पर्यटन

चरा महोत्सव सुरु

काठमाडौं,१५ माघ । आजदेखि सप्तरीमा १४औँ कोसीटप्पु चरा महोत्सव सुरु गरिएको छ ।चराचुरुङ्गीको संरक्षण र महत्वबारे जनचेतना फैलाउने उद्देश्यले सो महोत्सव सुरु भएको हो ।‘सिमसार र कृषि अन्तिम साझेदार’ भन्ने मूल नाराका साथ आजदेखि सुरु भएको उक्त महोत्सव माघ २१ गतेसम्म सञ्चालन हुने कोसीटप्पु वन्यजन्तु आरक्षले जनाएको छ ।आरक्षको आयोजनामा सुरु भएको चरा महोत्सव पहिलो […]

२०७० माघ १५ गते, बुधबार

पूर्वाञ्चल क्षेत्रीय पर्यटन मेला भोलीवाट

काठमाडौं,१५माघ। नेपाल पर्यटन बोर्डले भोलि बिहीबारदेखि झापाको दमकमा तेस्रो पूर्वाञ्चल क्षेत्रीय पर्यटन मेला आयोजना गर्ने भएको छ । आन्तरिक पर्यटनको प्रबर्द्धन गरी ग्रामिण क्षेत्रको जीवनस्तर उकास्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको मेला तीन दिनसम्म सञ्चालन हुने छ । पूर्वाञ्चलमा पहिचान गरिएका पर्यटकीय गन्तव्यहरुको प्रचार-प्रसार तथा प्रबर्द्धन गर्ने, होमस्टे पर्यटनको प्रबर्द्धन गर्ने, पर्यटनसँग आवद्ध राष्ट्रिय एवं […]

२०७० माघ १५ गते, बुधबार

नेपालमै पहिलो पटक फुर्केहाँस भेटियो

कपिलवस्तुु, १४ माघ। विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर तालमा यसवर्ष नेपालमै पहिलो पटक एउटा फुर्केहाँस फेला परेको छ ।विश्वमा सङ्कटापन्न अवस्थामा पुग्न लागेको यो हाँस साइबेरियाबाट आएको चराविज्ञहरूले बताएका छन् । बेटल्याण्ड इन्टरनेशनल र हिमाली प्रकृतिले जगदिशपुरमा दुई दिन लगाएर गरेको चरा गण्ँनामा विश्वमै दुर्लभ मानिएका सारस ४ वटा र भुँडीफोर गरुड ३ वटा भेटिएको […]

२०७० माघ १४ गते, मंगलवार

तिलौराकोटमा ६१ देशका पर्यटक भित्रिए

कपिलवस्तु, १४ माघ । बुद्धस्थल तिलौराकोटमा अहिले सम्म ६१ देशका पर्यटक भित्रिएका छन् । विश्वमै सबैभन्दा सानो भ्याटिकन सिटीदेखि ठूलो चीनसम्मका पर्यटकले तिलौराकोट अवलोकन गरेका छन् ।तिलौराकोट भगवान गौतम बुद्धले २९ वर्षको युवा अवस्था बिताएको तथा उनका पिता राजा शुद्धोदनको राजप्रसादका रुपमा परिचित छ । सन् २०१३ मा सबैभन्दा बढी श्रीलङ्का र थाईल्याण्डका पर्यटक आएका […]

२०७० माघ १४ गते, मंगलवार

छेची पर्व सम्पन्न

काठमाडौं,माघ १३ – दार्खा गाविसका तामाङ समुदायले ल्होछार संस्कारको रुपमा यसवर्ष पनि छेची पर्व धुमधामसँग मनाए ।छेच्यु, छेजी र छेस्युङ जस्ता नामवाट पनि चिनिने यो पर्वमा तामाङ लोकजीवनका परम्परा समेटेर नाचगान र अभिनय गरिन्छ । माघ ८ गते सुरु भएको यो पर्व पाँचदिनपछि आइतवार राती अबेर म्हेन्दोमाया नाच देखाएपछि सकियो ।छेची पर्वमा लप्सङकर्पो अर्थात गणेश […]

२०७० माघ १३ गते, सोमबार

कृषि, पर्यटन तथा औद्योगिक मेला माघ १५ देखि

काठमाडौँ । ‘कृषि, उद्योग र पर्यटनको व्यापक सम्भावना, समृद्ध धादिङ हाम्रो परिकल्पना’ भन्ने मूल नाराका साथ माघ १५ देखि २३ गतेसम्म धादिङबेसीमा बृहत् कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला हुने भएको छ । उद्योग वाणिज्य संघ धादिङले आयोजना गर्न लागेको मेलाको मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । संघले जिल्लाको व्यवसायिक तथा […]

२०७० माघ ११ गते, शनिबार

अन्तर्राष्ट्रिय मेलामा कृत्रिम सगरमाथा

काठमाडौं ,९ माघ। विराटनगरमा यही माघ ११ गतेदेखि हुने विराट महोत्सव अन्तर्राष्ट्रिय मेलामा दर्शकलाई आकर्षित गर्न आयोजकले विभिन्न उपाय अवलम्बन गरेका छन् । यसभन्दा अगाडिका मेलाभन्दा पृथक बनाउन आयोजक मोरङ व्यापार संघले मेलास्थललाई सिंगारपटार गरिरहेको छ ।दर्शकको ध्यान आकर्षित गराउन आयोजकले सहिद रंगशालामा ४० फिट अग्लो कृत्रिम सगरमाथा निर्माण गरिरहेको छ । उत्पादक र उपभोक्ताबीच […]

२०७० माघ ९ गते, बिहीबार

काभ्रे महोत्सव फागुन १ देखि

काठमाडौँ । आगामी फाल्गुन १ गतेदेखि ११ गतेसम्म काभ्रेको बनेपामा काभ्रे महोत्सव हुने भएको छ । बनेपास्थित काभ्रे कृषि बजार केन्द्रमा हुन लागेको उक्त महोत्सव मध्यमाञ्चल स्तरको हुने मुल आयोजक काभ्रे उद्योग वाणीज्य संघका अध्यक्ष सुर कृष्ण बैद्यले बताए । ‘समग्र मध्यमाञ्चल क्षेत्रको उद्योग, व्यापार, पर्यटन, सूचना प्रविधि, विज्ञान, लघु उद्यम, कृषि, कला, सँस्कृति, शिक्षा, […]

२०७० माघ ५ गते, आईतवार

खिचरा महोत्सव सुरु

चितवन , १ माघ । पूर्वी चितवनको खैरहनी–५ सुल्तानामा पहिलोपटक खिचरा महोत्सव हुँदैछ ।थारू जातिको महान चाड माघीको अवसरमा थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ को आयोजनामा महोत्सव हुन लागेको हो ।महोत्सवमा थारू जातिको खानाको परिकारसहितको ६ वटा स्टल रहने छ । महोत्सव आयोजनाका लागि करिब दुई लाख रुपैयाँ खर्च हुँदैछ ।स्टलहरुमा थारू जातिको […]

२०७० माघ १ गते, बुधबार

टुडिखेलमा माघी महोत्सव मनाइने

काठमाडौं– टुडिखेलमा माघ १ गते माघी महोत्सव हुने भएको छ। विभिन्न जिल्लाबाट काम विशेषले काठमाडौं आइ बसोबास गर्ने थारुहरुले माघी महोत्सव मनाउने भएको हो। थारु कल्याणकारिणी सभा उपत्यका समिति र विभिन्न थारु संघसंस्थाको पहलमा महोत्सव हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानाकारी दिइयो। करिब १२ लाख खर्च हुने महोत्सवको उद्घाटन मन्त्रिपरिषका अध्यक्ष खिलराज रेग्मीले गर्नेछन्। महोत्सव […]

२०७० पुष ३० गते, मंगलवार