समाज

उपहार दिन्छु बन्दै खुकुरी प्रहार

पोखरा,११ साउन – पोखरामा तनहुँ दुलेगौंडाकी १९ वर्षकी रुपा मगरले आफ्नै पुरुष साथीलाई खुकुरी प्रहार गरी आत्महत्या गरेकी छन् । रुपाले उपहार दिने भन्दै आँखा बन्द गर्न लगाएर स्याङ्जाका २० वर्षका त्रिलोचन शर्मालाई खुकुरी प्रहार गरेकी हुन् ।फोनमार्फत सम्पर्क भएपछि भेटघाटका लागि पोखराको ड्यामसाईडमा रहेको होटल अशोकमा पुगेका उनीहरु केही समय कुराकानी गरेपछि कोठा लिएर […]

२०७० श्रावण ११ गते, शुक्रबार

बर्ड फ्लूको बिगबिगी

काठमाडौ, साउन ११ – काठमाडौका ३ ठाउँका बर्ड फ्लू भेटिएको छ ।काठमाडौको रामकोट गाविस ६ का सुमन अधिकारी, किर्तिपुरका देवसिंह महर्जन र महादेवस्थान गाविस २ का असिम भुजेलको कुखुरा फार्ममा बर्ड फ्लू देखिएको पशु स्वास्थ्य निर्देशनालयले जनाएको छ । अहिले रामकोटको कुखुरा फार्ममा संक्रमित कुखुरा र दाना नष्ट गर्ने काम भइरहेको निर्देशनालका कार्यक्रम निर्देशक डा. […]

२०७० श्रावण ११ गते, शुक्रबार

आज “इद “

काठमाडौं,२५ साउन। सरकारले आज इस्लाम धर्मावलम्बीहरुको पर्व इद -इदुल्ल फित्रको अबसरमा सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले सूचना प्रकाशित गरेर आज सार्वजनिक विदा दिने निर्णय गरिएको जनाएको हो ।

२०७० श्रावण २५ गते, शुक्रबार

भोलि “इद “

काठमाडौं,२४ साउन, । सरकारले भोलि इस्लाम धर्मावलम्बीहरुको पर्व इद -इदुल्ल फित्रको अबसरमा शुक्रबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले सूचना प्रकाशित गरेर शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरिएको जनाएको हो ।

२०७० श्रावण २४ गते, बिहीबार

खुला कारागारको अवधारणा बन्दै

काठमाडौ , १० साउन। सरकारले यस वर्ष खुला कारागार निर्माणका लागि बजेट छुट्टयाएसँगै सरकारले सुधि्रएका कैदीलाई निगरानीमा राखेर स्वतन्त्रता दिन लागेको छ । पाँच बर्षभन्दा लामो प्रयासपछि यस कार्यमा बजेट आएसँगै ५/६ महिनाभित्रै खुला कारारगार सञ्चालनमा ल्याइने कारारगार व्यवस्था विभागका महानिर्देशक शम्भु कोइरालाले बताए ।राम्रो आचरण भएका कैदीले जेल बाहिर गएर जागिर खान पाउने र […]

२०७० श्रावण १० गते, बिहीबार

सहकारीको विषयमा झडप तीन घाइते, १२ पक्राउ

चितवन, ८ साउन । चितवनको पद्मपुरमा महिलाले सञ्चालन गरेको साना किसान कृषि सहकारीको विषयमा स्थानीयबीच झडप भएको भएको छ । झडप नियन्त्रणमा लिन गएका दुई प्रहरीसहित तीन जना घाइते भएका छन् । घाइते हुनेमा प्रहरी सहायक निरीक्षक रत्न विक, हबल्दार रामलाल भगत र स्थानीय दिपा पुरी रहेका छन् ।चितवनको भरतपुरमा उपचार भइरहेको छ । झडपका […]

२०७० श्रावण ८ गते, मंगलवार

आजबाट गुँला पर्व सुरु

काठमाडौ,२३ साउन – बौद्ध धर्मावलम्बीहरुको गुँला धर्म पर्व आजबाट सुरु भएको छ । स्वयम्भू महाचैत्यको सेवा गर्ने एक महिनासम्म चल्ने यस पर्वमा राजधानीमा खास गरी बौद्ध धर्मावलम्बीले बिहान सबेरै गुँलाबाजा बजाउँदै स्वयम्भू महाचैत्यका साथै बौद्ध मन्दिर तथा विहारको परिक्रमा गर्दछन् । स्वयम्भू महाचैत्यको दर्शन परिक्रमापछि शोभाभगवतीसँगैको विजयेश्वरीको दर्शन गरी उनीहरू केलटोलस्थितको सेतो मत्स्येन्द्रनाथको दर्शन गर्न […]

२०७० श्रावण २३ गते, बुधबार

बौद्ध स्तुपा भित्रै आत्मदाह

काठमाडौ,२२ साउन – अन्दाजी ४० वर्ष उमेरका एक तिब्बतीयन नागरिकले काठमाण्डौंको बौद्ध स्तुपापरीसरमा शरीरमा आगो लगाएर आत्मदाह गरेका छन् । ती व्यक्तिले मंगलबार विहान करिब साढे सात बजे बौद्ध स्तुपा परिसरभित्रै आगो लगाएका हुन् । आगो लागेलगत्तै उनलाई प्रहरीले उद्दार गरी नजिकैको बौद्ध स्तुपा अस्पतालमा लगेको थियो । त्यहाँबाट थप उपचारका लागि शिक्षण अस्पताल पुर्‍याउना […]

२०७० श्रावण २२ गते, मंगलवार

कोरिया जान नपाएपछि आमरण अनसन

काठमाडौं ,२१ साउन। कोरियन भाषा उर्त्तीण गरेर कोरिया जान नपाएका यूवाहरु आमरण अनशन बसेका छन् । ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालय बाहिर टेन्ट टाँगेर ९ जना युवा आमरण अनसनमा बसेका हुन् । सरकारले आफुहरुलाई कोरिया पठाउने ग्यारेन्टी नगर्दासम्म आमरण अनासन यथावत राख्ने उनीहरुले चेतावनी दिएका छन् ।आमरण अनसनमा बस्नेहरुमा कपिलवस्तुका दीपक एम.सी., रमेश गिरी, […]

२०७० श्रावण २१ गते, सोमबार

आज गुरुपूर्णिमा मनाईंदै

काठमाडौँ, ७ साउन । हिन्दू धर्मावलम्बीले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा अपौरुषेय वेदलाई चार भाग लगाउने वेदव्यासको जन्मजयन्तीलाई आज गुरुपूर्णिमाका रूपमा मनाउँदैछन् ।द्वापरयुगको अन्त्यतिर कौरव, पाण्डवभन्दा अघि उत्तरायण नक्षत्रपूर्णिमा अर्थात् आजकै दिन ऋषि पराशर र माझीपुत्री मत्स्यगन्धाका पुत्रका रूपमा व्यासको जन्म भएको थियो । चारैवेद, अठार पुराण, भागवतगीताको सम्पादन आजकै दिनमा […]

२०७० श्रावण ७ गते, सोमबार