समाज

बस नदीमा खस्‍दा ६ जनाको मृत्‍यु

काठमाडौ, ४ मंसिर । मध्यपश्‍चिम यातायात व्यवसायीद्धारा सञ्‍चालित बस दुर्घटना हुँदा ६ जनाको ज्‍यान गएको छ। सुर्खेतको राकामतर्फ जाँदै गरेको ना३ख १४०८ नम्बरको बस जारजरकोटको भुर गाविसको भूतचौरमा दुर्घटना भएको हो। बस भेरी नदीमा खसेको छ। बस जाजरकोट सदरमुकाम खलंगाबाट विहानै हिडेको थियो। बस दुर्घटनाको थप विवरण आउन बाकि छ ।

२०७१ मंसिर ४ गते, बिहीबार

चार प्रहरी निलम्बित, तेइस कारबाहीमा

काठमाडौ,५ मङ्सिर । इलाका प्रहरी कार्यालय काँकडभिट्टाले प्रहरी आचरण विपरीत कार्य गरेको भन्दै एक प्रहरी सहायक निरीक्षकसहित चार प्रहरीलाई निलम्बन गरेको छ भने २३ प्रहरी कारबाहीमा परेका छन् । इलाका प्रहरी कार्यालय काकँडभिट्टाका प्रहरी नायब उपरीक्षक अर्जुन तिमल्सिनाले दिनुभएको जानकारीअनुसार सीमा क्षेत्रमा रहेर प्रहरी अनुशासन र आचरण विपरीत काम गर्ने एक प्रहरी सहायक निरीक्षक, दुई […]

२०७१ मंसिर ५ गते, शुक्रबार

आज बालदुर्व्यवहारविरुद्धको विश्व दिवस

काठमाडौ, ३ मंसिर । आज बालदुर्व्यवहारविरुद्धको विश्व दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमहरु गरेर मनाइँदैछ ।हरेक बर्षको १९ नोभेम्बरलाई बालदुर्व्यवहारविरुद्धको दिवसका रुपमा मनाउने गरिन्छ । नेपाल प्रहरीमा सन् २०१२÷१३ मा परेका ७०१ उजूरी मध्ये ४९.६४ प्रतिशत घटना १८ वर्ष मुनिका बालबालिकालाई भएको थियो ।त्यसैगरी सेभ दि चिल्ड्रेनले सन् २००३ मा काठमाण्डौ उपत्यकामा गरेको अध्ययन अनुसार ४५ […]

२०७१ मंसिर ३ गते, बुधबार

कार्यस्थलमा यौनजन्य दुर्व्यवहार गर्दा जेल जानुपर्ला

काठमाडौं । कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार विरुद्धको विधेयक ऐनको रुपमा आउँदैछ । अहिले यो विधेयकलाई ऐनको रुप दिन संसद् अन्तर्गतको विधेयक शाखाले काम गरिरहेको संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँइकेलले जानकारी दिएका छन् ।उनका अनुसार यो शाखाले काम सकेपछि ऐन तयार हुन्छ । तयार ऐनलाई कानुनी भाषामा ढाल्ने काम भएपछि राष्ट्रपतिकोमा प्रमाणीकरणको लागि पठाइन्छ । […]

२०७१ मंसिर २ गते, मंगलवार

आजदेखि गढीमाई मेला सुरु

काठमाडौँ । आजदेखि बाराको बरियारपुरमा प्रसिद्ध गढीमाई मेला सुरु भएको छ । मेलामा विभिन्न स्थानबाट श्रद्धालु तथा दर्शनार्थी जानेक्रम सुरु भएको छ । गढीमाई मेलामा यही मंसिर १२ र १३ गते बली दिने व्यवस्था गरिएको छ । मेलाको सुरक्षाका लागि भन्दै १६ वटा सिसी क्यामरा जडान गरिएको छ । हजारौं श्रद्धालुहरु आउने मेलामा खानेपानी, सुरक्षा, […]

२०७१ मंसिर १ गते, सोमबार

एक सय पाँच वर्षमा नागरिकता

काठमाडौँ । जाजरकोट,पुन्मा–९ दोकानकी तुल्सरी कामीले एक सय पाँच वर्षको उमेरमा गतआइतबार नागरिकता पाएकी छन् ।तीन छोरा, ६ छोरी, ४८ नातिनातिनी र १०२ पनातिकी मूली तुल्सरी शनिबार भुर गाविसको पोखरामा प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरीबाट पहिलोपटक नेपाली नागरिकताको प्रमाणपत्र पाएपछि खुसीले गद्गद भएकी हुन् । पैँसट्ठी वर्षीय जेठा छोरा विर्खे कामीका साथ सरकारी सेवा प्रवाहका […]

२०७१ मंसिर १ गते, सोमबार

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन समापन हुदै

काठमाडौ, १ मंसिर । हिजो आइतबारदेखि लुम्बिनीमा सुरु भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन आज समापन हुदैछ ।सम्मेलनमा हिजोसम्म पेश भएका विभिन्न विषयको कार्यपत्रहरुमाथि समूहगत छलफल सकेर लुम्बिनी घोषणापत्र जारी गर्दै सम्मेलन आज सकिनेछ । सम्मेलन आज सकिएपछि भोलि विदेशी अतिथिहरुलाई लुम्बिनी लगायत बौद्धसँग सम्बन्धित क्षेत्रको भ्रमण गराउने कार्यक्रम तय भएको छ । नेपालको थेरवाद बुद्धिष्ट एकेडेमी […]

२०७१ मंसिर १ गते, सोमबार

ठगी गर्ने म्यानपावरको कारोबार रोक्का हुने

काठमडौं । वैदेशिक रोजगार विभागले नेपाली कामदारले म्यानपावर एजेन्सीविरुद्द ठगीको उजुरी पर्नेवित्तिकै फरफारकको प्रयास नगरे म्यानपावरको कारोवार रोक्का गर्ने भएको छ । पीडित कामदारलाई द्रुत गतिमा न्याय दिलाउन विभागले यस्तो कदम चाल्न लागेको हो । विभागका महानिर्देशक विश्वनाथ ढकालका अनुसार एकातिर म्यानपावर एजेन्सीविरुद्द ठगीको उजुरी पर्ने र त्यही म्यानपावरले सहज ढंगले कामदारको पूर्व तथा अन्तिम […]

२०७१ कार्तिक ३० गते, आईतवार

जग्गामा नयाँ मूल्य

काठमाडौँ । काठमाडौँ उपत्यकामा जग्गाको बजार मूल्यलाई समयसापेक्ष बनाउन नयाँ मूल्य तोकिएको छ ।जग्गाको प्रकृति र स्थान हेरी आनाको न्यूनतम ७ हजारदेखि ४० लाख रुपैयाँसम्म निर्धारण गरिएको छ । सरकारले साउनदेखि नै नयाँ मूल्याङ्कन गरे पनि बजारमा कारोबार भने तेब्बर मूल्यसम्म भइरहेको स्वयम् मालपोत प्रमुखहरु नै स्वीकार्छन् । नेपाल जग्गा तथा आवास विकास संघका सचिव […]

२०७१ कार्तिक २८ गते, शुक्रबार

बेपत्ता व्यक्ति १६ वर्षपछि घर फर्किए

काठमाडौ, २७ कात्तिक । मुलुकमा सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएको भन्दै परिवार हदैसम्म पिरोलिएका थिए । परिवारको मुख्य सदस्य गुमाउँदाको सबै पीडा झेले । गावासोती नगरपालिका (त्यसबेला गाविस) १ का रामप्रसाद भनिने रामलाल भट्टराई वेपत्ता पारिएको खबर जिल्लाभर फैलियो । उनकी पत्नी तुलसालाई भेट्न रेड्क्रस अन्तर्राष्ट्रिय प्रतिनिधी घरमै ४–५ पटक आए । अरु मानवअधिकारकर्मी पनि […]

२०७१ कार्तिक २७ गते, बिहीबार