समाज

दसैंको टिकट २५ भदौबाट खुल्ने

काठमाडौ, १० भदौ । यातायत व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायत व्यवसायीसँग भएको छलफलले आगामी २५ भदौंबाट दसैंका लागि उपत्यकाबाट बाहिरिने बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । घटस्थापनाको १५ दिन अघिबाट टिकट बुकिङ खुला गर्ने सहमति गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआईजी केशव अधिकारीले बताए। घटस्थापना ९ असोजमा छ । टिकट बुकिङ […]

२०७१ भाद्र १० गते, मंगलवार

आज कुसे औंशी तथा बाबुको मुख हेर्ने पर्व

काठमाडौं, ९ भदौ । आज कुशे औसी तथा बाबुको मुख हेर्ने पर्व देशभरका हिन्दू धर्माबलम्बीहरुले भब्य रुपमा मनाइरहेका छन् । विभिन्न मिठाई फलफूल भोजन गराई छोराछोरीले यो खुसियालीपूर्वक मनाउने गर्दछन् ।प्रत्येक वर्ष भाद्रकृष्ण औंशी तिथीका दिन छोराछोरीले आ–आफ्ना बुबालाई मिष्ठान्न भोजन गराउनुको साथै उपहारहरु प्रदान गरी बुबाबाट आशिर्वाद ग्रहण गर्ने परम्परा छ । बाबु नहुनेहरुले […]

२०७१ भाद्र ९ गते, सोमबार

उदयपुर बन्द

काठमाडौ, ८ भदौ । निर्माण क्षेत्रका मजदुरहरुले नदीजन्य पदार्थ निकासीको माग गर्दै उदयपुर बन्द गराएका छन् ।असार २ गते सरकारले नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा ओसारपसारमा रोक लगाएपछि निर्माण क्षेत्रका मजदुरको जिविकोपार्जनमा नकारात्मक प्रभाव पारेको भन्दै उनीहरुले बन्द गराएका हुन् । बन्दका कारण उदयपुरको यातायात सेवा ठप्प भएको छ भने पसल, बजार बन्द भएका छन् […]

२०७१ भाद्र ८ गते, आईतवार

एनसेल सापटीका नाममा लाखौंलाख ठग्दै

काठमाडौँ । तपाईं मोबाइलमा एनसेलको सिम प्रयोग गर्नु हुन्छ – त्यसो भए तपाईं पटक-पटक एनसेलबाट ठगिइसक्नु भयो । एनसेलको ठग्ने तरिका पनि बुझनै नसक्ने, थाहै नपाउने छ । ‘एनसेल नेपालकै लागि’ भन्ने आकर्ष नाराले घर, भित्ता, बाटोघाटो पुल सबैतिर छ्याप्पै छोपेपछि त यसले झुक्याएको र थाङ्नामा सुताएको तपाई हामीले शङ्कै गर्न नसकिने भएको छ । […]

२०७१ भाद्र ७ गते, शनिबार

गोरखाका बन्दी महिलाहरुलाई रेडियोद्वारा दर

काठमाडौ, ६ भदौ । ए ग्रेट मिडिया प्रालिद्वारा सञ्चालित रेडियो मातृभूमी ९८.२ मेगाहर्जले तीज पर्वको अवसर पारेर गोरखा कारगारमा रहेका महिला बन्दीहरुलाई दर खुवाएको छ ।गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी वेद प्रसाद खरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सञ्चार जगतको काम सामाजिक काम गर्नु रहेको बताउँदै उनले गोरखामा रेडियो मातृभूमीको भूमिका महत्वपूर्ण रहेको बताए […]

२०७१ भाद्र ६ गते, शुक्रबार

राष्ट्रिय महिला सम्मेलन सुरु हुँदै

काठमाडौँ, ५ भदौ । सन् १९९५ मा चीनको राजधानी बेइजिङमा भएको संयुक्त राष्ट्रसङ्घीय चौथो महिला सम्मेलनको बीसौं वर्षगाँठको उपलक्ष्यमा आयोजना गरिने ‘राष्ट्रिय महिला सम्मेलन’ को आज राष्ट्रपति डा. रामवरण यावदद्वारा उद्घाटन हुने भएको छ । ललितपुरको स्टाफ कलेजमा हुन गइरहेको तीनदिने महिला सम्मेलनका लागि देशका ७५ जिल्लाका ३०० भन्दा बढी महिला अधिकारकर्मी काठमाडौँ आइपुगेका छन् […]

२०७१ भाद्र ५ गते, बिहीबार

चिया किसान र व्यावसायीहरु आन्दोलनमा

काठमाडौं, ४ भदौ । तयारी चियामा प्रतिकिलो दुई रुपैयाँका दरले निकासी कर लगाएपछि चिया किसान र व्यवसायीहरु विरोधमा उत्रिएका छन् ।इलाम जिल्ला विकास समितिले कर फिर्ता नलिए चियाको मूल्य नै बढाउने चेतावनी चिया कारखाना सञ्चालकले दिएका छन् । चिया किसान तथा सरोकारवालासँग छलफल नै नगरी जिविसले एकतर्फी रुपमा करको दर बढाएको भन्दै चिया कारखाना सञ्चालक […]

२०७१ भाद्र ४ गते, बुधबार

आज फोटोग्राफी दिवस: फोटो खिचौं खुसी बाँडौं नाराका साथ मनाइदै

काठमाडौ, ३ भदौ।विश्व फोटोग्राफी दिवस मंगलबार ‘फोटो खिचौं खुसी बाँडौं’ नाराका साथ मनाइदैछ । दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहले भृकुटीमण्डपबाट बिहान र्‍याली निकालेको छ ।विश्वमै पहिलो पल्ट फोटो खिच्ने प्रविधि शुरु भएको दिनको सम्झनामा हरेक वर्ष अगस्त १९ तारिखमा यो दिवस मनाउने गरिएको छ । यो वर्ष विश्वमा फोटोग्राफी शुरु भएको १ सय ७५ […]

२०७१ भाद्र ३ गते, मंगलवार

बाढी पहिरो पीडितप्रति सरकारी बेवास्ता

काठमाडौ, ३ भदौ ।सरकारले राहत तथा पुनर्स्थापनाको काम तिव्र नपार्दा बाँके, बर्दिया र सुर्खेतका विस्थापितको विचल्ली भएको छ । सरकारले राहत तथा पुनर्स्थापनाको काम तिव्र पारेको बताएपनि आफुहरु भोकै बस्नुपरेको पीडितको गुनासो छ ।खानेकुरा, लत्ताकपडा लगायतका सरसामान सबै बाढीले बगाएपछि विस्थापितहरुले खान र सुत्न पाएका छैनन् । केही ठाउँमा ज्वरो, झाडापखाला लगायतको संक्रमण फैलिएको छ […]

२०७१ भाद्र ३ गते, मंगलवार

सेतो कोट लगाएर आन्दोलन

काठमाडौँ २ भदौ।स्वास्थ्य मन्त्रालयमा गैरस्वास्थ्य सचिव नियुक्तिको विरोधमा आज चिकित्सक संघले स्वास्थ्य मन्त्रालय घेराउ गर्ने भएको छ । संघले बिहान साढे १० बजे काठमाण्डुमा रहेका सम्पूर्ण चिकित्सक र स्वास्थ्यर्कीलाई सेतो कोटमा मन्त्रालयमा उपस्थित हुन आग्रह गरेको छ । स्वास्थ्य सेवा ऐनविपरीत गैरचिकित्सकको नियक्ति भएकाले आन्दोलन गर्न बाध्य भएको संघका अध्यक्ष अन्जनीकुमार झाले जानकारी दिए । […]

२०७१ भाद्र २ गते, सोमबार