प्रेस चौतारीको झन्डा सगरमाथामा
काठमाडौं, २३ जेठ । प्रेस चौतारी नेपालका सदस्य लाक्पा गेलु शेर्पाले सगरमाथामा चौतारीको झन्डा फहराएका छन् । सोलुखुम्बु स्थायी घर भएका ३९ वर्षीय शेर्पा यही जेठ १० सगरमाथामा चौतारीको झन्डा फहराएर आज काठमाडौं फर्किएका हुन् । विश्वको इतिहासमा प्रेससम्बन्धी सङ्घसंस्थाको झन्डा सगरमाथामा फहराइएको यो पहिलो पटक भएको चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपालले जानकारी दिए । […]
२०७३ जेष्ठ २३ गते, आईतवार