिनमा ३५ ट्यांकर पेट्रोलियम पदार्थ ल्याउन दिएको ईण्डियन आयल कर्पोरेशनले बुधबारदेखि फेरी नयाँ नियम लगाएर ईन्धन आयातमा कडाई गरेको छ । नेपाल आयल निगमको सम्पर्क कार्यालय झापाका प्रमुख कमलेश अर्यालका अनुसार हिजो साँझ ३ वटा डिजेल र २ पेट्रोलका ट्यांकर गरी ५ वटा इन्धन लोड भएका ट्यांकर […]

२०७२ आश्विन २२ गते, शुक्रबार

भैरहवामा शक्तिशाली बम विस्फोट

काठमाडौं, २१ असोज । भैरहवाको गौतमबुद्ध विमानस्थल नजिकै बिहीबार बिहान शक्तिशाली विस्फोटक पदार्थसहितको बम विस्फोट भएको छ । विमानस्थल नजिकै रहेको घाग्रा खोलाको पुलमा बिहान २ः ३० बजे पेट्रोल, डिजेललगायतका विस्फोट हुने सामग्री टायरमा बेरेर विस्फोट गराइएको रुपन्देही प्रहरीले जनाएको छ । विस्फोटको आवाज तीन÷चार किलोमिटर वरपरसम्म सुनिएको स्थानीयवासीले बताएका छन् । विस्फोटबाट स्थानीयवासीमा त्रास […]

२०७२ आश्विन २१ गते, बिहीबार

दसैं विदा १५ दिन

काठमाडौ, २१ असोज । आज साँझ ५ बजे बस्ने मन्त्रिपरिषदको नियमित बैठकले भारतको गरेको अघोषित नाकाबन्दी, तराई आन्दोलनल र त्यसका समाधानका विषयमा छलफल हुने बताइएको छ । यसैक्रममा भारतको अघोषित नाकाबन्दीले इन्धन आपूर्तिमा अवरोध पुगेको कारण देखाउँदै यसवर्ष दशैं बिदा १५ दिन दिने तयारी पनि सरकारले गरेको छ । तयारीअनुसार आजको मन्त्रिपरिषदले निर्णय गरे सरकारी […]

२०७२ आश्विन २१ गते, बिहीबार