समाज

फोहोर व्यवस्थापन नगर्ने अस्पताललाई जरिवाना

काठमाण्डौं ,२० असार। काठमाण्डौं महानगरपालिकाले अस्पतालजन्य फोहोरको व्यवस्थापनमा हेलचेक्र्याइँ गरेको भन्दै तिलगंगा आँखा केन्द्रलाई ३० हजार रुपैयाँ जरिवाना गरेको छ । चाहबिलमा रहेको मेडिकेयर हस्पिटललाई पनि सचेत गराएको छ ।स्थानीय बासिन्दाले बागमती नदीकिनार तथा त्यस क्षेत्रमा जम्मा भएका फोहोर धेरै दिनदेखि नउठेको भन्दै उजुरी गरेपछि मंगलबार महानगरपालिकाका कार्यकारी अधिकृतसहतिको अनुगमन टोली मंगलबार तिलगंगा क्षेत्रमा पुगेको […]

२०७० असार २० गते, बिहीबार

लोडसेडिङ घट्यो

काठमाडौ, १९ असार । नेपाल विद्युत प्राधिकरणले आजबाट लागु हुने गरी लोडसेडिङको समयावधी दैनिक पाँच घण्टा बनाएको छ ।प्राधिकरणले गर्दै आएको लोडसेडिङमा केहि कटौती गरी दैनिक पाँच घण्टामा झारेको हो ।प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिका अनुसार आजबाट सातामा ३५ घण्टा लोडसेडिङ हुनेछ ।प्राधिकरणले बर्षायामसंगै नदीमा पानीको मात्रा बढेकाले लोडसेडिङ घटाएको जनाएको छ । यसअघि दैनिक […]

२०७० असार १९ गते, बुधबार

हेटौंडामा बस दुर्घटना

काठमाडौँ, १९ असार । काठमाडौँबाट जनकपुर जाँदै गरेको ना ३ ख ६०५५ नम्बरको यात्रुबाहक बस आज बिहान हेटौंडामा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।उक्त यात्रुबस हेटौँडा–नारायणघाट सडकखण्डको ज्यामिरेमा आज बिहान २ बजे अनियन्त्रित भई सडकमा पल्टिँदा १७ घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको चितवनको शिक्षण अस्पतालमा उपचार भइरहेको र तीन जना यात्रु […]

२०७० असार १९ गते, बुधबार

भोलिदेखि लोडसेडिङ दैनिक ५ घण्टामात्र [लोडसेडिङको नयाँ तालिका ]

काठमाण्डौ ,१८ असार । नेपाल बिद्युत प्राधिकरणले अब दैनिक ५ घण्टामात्र लोडसेडिङ गर्ने भएको छ ।प्राधिकरण भार प्रेषण केन्द्रका अनुसार नयाँ तालिका भोलि बुधबारदेखि लागू हुने छ ।बिद्युत उत्पादनमा सुधार आएकाले लोडसेडिङ घटाइएको केन्द्रका प्रबन्ध निर्देशक भुवनकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार प्रसारण प्रणालीमा अझै ३ सय मेगावाट बिजुली अपुग छ ।अहिले दैनिक १ […]

२०७० असार १८ गते, मंगलवार

सहिद माईलाको १ सय १० औं जन्म जयन्ती

काठमाडौं, १७ असार । राणाशासन बिरुद्ध बिद्रोह गरेका शहिद दशरथ चन्दको आज १ सय १० औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइदैछ । चन्दलाई तत्कालिन राणा शासकले मृत्यु दण्ड दिएका थिए । वि.सं.१९६० साल असारमा बैतडीको बस्कोटमा जन्मिएका चन्दलाई सहिद माईला पनि भन्ने गरिन्छ । उनको विक्रम संवत १९९७ माघ १५ गते तत्कालिन सरकारबाट हत्या […]

२०७० असार १७ गते, सोमबार

ठमेलका सडक बालबालिकाकालागि पुर्नस्थापना केन्द्र

काठमाडौं, १६ असार – पर्यटकलाई सास्ती दिन थालेपछि ठमेलका सडक बालबालिकालाई व्यवस्थापन गर्न काठमाडौंको स्वयम्भूमा पुर्नस्थापना केन्द्र खोलिने भएको छ ।ठमेल पर्यटन विकास परिषद र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बालबालिका संरक्षण मञ्चको प्रयासमा एक महिना भित्रमा ठमेलका बालबालिकालाई पुर्नस्थापना केन्द्रमा राख्ने तयारी भएको छ ।पुर्नस्थापना केन्द्रमा अहिले ४० जना सडक बालबालिका राख्ने र पछि […]

२०७० असार १६ गते, आईतवार

आज असार १५ अर्थात धान दिवस

काठमाडौ, १५ असार। आज असार १५ गते नेपाली कृषकहरुको महत्वको दिन । प्रत्येक वर्ष असार १५ गतेका दिन नेपालमा धान दिवस समेत मनाइदै आएको छ । ‘धान उत्पादनमा वृद्धि, राष्ट्रिय अर्थतन्त्रको समृद्धि’ भन्ने नाराका साथ शनिवार दशौं राष्ट्रिय धान दिवस मनाइँदैछ । २०६१ साल मंसिर २९ गते सरकारले नेपालमा प्रत्येक वर्ष असार १५ गतेको दिनलाई […]

२०७० असार १५ गते, शनिबार

प्रहरीले नै ठगेपछि ..

काठमाडौं , १४ असार -वाणिज्य तथा आपूति व्यवस्थापन विभागले बिहीबार छड्के अनुगमन गर्दा राजधानीमा सन्चालित सुरक्षा निकायका दुई इन्धन बिक्री केन्द्रमा नेपाल प्रहरीले उपभोक्तालाई ठग्ने र नेपाली सेनाले बढी इन्धन दिने गरेको भेटिएको छ । प्रहरी कल्याण कोषको पेट्रोल पम्पले ठगी गर्ने गरेको र सेनाले परिणाम भन्दा बढी दिने गरेको फेला परेको छ । तौलमा […]

२०७० असार १४ गते, शुक्रबार

महानगरपालिकाले जनचेतना अभियान चलाउने

काठमाडौं, असार १३ – काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर फाल्ने क्रम नरोकिएपछि यसलाई निरुत्साहित गर्न जनचेतना जगाउन अभियान चलाउने भएको छ । वर्षाको समयमा यसरी फालिएका फोहोरका कारण छिटो प्रदुषण र रोग फैलिने भएकाले काठमाडौं महानगरपालिकाले जनचेतना जगाउन अभियान चलाउन लागेको हो ।आउँदो आइतबारदेखि काठमाडौंका विभिन्न ठाउँमा अभियान शुरु हुने महानगरपालिकाको फोहोर मैला व्यवस्थापन तथा वातावरण […]

२०७० असार १३ गते, बिहीबार

छिमेकी पुरुषसँग बोल्दा गुप्ताङमा तेजाव

राजविराज, १२ असार- छिमेकी पुरुषसँग बोलेकामा पत्नीलाई चारित्रिक लाञ्छना लगाउँदै कुटपिट गर्ने कृष्णबहादुर विश्वकर्माले सुतिरहेका बेला पत्नीको गुप्ताङमा तेजाब हालेर फरार भएका छन् । पतिले तेजाब हालेर घाइते भएकी बकधुवा गाविस–७ महुलीकी ३० वर्षीया बद्रीमाया विश्वकर्र्मा हिजो सगरमाथा अञ्चल अस्पताल भर्ना भएकी छन् । सख्त घाइते बद्रीमायाको उपचारका लागि स्थानीय महिलाले पाँच हजार चन्दा सङ्कलन […]

२०७० असार १२ गते, बुधबार