समाज

आगामी चैत १ गतेदेखि कान्तिराजपथ बन्द

काठमाडौँ । कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनका अनुसार ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा पुग्ने कान्तिराजपथ ४५ दिनका लागि बन्द हुने छ । महर्जन ललितपुरको काल्चे खण्डको सडक चौडा गर्नका लागि आगामी चैत १ गतेदेखि वैशाख १५ सम्म कान्तिराजपथ बन्द गरिने जानकारी दिदै भने- ‘मर्मतसम्भारका लागि काल्चेदेखि […]

२०८० फाल्गुन २८ गते, सोमबार

आज ग्याल्पो ल्होसार पर्व

काठमाडौँ । आज ग्याल्पो ल्होसार पर्व मनाउँदैछन् । फाल्गुन शुक्ल प्रतिपदाका दिनलाई विशेषगरि हिमाली क्षेत्रका शेर्पा समुदायकासाथै देशका विभिन्न स्थानमा बसोबास गर्ने शेर्पा समुदायले नयाँ वर्षको रूपमा मनाउने गर्दछन् । आज आइतबार २१५१ औँ ग्याल्पो ल्होसार मनाइँदैछ । यस पटक गाई वर्ष पूरा भई बाघ वर्ष शुरु भएको हो । ल्होसार पर्वलाई मुसा, गाई, बाघ, […]

२०८० फाल्गुन २८ गते, सोमबार

५ वर्षमा साइबर अपराधका घटना ६ गुणाले वृद्धि

काठमाडौँ । पछिल्लो पाँच वर्षमा साइबर अपराधका घटना छ गुणा बढीले वृद्धि भएको पाइएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा साइबर अपराधसँग सम्बन्धित दुई हजार ३०१ उजुरी आएकामा चालु आर्थिक वर्ष अर्थात गत साउनदेखि २३ फागुनसम्म १२ हजार ७८९ उजुरी आएका छन् ।आर्थिक वर्ष २०७७/७८ मा तीन हजार ९०६, आव […]

२०८० फाल्गुन २७ गते, आईतवार

कर्णालीमा रासायनिक विषादी मुक्त सप्ताह

काठमाडौँ । कर्णाली प्रदेश सरकारले विषादीको प्रयोग बढ्दै गएको भन्दै त्यसलाई घटाउन एक हप्तासम्म विषादीसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै सप्ताह सुरु गरेको छ । सप्ताहको सुरुवात गर्दै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले वातावरणलाई स्वच्छ राख्नुपर्ने उल्लेख गर्दै प्रदेश सरकार योजना बनाएर कार्यान्वयन गर्न अग्रसर भएको बताए । पछिल्लो समय मुटु र मिर्गौलाका रोगी […]

२०८० फाल्गुन २६ गते, शनिबार

प्रकृति संरक्षण कोषका सदस्य सचिव अधिकारीको नियुक्ति अवैध ठहर

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीको नियुक्ति गैरकानुनी भएको ठहर गरेको छ । केन्द्रका सचिव रामआधार साहले अधिकारीको नियुक्ति नियुक्ति विधिसम्मत नदेखिएको भन्दै आवश्यक कारबाही गर्न कोषका अध्यक्ष कृष्णप्रसाद ओलीलाई निर्देशन दिने निर्णय गरेका छन् । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३८ (छ)ले दिएको अधिकार बमोजिम सतर्कता […]

२०८० फाल्गुन २५ गते, शुक्रबार

मेयर रेनु दाहाललाई ‘इन्टरनेसनल मेयर अवार्ड’

काठमाडौँ । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’ द्वारा सम्मानित भएकी छन् । बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति उनलाई लण्डनका मेयर सादिक खानले उक्त अवार्ड अर्पण गरेका हुन् । पोलिटिकल एण्ड पब्लिक लाइफ अवार्डअन्तर्गत सन् २०२४ को मेयर अवार्ड मेयर दाहाललाई प्रदान गरिएको हो ।मरिससका पहिलो महिला राष्ट्रपति अमिना गुरिब फकिमलगायतका […]

२०८० फाल्गुन २५ गते, शुक्रबार

सैनिक मञ्चमा नेपाली सेनाको हर्ष बढाइँ

काठमाडौँ । २ सय ६१ औँ नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्चमा नेपाली सेनाले हर्ष बढाइँ गरेको छ। सैनिक मञ्च टुँडिखेलमा आज विशेष समारोहका बीच युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको हो । सो अवसरमा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत सरकारका मन्त्री र सरकारका उच्च पदस्थ […]

२०८० फाल्गुन २५ गते, शुक्रबार

आज महाशिवरात्रि

काठमाडौँ । आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । यसैक्रममा आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि भक्तजनको गए रातिदेखि नै पशुपतिमा भीड लागेको छ । बिहान २ बजेदेखि अहिलेसम्म पशुपतिनाथमा करिब एक लाखभन्दा बढी भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवणीरमण […]

२०८० फाल्गुन २५ गते, शुक्रबार

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : विश्वभर विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आज मार्च ८, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । नेपाललगायत विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । सन् १९११ देखि मनाउन शुरु गरिएको अन्तर्राष्ट्रिय नारी दिवसले ११४ वर्ष पुरा गरिसकेको छ । सर्वप्रथम सन् १९०९ को २८ फेब्रुअरीमा संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले नारी दिवस मनाएको थियो । यसपछि सन् १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको […]

२०८० फाल्गुन २५ गते, शुक्रबार

प्रथम आदिवासी याक्थुङ सांस्कृतिक महोत्सव सुरु

काठमाडौँ । किरात याक्थुङ चुम्लुङको आयोजनामा इलाममा आजदेखि ‘प्रथम आदिवासी याक्थुङ\लिम्बू सांस्कृतिक महोत्सव आयोजना हुँदैछ । इलाम चोब बजारमा हुने सो महोत्सव कला, संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले हुन लागेको बताइएको छ। महोत्सवमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन, वेशभूषा प्रदर्शन, सांस्कृतिक परिकार प्रदर्शन र समसामयिक विषयको विभिन्न कार्यपत्रमाथि छलफल गरिने चुम्लुङ इलामको […]

२०८० फाल्गुन २४ गते, बिहीबार