समाज

बीस दिनपछि निकालियो शब

काठमाडाैं, २ जेठ । गत वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी भूकम्पलगत्तै खसेको पहिरोमा पुरिएका आमाछोरीको शबलाई आज बिहान निकालिएको छ । छोरी प्रज्ञालाई खोप लगाएर घर फर्कदै गरेकी गोरखा बारपाक–१ पोखरीकी अञ्जु विकलाई पहिरोभित्रबाट निकालिएको हो । सौरपानी गाविसको झोलुङ्गे नजिकै खसेको पहिरोभित्र आमाछोरी थिचिएका थिए । नेपाली सेनाको टोली र […]

२०७२ जेष्ठ २ गते, शनिबार

६ जना कालोबजारिया थुनामा

काठमाडौं,१ जेठ । विपदको बेला ठगी गर्ने ६ जना थुनामा परेका छन् । पानीजन्य, औषधीजन्य र अरु खानेकुरामा ठगी गर्ने ६ जनालाई थुनामा राखिएको वणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले जनाएको छ । विपदमा साथ र सहयोग गर्नुको साटो उल्टै ठगी गरेको भन्दै ६ जनालाई थुनामा पठाएको विभागका निर्देशक हरिनारायण बेल्वासेले बताए । उनले कहीँ कतै […]

२०७२ जेष्ठ १ गते, शुक्रबार

भूकम्पको पूर्व अनुमान गर्न सकिन्छ, समय भन्न सकिँदैन : भूगर्भविद्

काठमाडौं,३१ वैशाख । राजधानीमा भूकम्पबारे भएको कार्यक्रममा भूगर्भविद्हरुले ठूलो भूकम्पपछि स–साना कम्पन आउनेक्रम जारी रहने भन्दै त्रसित नहुन सर्वसाधारणलाई आग्रह गरेका छन् । उनीहरुले भूकम्पको पूर्वअनुमान गर्न सकिए पनि समय यकिन गर्न नसकिने भन्दै स–साना कम्पन आउनुलाई स्वभाविक रुपमा लिनुपर्ने बताए । कार्यक्रममा भूगर्भविद् रञ्जन दाहालले भूकम्प जाने कारण, काठमाडौंका घरको संरचना, भूकम्प प्रतिरोधात्मक घर […]

२०७२ बैशाख ३१ गते, बिहीबार

बेपत्ता अमेरिकी हेलिकप्टरको खोजीकार्य जारी

काठमाडौं, ३१ बैशाख । भूकम्प पीडितको उद्धारमा खटिएको अमेरिकी सेनाको गत मंगलबारबाट हराएको मरिन युएच १ वाई हुवे हेलिकप्टर अझै फेला परेको छैन । दोलखाको सुनखानी क्षेत्रमा गएको उक्त हेलिकप्टर मंगलबार दिउंसो साढे २ बजेबाट सम्पर्कबिहीन भएको थियो । दोलखाका प्रमुख जिल्ला अधिकारी प्रेम लाल लामिछानेका अनुसार आज पनि बिहानैदेखि दोलखाको सुनखानी, खांघटी र डगुवार […]

२०७२ बैशाख ३१ गते, बिहीबार

अमेरिकी हेलिकप्टर फेला परेको संकेत

काठमाडौं, ३० बैशाख । हिजोदेखि हराएको अमेरिकी सेनाको मरिन यूएच वानएच हेलिकप्टर दोलखाको सुनखानी गाविसको वडा नम्बर ४ र ५ को बीचमा पर्ने वगुवा खोलामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको बताइएको छ ।दोलखाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले स्थानीय रामकाजी श्रेष्ठलाई उद्धृत गर्दै सो जानकारी दिएका हुन् ।अहिले सो स्थानमा सुरक्षाकर्मी पठाइएकाले उनीहरु त्यहाँ पुगेपछिमात्र आधिकारिक […]

२०७२ बैशाख ३० गते, बुधबार

उद्धारका लागि खटिएको अमेरिकी हेलिकोप्टर बेपत्ता

काठमाडौं, ३० वैशाख । अमेरिकी सेनाले भूकम्पमा परेका मानिसहरुको खोज तथा उद्धारका लागि काठमाडौंबाट दोलखातर्फ पठाएको हेलिकप्टर बेपत्ता भएको छ । चालक दलका सदस्य सहित आठ जना बोकेर मंगलबार दोलखातर्फ उडेको मेराइन हेलिकप्टर बेलुकीदेखि चरिकोट नजिकैबाट हराइरहेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई उधृत गर्दै सीएनएनले जनाएको छ । हराइरहेको हेलिकोप्टर नेपालीका सेनाले खोजी गरिरहेका छन् । […]

२०७२ बैशाख ३० गते, बुधबार

मापदण्ड बमोजिम बनेका घर सुरक्षित

काठमाडाैं, २९ वैशाख ।नेपाल इन्जिनियर्स एसोसिएसनको आह्वानमा भूकम्पले क्षति पुर्‍याएका घर बस्न योग्य रहे/नरहेको यकिन गर्ने कार्यमा स्वयम्सेवी रुपमा खटिएका इन्जिनियरहरुको अवलोकनले डिजाइन गरी नक्साको मापदण्डबमोजिम बनेका राजधानीका अधिकांश घर विनाशकारी भूकम्पबाट सुरक्षित रहेको देखाएको छ । वैशाख १८ गतेदेखि सुरु भएको सो जाँचमा झन्डै तीन हजार इन्जिनियरले आजसम्म उपत्यकामा २८ हजारभन्दा बढी भूकम्पले क्षति […]

२०७२ बैशाख २९ गते, मंगलवार

भूकम्पवाट ज्यान जानेको संख्या आठ हजार नाघ्यो

काठमाडौं । गतवैशाख १२ गते गएको बिनासकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या आठ हजार २० पुगेको छ । गृह मन्त्रालयका अनुसार घाइते हुनेको संख्या १७ हजार ८ सय ६६ पुगेको छ ।सिन्धुपाल्चोक जिल्लामा मात्र तीन हजार १ सय ७ जनाको ज्यान गएको छ भने काठमाडौंमा एक हजार २ सय २२ को ज्यान गएको छ । […]

२०७२ बैशाख २८ गते, सोमबार

क्षति पुगेका ५० प्रतिशत घरमा मात्रै बस्न मिल्ने

काठमाडौँ ,२७ बैशाख । दुई साता अघि आएको विनाशकारी महाभूकम्पका कारण क्षति पुगेका राजधानीका घरमध्ये ५० प्रतिशतमात्रै बस्नयोग्य देखिएका छन् ।नेपाल इन्जिनियर्स एसोसिएसनले काठमाण्डु, भक्तपुर र ललितपुरमा अनुगमन गरेका क्षतिग्रस्त घरमध्ये आधा बस्न लायक नरहेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।एसोसिएनसले भूकम्पप्रभावित क्षेत्रका ३० हजारभन्दा बढी घरको अनुगमन सेकेको छ । तीमध्ये २० देखि २५ प्रतिशत […]

२०७२ बैशाख २७ गते, आईतवार

घर भत्काउँदै हुनुहुन्छ ? फोटो खिच्न नबिर्सनोस् !

काठमाडौं । काठमाडौ उपत्यका विकाश प्राधिकरणले क्षति भएको घर वरिपरिको स्थान र पूर्ण संरचना देखिने गरी घरको फोटोहरु खिचेर मात्रै घर भत्काउन आग्रह गरेको छ ।प्राधिकरणका विकास आयुक्तहरुको संयोजकत्वमा गृह, संघीय मामिला तथा स्थानीय विकास, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयका प्रतिनिधि रहेको समितिको बैठकले यस्तो जानकारी दिएर घर भत्काउन आहृवान गरेको हो । भूकम्पले […]

२०७२ बैशाख २७ गते, आईतवार