समाज

आज किराँतहरुको महान पर्व उधौली

काठमाडौं, १० पुस। आज किराँत समुदायले आफ्नो महान पर्व उधौली मनाउँदैछन् । हरेक वर्ष मंसिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली पर्व मानिस, जनावर तथा चराचुरुंगी लेकबाट बेसीतिर बसाईं सर्ने समय भएको संकेतका रुपमा लिइन्छ । साथै अन्नबाली भित्र्याइएको खुशीयालीमा यो पर्व मनाइन्छ । किराँत समुदायमा अन्नबाली लगाउने बेला बैशाख पूर्णिमामा उभौली मनाउने चलन छ । […]

२०७२ पुष १० गते, शुक्रबार

काठमाडौंको तापक्रम शून्यमा झर्‍यो

काठमाडौं , ९ पुस । काठमाडौं उपत्यकामा बुधबारको तुलानामा आज झन चिसो बढेको छ । आज विहान ८ः४५ मा काठमाडौं उपत्यकाको तापक्रम शुन्य दशलमलव शुन्य (०.०) डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि बुधबार ०.९ डिग्री सेल्सियस मापन गरिएको थियो, जुन पछिल्लो दुई वर्षकै कम तापक्रम हो । पछिल्लो दुई सातामा काठमाडौंको तापक्रम निरन्तर घटिरहेको […]

२०७२ पुष ९ गते, बिहीबार

मधेसी मोर्चाद्वारा ट्रकमा आगजनी

काठमाडौं , ८ पुस । मधेसी मोर्चाका कार्यकर्ताले गएराति रौतहटमा एक ट्रकमा आगजनी गरेका छन । मोर्चाका कार्यकर्ताले गौर–चन्द्रनिगाहपुर सडक खण्डको गरुडा नगरपालिका–२ गरुडाबजारमा ना ३ ख १७० नम्बरको ट्रकमा आगजनी गरेका हुन । आगजनीबाट ट्रकको अघिल्लो भागमा क्षती पुगेको छ । सख्खर बोकेर वाराको जितपुर जान तैयारी अवस्थामा रहेको ट्रकमा मोर्चाका कार्यकर्ताले आगो लगाएको […]

२०७२ पुष ८ गते, बुधबार

आफ्नो बसमा आफैं आगजनी

काठमाडौं, ६ पुस । मधेशमा आन्दोलन चलिरहेका बेला बसका मालिकले बिमा रकम लिनका लागि आफ्नो बसमा आफैं आगजनी गर्न थालेका छन्।आन्दोलनकारीले बसमा आगो लगाएको जस्तो देखाएर मालिकले नै पुरानो बसको बिमा रकम लिन आफैं बस जलाउने गरेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ।रौतहटको चन्द्रपुर-८ मंगलपुरस्थित पूर्वपश्चिम राजमार्गमा आइतबार बिहान एक यात्रुबसमा बसका कर्मचारी आफैंले आगजनी गरेर […]

२०७२ पुष ६ गते, सोमबार

रौतहट विहानैदेखि तनाबग्रस्त

काठमाडौं, ५ पुस । रौतहटको गौरमा प्रहरीको गोली लागेर एक जना आन्दोलनकारीको ज्यान गएको छ । विपी चोकमा प्रहरीको गोली लागेर तेजापाकड गाविसका २० वर्षे कबरेज आलमको मृत्यु भएको हो । प्रहरीको गोली लागि अरु तीन जना प्रदर्शनकारी घाइते भएका छन् । त्यस्तै प्रदर्शनकारीको आक्रमणबाट २ जना प्रहरी पनि घाइते भएका छन् । प्रहरीको गोलीले […]

२०७२ पुष ५ गते, आईतवार

डिजल वितरण ब्यबस्थित गरिदै

काठमाडौं, ५ पुस। नेपाल आयल निगमले सार्वजनिक तथा अत्यावश्यक सेवाका गाडीलाई व्यवस्थित रुपमा डिजेल वितरण गर्ने जनाएको छ । निगमका अनुसार अस्पताल, औषधि, दमकल, शवबाहन, फोहर बोक्ने गाडीलाई हरेक दिन १५ देखि ३० लिटर डिजेल उपलब्ध गराइने छ । यस्तै अत्यावश्यक खाद्य बस्तु, दुध, पानी, तरकारी ढुवानी गर्ने र पर्यटक बोक्ने गाडीलाई आइतबार, मंगलबार र […]

२०७२ पुष ५ गते, आईतवार

बुहारी हुनु त यिनी जस्तो…

काठमाडौँ । दाङ्ग तुलसीपुर १९ उरहरी कि २६ वर्षिया सावित्रा ढकालले आफ्ना स्वर्गिय ससुरा ६५ वर्षिया शेषमणि पण्डितलाई दागवत्ति दिएकी छिन् । उनको साथमा सावित्राका ५ वर्षिय छोरा एलिस ढकाल, त्यसपछि स्वर्गिय पण्डितका तीनवटा छोरीहरुले समेत आफ्नो बुवालाई दागवत्ति दिएका छन् । सल्यान वहुमुखी क्याम्पस शंखमुलमा विए तितृय वर्षमा अध्ययनरत सावित्राका पति अशोक पण्डित बैदेशिक […]

२०७२ पुष ४ गते, शनिबार

सुदूरपश्चिममा ५.५ रेक्टर स्केलको भूकम्प

काठमाडौं, ४ पुस । पश्चिम नेपालको सुदूरपश्चिममा आज बिहान भूकम्पको धक्का महसुुस गरिएको छ । केन्द्रीय भूकम्पमापन केन्द्र काठमाडौँका प्रमुख लोकविजय अधिकारीले बिहान ४ बजेर २ मिनेटमा बाजुरा जिल्लाको जगन्नाथ आसपास केन्द्रबिन्दु बनाएर ५.५ रेक्टर स्केलको भूकम्प गएको बताए । उनका अनुसार भूकम्पको धक्का महसुस सुदूरपश्चिमलगायत मध्यपश्चिमका अधिकांश जिल्लामा गरिएको छ ।

२०७२ पुष ४ गते, शनिबार

चिसो अझै बढ्ने

काठमाडौं, २ पुस । काठमाडौं उपत्यका र शहरी क्षेत्रमा देखिएको वायू प्रदुषणका कारण लागेको तुवाँलो र हिमाली क्षेत्रबाट चलेको हावाका कारण चिसो अझै बढ्ने सम्भावना रहेको मौसमविद बरुण पौडेलले बताए । मौसमविद पौडेलले तुवाँलोले घाम छेकिदिएकाले जमिन तात्न नपाउँदा चिसो बढ्दै गएको हो । दिन छोटो र रात लम्बिदै गएकाले पनि जमिन तात्न नपाउँदा देशभर […]

२०७२ पुष २ गते, बिहीबार

आज विवाह पंचमी

काठमाडौ, १ पुस । त्रेतायुगमा भगवान राम र सीताबीच वैवाहिक कार्यक्रम भएको सम्झनामा आज जनकपुरमा स्यम्बर तथा वैवाहिक कार्यक्रम हुने भएको छ । साताव्यापी रुपमा मनाइने विवाह पञ्चमी महोत्सव अन्तर्गत वैवाहिक कार्यक्रमलाई मुख्य आकर्षणको केन्द्र मानिन्छ । विवाह पञ्चमी अन्तर्गत मुख्य विधी मटकोर कार्यक्रम हिजो गरिएको थियो । जनकपुरमा आज मनाइने रामजानकी विवाह महोत्सवमा राष्ट्रपति […]

२०७२ पुष १ गते, बुधबार