समाज

आज जनकपुर बन्द

काठमाडौ, १६ भदौ । ल्याण्डफिल बनाउने तय भएको स्थानमा विश्व विद्यालय निर्माण गर्ने कार्यको विरोधमा आज १७ दलले जनकपुर बन्द गरेका छन् । जनकपुरका बजार, कलकारखाना, शिक्षणसंस्था र यातायात पूर्ण रुपमा ठप्प बनेको छ । एडिवी परियोजना अन्तर्गत धनुषाको फुलगामामा रहेको गुठीको जग्गामा ल्याण्डफिल साइट बनाउने तय भइसकेको बेला भौतिक योजना तथा निर्माण मन्त्री विमलेन्द्र […]

२०७१ भाद्र १६ गते, सोमबार

पश्मिना कारखानामा आगलागी, दुई करोडको क्षती

काठमाडौं, १५ भदौ ।काठमाडौंको गोलढुंगा गाउँ विकास समिति वडा नम्बर ६ मा रहेको आर. के. पश्मिना इण्डष्ट्रिजमा आज बिहानै आगो लागेको छ । विद्युत सर्ट हुँदा बिहानै साढे ५ बजे आगो लागेको थियो । दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो । आगो निभाउन गएको एउटा दमकल बाटोमै बिग्रिएपछि अर्को दमकल पुग्दा आगो निभाउन ढिलाई भएको […]

२०७१ भाद्र १५ गते, आईतवार

हत्यारामाथि कारबाही नभएसम्म अनशन बसिरहन्छौं: तामाङ दम्पत्ति

काठमाडौं । आफ्नो छोरी सुशीलाको बलात्कारपछि हत्या भएकाले हत्यारमाथि कारबाही हुनुपर्ने भन्दै अनशनमा बसेका नुवाकोट बेलकोटमा पञ्वीर तामाङ र उनकी श्रीमती र्साईंली मायाका बारेमा कसैले सुनेका छैनन् । उनीहरुको अनशन सम्बन्धित कुनै निकायको आँखामा पनि परेको छैन । कुनै डलरवादी र एनजिओमा पहँुच नभएकै कारण उनीहरु ओझेलमा परेका छन् । तामाङ दम्पत्तिले छोरी सुशीलाको बलात्कारपछि […]

२०७१ भाद्र १४ गते, शनिबार

आज चथा पर्व

काठमाडौं, १२ भदौ । नेवार समुदायले आज बेलुकीपख चन्द्रमालाई पूजा गरेर चथा पर्व मनाउँदै छन । हरेक वर्षभाद्र शुक्ल चौथीको दिन मनाइने चथामा चन्द्रमालाई चोर देवताको संज्ञा दिएर पूजा गरिन्छ। त्यसैले आज चन्द्रमालाई हेर्यो कि मिथ्यामा चोरदोश लाग्छ भन्ने जनविश्वास छ। टोलटोलमा साँझ कुकुरले भुक्न थालेपछि कौशीको कुनामा लिपपोत गरी कलमको पात विछयाएर कमलको फूल, […]

२०७१ भाद्र १३ गते, शुक्रबार

आज तीज

काठमाडौँ, १२ भदौ । हिन्दू धर्मावलम्बी नारीहरू भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व महादेवको पूजा आराधना गरी मनाउँदैछन् ।सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् । तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन् ।सखी पार्वती समस्यामा परेको थाहा […]

२०७१ भाद्र १२ गते, बिहीबार

तिज लाग्यो आज दर खाने दिन

काठमाडौ, ११ भदौ । हरितालिका तिज अन्तर्गतको पहिलो दिन अर्थात दर खाने दिन आज दर खाएर तिजको सुरुवात हुदैछ ।तिजको ब्रत बस्ने हिन्दु महिलाले विभिन्न परिकार तथा मिठाई तयार पारेर आज राति अबेर दरको रुपमा खाने प्रचलन छ । विवाहित महिलाले पतिको दीर्घायुको कामना तथा अविवाहितहरुले सुयोग्य पतिको माग गर्दै भोलि पल्ट निराहार व्रत बस्ने […]

२०७१ भाद्र ११ गते, बुधबार

दसैंको टिकट २५ भदौबाट खुल्ने

काठमाडौ, १० भदौ । यातायत व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायत व्यवसायीसँग भएको छलफलले आगामी २५ भदौंबाट दसैंका लागि उपत्यकाबाट बाहिरिने बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । घटस्थापनाको १५ दिन अघिबाट टिकट बुकिङ खुला गर्ने सहमति गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआईजी केशव अधिकारीले बताए। घटस्थापना ९ असोजमा छ । टिकट बुकिङ […]

२०७१ भाद्र १० गते, मंगलवार

आज कुसे औंशी तथा बाबुको मुख हेर्ने पर्व

काठमाडौं, ९ भदौ । आज कुशे औसी तथा बाबुको मुख हेर्ने पर्व देशभरका हिन्दू धर्माबलम्बीहरुले भब्य रुपमा मनाइरहेका छन् । विभिन्न मिठाई फलफूल भोजन गराई छोराछोरीले यो खुसियालीपूर्वक मनाउने गर्दछन् ।प्रत्येक वर्ष भाद्रकृष्ण औंशी तिथीका दिन छोराछोरीले आ–आफ्ना बुबालाई मिष्ठान्न भोजन गराउनुको साथै उपहारहरु प्रदान गरी बुबाबाट आशिर्वाद ग्रहण गर्ने परम्परा छ । बाबु नहुनेहरुले […]

२०७१ भाद्र ९ गते, सोमबार

उदयपुर बन्द

काठमाडौ, ८ भदौ । निर्माण क्षेत्रका मजदुरहरुले नदीजन्य पदार्थ निकासीको माग गर्दै उदयपुर बन्द गराएका छन् ।असार २ गते सरकारले नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा ओसारपसारमा रोक लगाएपछि निर्माण क्षेत्रका मजदुरको जिविकोपार्जनमा नकारात्मक प्रभाव पारेको भन्दै उनीहरुले बन्द गराएका हुन् । बन्दका कारण उदयपुरको यातायात सेवा ठप्प भएको छ भने पसल, बजार बन्द भएका छन् […]

२०७१ भाद्र ८ गते, आईतवार

एनसेल सापटीका नाममा लाखौंलाख ठग्दै

काठमाडौँ । तपाईं मोबाइलमा एनसेलको सिम प्रयोग गर्नु हुन्छ – त्यसो भए तपाईं पटक-पटक एनसेलबाट ठगिइसक्नु भयो । एनसेलको ठग्ने तरिका पनि बुझनै नसक्ने, थाहै नपाउने छ । ‘एनसेल नेपालकै लागि’ भन्ने आकर्ष नाराले घर, भित्ता, बाटोघाटो पुल सबैतिर छ्याप्पै छोपेपछि त यसले झुक्याएको र थाङ्नामा सुताएको तपाई हामीले शङ्कै गर्न नसकिने भएको छ । […]

२०७१ भाद्र ७ गते, शनिबार