समाज

चट्याङमा परी ५४ भेडा मारिए

काठमाडौँ । पाँचथरको फालेलुङमा चट्याङमा परी ५४ वटा भेडा मारिएका छन्। पाँचथरको फालेलुङ गाउँपालिका–३ स्थित एउटै खोरमा रहेका ५४ वटा भेडा मरेका छन् भने एकजना गोठालो भने घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार चट्याङ पर्दा भेडा फर्ममा नै रहेका याङबरक–३ निवासी प्रेम राई भने सख्त घाइते भएका छन्। शरीरको दाहिने पाटो नचल्ने र […]

२०८० बैशाख १७ गते, आईतवार

अष्ट्रेलिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँबाट खटिएको प्रहरीले अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ गरेको छ । पक्राउपर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१३ घर भई हाल काठमाडौँ महानगरपालिका–१ लाजिम्पाट बस्ने २५ वर्षीया सयना श्रेष्ठ रहेकी छन् । सयनासमेतले वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइ प्रतिष्ठित कम्पनीमा रु तीन लाखभन्दा बढी तलब हुने काम […]

२०८० बैशाख १६ गते, शनिबार

महावीर पुनद्वारा माइतीघर मण्डलामा धर्ना सुरु

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै माइतीघर मण्डलामा धर्ना सुरु गरेका छन । महावीरसँगै धर्नामा बसेकाहरुले ‘स्टार्टअप उद्यमीहरुलाई प्रोत्साहन गर’, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागीता’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन । धर्ना सुरु गर्नुअघि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै पुनले संघ, प्रदेश र स्थानीय […]

२०८० बैशाख १५ गते, शुक्रबार

आमरण अनशनरत घिमिरेको जीवन रक्षा गर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कृषक परिचय पत्रको व्यवस्था गर्न, न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउन, मल, बीउ, विषादी कृषियन्त्रहरु पूर्णरुपमा अनुदान उपलब्ध गराउन माग गर्दै आमरण अनशन बसेका किसान श्रीराम घिमिरेको जीवन रक्षा गर्न माग गरेको छ । घिमिरे ५ वैशाखदेखि काठमाडौंको भूगोलपार्कमा आमरण अनशनमा बसेका छन् । आयोगको टोलीले अनशनस्थल पुगेर अनुगमन गर्नुका […]

२०८० बैशाख १४ गते, बिहीबार

चट्याङ लागेर बुवा–आमा घाइते , छोराको मृत्यु !

काठमाडौँ । गएराति करिब नौ बजेतिर ताप्लेजुङस्थित मैवाखोला गाउँपालिका वडा नम्बर ४ को एक घरमा चट्याङ लाग्दा बुवा–आमा घाइते भएका छन् भने छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नम्बर ४ ताम्राङ गाउँका ११ वर्षीय दोर्ची शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता एवम् प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए । दोर्चीका बुवा र […]

२०८० बैशाख १४ गते, बिहीबार

कामपालाई नदी–किनारका बस्ती हटाउन बाटो खुल्यो !

काठमाडौं । काठमाडौं महानगरपालिकालाई नदी–किनारका बस्ती हटाउन बाटो खुला भएको छ । बुधबार उच्च अदालतका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र नारायणप्रसाद पौडेलको इजलासले अन्तरिम आदेश गर्न अस्वीकार गरेसँगै काठडमाडौं महानगरलाई बस्ती हटाउने बाटो खुलेको हो । तर बस्तीका नागरिकलाई विकल्प दिनुपर्ने कुरा पनि आदेशमा भएको रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिएका छन् ।जानुका पोखरेल लगायतले महानगरको सूचना […]

२०८० बैशाख १४ गते, बिहीबार

तरकारी बेच्न परिचयपत्र अनिवार्य !

काठमाडाैँ । दाङ्गस्थित तुलसीपुर उपमहानगरपालिकाले कृषिजन्य वस्तु बिक्री वितरणका लागि परिचयपत्र अनिवार्य गरेको छ।स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारीकरणका लागि अनिवार्य परिचयपत्र वितरण गर्न लागिएको हो । स्थानीय उत्पादन बिक्री वितरण गर्ने लक्ष्यअनुरुप यो कार्य अगाडि बढाइएको उपमहानगरपालिकाका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए । उनले भने- “अहिले बजारमा भारतबाट आएको तरकारी र बाहिरबाट आएका […]

२०८० बैशाख १३ गते, बुधबार

भन्सार छलेर ल्याईएको ४२० बोरा चिनी बरामद

काठमाडौँ । जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेका अनुसार भन्सार छलेर ल्याएको १६ लाख मूल्य बराबरको चिनी बोकेको ट्रकसहित एक जना पक्राउ परेका छन्। पश्चिम नवलपरासी प्रहरीले भन्सार छलेर ल्याउँदै गरेको ट्रक पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाटबाट नियन्त्रणमा लिइएको हो । डीएसपी पाण्डेका अनुसार भन्सार छली गरी भारतबाट आउँदै गरेको ना ६ ख […]

२०८० बैशाख १३ गते, बुधबार

कामपाद्वारा अव्यवस्थित तार १५ दिनभित्र हटाउन निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै सडकमा अव्यस्थित तार १५ दिनभित्र हटाउन सम्बन्धित कार्यालय तथा संघ संस्थालाई निर्देशन दिएको छ । महानगरपालिकाले सुन्दरतामा कमी आएको, सार्वजनिक आवागमनमा असर परेको र आगलागी लगायतको जोखिम सिर्जना हुन सक्ने भन्दै अनावश्यक तार हटाउन निर्देशन दिएको हो ।महानगरले बिजुली, टेलिफोन, इन्टरनेट तथा केवल सेवा प्रदायक निकाय […]

२०८० बैशाख १२ गते, मंगलवार

स्वर्गीय कमानसिंह भुजेलको स्मृतिमा वृक्षरोपण र सहयोग प्रदान

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य शिलु सीका ९० बर्षिय बुवा कमान सिंह भुजेलको निधन भएको तेस्रो दिनको सन्दर्भमा वृक्षरोपण गरिएको छ। शनिबार भरतपुर वडा न २४ स्थित उन्नतिटोलमा केवी, अलैंची फुल र गल्मर गरि तीन थरी बिरुवा वृक्षारोपण गरिएको हो । वृक्षारोपण कार्यक्रममा नेकपा पोलिटब्युरो सदस्य प्रज्वलन सी लगाएत स्थानीयहरुको सहभागिता रहेको […]

२०८० बैशाख १० गते, आईतवार