समाज

अख्तियारको आयुक्तमा सिफारिस व्यक्ति नै सुर्ती तस्कर

काठमाडौ, ४ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त (सदस्य)मा सिफारिसमा परेका पूर्वसचिव एवं दीप वस्न्यात सुर्ती तस्करीमा समेत संलग्न रहेको स्रोतले बताएको छ । स्रोतका जानकारी अनुसार काठमाडौंको गोठाटारमा सञ्चालित बालाजी सुर्ती उद्योगमा बस्न्यातको लगानी छ । उक्त उद्योगले लामो समयदेखि भारतबाट अवैध रुपमा सुर्ती ल्याएर नेपालमा बिक्री गर्दै आएको थियो । अवैध सुर्ती […]

२०७१ चैत्र ४ गते, बुधबार

पूजा साहको बलात्कारीलाई सर्वस्वसहित जन्मकैद

काठमाडौँ, ३ चैत्र । जिल्ला अदालत बाराले पुजा साहको बलात्कार र हत्यामा संलग्न कन्हैया गुप्तालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ। कलैया नगरपालिका वडा नम्बर ४ का २८ वर्षिय कन्हैया गुप्तालाई जिल्ला अदालतले सर्वस्वसहित जन्म कैद दिने फैसला मंगलबार सुनाएको हो।जिल्ला अदालत बाराका न्यायधीश लिप्‍त बहादुर थापाको इजलाशले पूजा साहको बलत्कार र हत्यामा संलग्न रहेको ठहर […]

२०७१ चैत्र ३ गते, मंगलवार

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम ठप्प

काठमाडौँ, ३ चैत्र । शेयर वितरण प्रक्रिया थालनीपछि माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका मजदुर र सिंगटीवासीको हड्तालका कारण पाँच दिनदेखि आयोजनाको काम ठप्प रहेको छ । ४ सय ५६ मेगावाट क्षमताको आयोजनामा कार्यरत मजदुरहरुले ५ सय कित्ता र सिंगटीबासीले विशेष शेयरको माग दावी गर्दै शुुक्रबारदेखि काम बन्द गरी हड्तालमा उत्रिएका छन् । सबै पक्षले जस्तै शेयर […]

२०७१ चैत्र ३ गते, मंगलवार

रातबिरात गोरू तस्करी प्रशासन मौन

काठमाडौँ । मान्छेकै तस्करी नरोकियका बेला नेपागन्ज नाँकाबाट गोरू समेत रातारात ट्रक का ट्क चोरी निकासी हुन थालेका छन ।लामो समयदेखी गोरूको तस्करी भईरहदा समेत प्रहरी प्रसासन ले चासो देखाएको छैन ।नेपालगन्ज रम्वापुरको पशुबजारबाट सस्तो दरमा खरीद गरेर रातबिरात दोश्रो मात्रै हैन तेश्रो मुलुकमा समेत पुग्नेगरेको तथ्य खुलासा भयको छ ।।प्रत्यक शनिवार लाग्ने पशुहाट बजारबाटखरीद […]

२०७१ चैत्र २ गते, सोमबार

जुम्लमा बस दुर्घटना १३ जनाको मृत्यु

काठमाडौँ , २ चैत । आज बिहान जुम्लाबाट कालिकोटका लागि छुटेको यात्रु बस जुम्लाको रारालिहीमा दुर्घटना हुँदा १३ जना यात्रुको ज्यान गएको छ । सोमबार बिहानै कालिकोटका लागि छुटेको ना४ख ४९७० नम्बरको बस लोकल बस जुम्लाको रारालिहीमा दुर्घटनामा परेको क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बस दुर्घटनामा १५ जना यात्रु गम्भीर घाइते भएका छन् […]

२०७१ चैत्र २ गते, सोमबार

मापसे गर्नेलाई ५० हजार जरिवाना र अनिवार्य जेल

काठमाडौ, २ चैत । सरकारले माददक पदाथै सेवन तथा अन्य नशालु पदार्थ प्रयोग गरी सवारी चलाउनेलाई ५० हजार रुपैयाँसम्म जरिवाना, अनिवार्य कैद र लाइसेन्स खारेज गर्ने भएको छ । हाल मापसे गरी सवारी चलाउनेलाई बढीमा हजार रुपैयाँ, लाइसेन्समा प्वाल पार्ने र चेतनामूलक कक्षा लिनेसम्म मात्र सजाय हुन्छ । यसले मापसे गरी सवारी चलाउनेमा उल्लेख्य कमी […]

२०७१ चैत्र २ गते, सोमबार

रानीबारी हत्याकान्डका अभियुक्त समातिए

काठमाडौं । रानीबारीमा दस वर्षअघि भएको हत्याकान्डमा संलग्न दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। २०५९ असार ३१ गते बिहान रानीबारीमा एक दम्पत्तीको ओछ्यानमै खुकुरी प्रहार गरी वीभत्स हत्या गरिएको थियो। हत्याराले इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जलीको हत्या गरेपछि बालिकालाई हत्या प्रयास गरेका थिए। खकुरी प्रहार गरी घाइते भएकी बालिका आज्ञाश्री उपचारपछि सामान्य अवस्थामा […]

२०७१ चैत्र १ गते, आईतवार

आज विश्व उपभोक्ता अधिकार दिवस

काठमाडौ, १ चैत ।आज विश्व उपभोक्ता अधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाहरूले दिवसमा अवसरमा गोष्ठी, अन्तरक्रिया तथा चेतनामूलक कार्यक्रमहरू गर्दैछन् । हरेक वर्ष मार्च १५ तारिखमा यो दिवस मनाइने गरिन्छ । सन् १९६२ मार्च १५ मा अमेरिकी राष्ट्रपति जोन अफ केनेडीले सुरक्षा, सूचना, छनौट […]

२०७१ चैत्र १ गते, आईतवार

वलात्कारीलाई कारवाहीको माग राखी विरोध प्रदर्शन जारी

काठमाडौ । बालिकालाई बलात्कार गरी मृत्युबरण गर्न बाध्य बनाउनेलाई कडा कारवाहीको माग राखेर बारामा आज पांचौं दिन पनि प्रदर्शन भइरहेको छ । बेटी बचाउ संघर्ष समितिलगायत बिभिन्न संघ संस्थाको सहभागीतामा जिल्लाको बिभिन्न स्थानमा प्रदर्शन गरिएको हो । सदरमुकाम कलैयामा बालिकाको शव सडकमा राखेर प्रदर्शन भईरहेको हो । हिजोबाट जितपुर, अमलेखगञ्ज, सिमरा, निजगढलगायतका स्थानमा पनि सर्वसाधारण […]

२०७१ फाल्गुन ३० गते, शनिबार

६.१८ प्रतिशत पुरुष घरेलु हिंसाको सिकार

काठमाडौ, ३० फागुन । प्रहरीले काठमाडौं उपत्यकामा घरेलु हिंसासम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै ६.१८ प्रतिशत पुरुष घरेलु हिंसाको सिकार भएको जनाएको छ।महानगरीय प्रहरी कार्यालयकी डीएसपी तारा थापाले शुक्रबार प्रतिवेदन सार्वजनिक गर्दै ८.०६ प्रतिशत महिलाले पुरुषलाई हिंसाको सिकार बनाएको जानकारी दिइन्। ‘वैदेशिक रोजगारमा गएका पुरुषका केही पत्नी परपुरुषसँग सम्बन्ध राख्ने र पति विदेशबाट फर्केर आउँदा बालबच्चा छाडेर […]

२०७१ फाल्गुन ३० गते, शनिबार