समाज

पत्रकारद्वारा सुरक्षाको माग

काठमाडौ, १४ असार । भक्तपुरका क्रियाशील पत्रकारले निष्पक्ष रुपमा गरिने समाचार सङ्कलनका क्रममा सुरक्षा चुनौती थपिँदै गएपछि सुरक्षाको माग गरेका छन् । मङ्गलबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मध्यमाञ्चल क्षेत्रीय कार्यालय, काठमाण्डौँ, नेपाल पत्रकार महासङ्घ, भक्तपुर र क्रियाशील पत्रकार मञ्च भक्तपुरले मङ्गलबार भक्तपुरको रेडक्रसमा आयोजना गरेको ‘पत्रकार र सुरक्षा’ मिडिया साझेदारी बैठकमा सहभागी पत्रकारले सुरक्षाको […]

२०७४ असार १४ गते, बुधबार

आज ईद–उल–फित्र

काठमाडौं, १२ असार । ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद–उल–फित्र आज देशभर धुमधामका साथ मनाइँदैछ । आत्मसंयम र शुद्धिका लागि एक महिनासम्म मनाइने रमजान पर्वको रोजा (ब्रत) सकिएको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ । विश्वभरका ईस्लाम धर्मावलम्बी मुसलमानहरु एक महिनासम्म रोजा बस्दछन् । ईदको दिन बिहानै उठेर नुहाई धुहाई नयाँ सफा लुगा लगाएर उनीहरु नमाजपछि ईदको […]

२०७४ असार १२ गते, सोमबार

प्रधानाध्यापकमाथि गोली प्रहार

काठमाडौं, ११ असार । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको विलट साह सर्वोदय मावि सिनुरजोडाका प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । विद्यालय जाँदै गरेका ५० वर्षीय प्रधानाध्यापक नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो । जनकपुर उपमहानगरपालिका–७ का शर्मा माथि बिहान साढे ६ बजे घरबाट विद्यालय जाँदै गरेका बेला लक्ष्मीनियाँ चोकबाट पश्चिमतर्फको बाटोमा गोली प्रहार भएको हो । मोटरसाइकलमा […]

२०७४ असार ११ गते, आईतवार

काठमाडौंमा ट्राफिक व्यवस्थापन लथालिङ्ग

काठमाडौं, १० असार । काठमाडौं ट्राफिक व्यवस्थापनका दृष्टिले अत्यन्तै अस्तव्यस्त शहर मानिन्छ । ट्राफिक व्यवस्थापनको नाममा सरकारका विभिन्न निकायले अनेक प्रयोग गरिरहेका छन् तर परिणाम आशातित छैन । यसकै नाममा अर्बौं रुपैयाँ सकाइएको छ । सडक विस्तार होस्, ट्राफिक लाइट जडान वा जेब्राक्रसिङ, सरकार परिवर्तनसँगै फेरिएर गृहमन्त्री र ट्राफिक प्रहरीसमेतको काम देखाउने मेलो बन्छ तर […]

२०७४ असार १० गते, शनिबार

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौं, ७ असार ।चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा आज बिहान खसेको पहिरोका कारण सडक अवरुद्ध हुन पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रातिको समयमा पहिरो खसेपछि बिहान ३ बजेसम्म एकतर्फी गाडी चलेपनि विहान ४ बजेदेखि यातायात पूर्णरुपमा बन्द भएको हो । अहिले डोजरको सहयोगमा पहिरो पन्छाउने क्रम चलिरहेको चितवनका […]

२०७४ असार ७ गते, बुधबार

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौँ , ४ असार । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खसेपछि शनिबार राति १ बजेबाट सडक अवरुद्ध भएको छ । नारायणगढ-मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट २ दशमलव ५ किलोमिटर नारायणगढतर्फ भित्तो काटिएको ठाउँमा पहिरो खसेको हो । राति ९ बजे पनि सोही ठाउँमा पहिरो खसेकामा पहिरो पन्छाएर सडक सञ्चालन गरिएको थियो । सुरुमा […]

२०७४ असार ४ गते, आईतवार

भूकम्प पीडितलाई ट्याक्सी

काठमाडौ, ३ असार । २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पका पीडितहरुले ट्याक्सी पाउने भएका छन् । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका १५ सय पीडितलाई गोलाप्रथामार्फत असार ७, ८ र ९ गते सरकारले ट्याक्सी उपलब्ध गराउने भएको हो । ०७२ जेठ २८ गते सरकारले भूकम्पबाट अति प्रभावित जिल्लाहरुबाट ट्याक्सिको लागी आबेदन मागेको थियो । प्राप्त भएको आबेदन […]

२०७४ असार ३ गते, शनिबार

राजधानीको रिङ रोडभित्र मोटरसाइकल प्रतिबन्ध !

काठमाडौं, २ असार । सरकारले काठमाडौं उपत्यकाको रिङरोडभित्र मोटरसाइकल संचालनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । सहरी सवारी व्यवस्थापनमा साना सवारी नै मुख्य चुनौती रहेको ठहर गर्दै यातायात व्यवस्था विभागले रिङरोडभित्र मोटरसाइकल प्रवेश निषेध गराउने विषयमा छलफल थालेको हो । मोटरसाइकलमा प्रतिबन्ध लगाउनुअघि सार्वजनिक सवारी सहज र सर्वसुलभ बनाइने विभागको भनाइ छ । सहरी सवारी […]

२०७४ असार २ गते, शुक्रबार

माझीहरुको पुख्र्यौली पेशा संकटमा

काठमाडौं, ३१ जेठ । तमोर नदीको किनारमा बस्दै आएका तेह्रथुम र पाँचथरका माझी समुदायको पुख्र्यौली पेशा संकटमा परेको छ । नदीमा पैदल यात्रीका लागि झोलुंगे पुल र सवारी साधन आवागमनका लागि पक्की पुल निर्माण भएपछि उनीहरूको डुंगा चलाउने व्यवसाय ठप्प भएको हो । यस्तै माझी समुदायको माछा मार्ने पेशा पनि संकटमा परेपछि जीविकोपार्जनका लागि समस्या […]

२०७४ जेष्ठ ३१ गते, बुधबार

कालीगण्डकी नदीको जलचक्र प्रणाली प्रभावित

काठमाडौं, ३१ जेठ । वातावरणीय तथा मानवजन्य प्रदूषणका कारण पानीमा अक्सिजनको मात्रा कमी हुँदा कालीगण्डकी नदीको जलचक्र प्रणाली नै प्रभावित भएको छ । तापक्रम वृद्धिसँगै हिमालमा हिमस्खलन हुने क्रम बढ्दै जाँदा कालीगण्डकीको वहावमा आएको परिवर्तनले नदी क्षेत्र वरपरको जमिन कमजोर बन्दै गएको हो । उद्योग तथा कलकारखानाबाट निस्कने फोहोर, रसायनयुक्त पानी र अनियन्त्रित रुपमा ढल […]

२०७४ जेष्ठ ३१ गते, बुधबार