पर्यटन

पोखरा महोत्सव भोलिदेखि

काठमाडौं, २९पौष ।युनाइटेड क्लब पोखराले गर्न लागेको पोखरा महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यही पुस ३० देखि माघ ८ गतेसम्म महोत्सव गरिन लागेको हो । महोत्सवका लागि नौ सय ७५ वटा स्टल बुकिङ भइसकेको बताइएको छ ।महोत्सव अवधिभर दर्शकको मनोरञ्जनका लागि अग्लो चरा ‘अस्ट्रिज’ पनि प्रदर्शनीमा […]

२०७० पुष २९ गते, सोमबार

पर्यटक तान्न पशुपतिमा संगीत सन्ध्या गरिने

काठमाडौं,२७ पुस । पशुपति क्षेत्र विकास कोषले विदेशी पर्यटकलाई आकर्षित गर्न रुद्रगाडेस्वरमा प्रत्येक महिनाको १५ तारिखका दिन संगीत सन्ध्या आयोजना गर्ने भएको छ ।9कोषका सदस्यसचिव गोविन्द टन्डनले बेलुका ५ देखि ७ बजेसम्म सो कार्यक्रम सञ्चालन हुने जानकारी दिए । सो संगीत सन्ध्यामा सहभागी हुन प्रत्येक पर्यटकले एक हजार रुपैयाँको टिकट किन्नुपर्ने छ ।यस अतिरिक्त आगामी […]

२०७० पुष २७ गते, शनिबार

सुदूरपश्चिम महोत्सव सुरु

कञ्चनपुर, २६ पौष । कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि सुदूरपश्चिम औद्योगिक व्यापार मेला सुरु भएको छ । नेपाल उद्योग परिसंघको कञ्चनपुर कैलाली च्याप्टरले पहिलो पटक मेलाको आयोजना गरेको हो । सुदूरपश्चिमको पर्यटकीय तथा औद्योगिक क्षेत्रको विकास र स्वदेशी उद्योगको बजार प्रर्वद्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको जनाइएको छ । १० दिनसम्म चल्ने मेलामा १ लाख ५० हजार […]

२०७० पुष २६ गते, शुक्रबार

वीरगञ्जमा खाना महोत्सव सुरु

वीरगञ्ज,२५ पुस। तराई क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायको संस्कृति र खानाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित सांस्कृतिक खाना महोत्सव सुरु भएको छ ।उक्त महोत्सव चार दिनसम्म सञ्चालन हुने छ ।विसिएन इभेन्ट म्यानेजमेन्टद्वारा वीरगन्जको आदर्शनगरस्थित स्विमिङ पुल परिसरमा आयोजित उक्त महोत्सवमा भोजपुरी, मैथली, नेवारी र थारु समुदायका सांस्कृतिक झाँकीसहित विभिन्न प्रकारका खाना बिक्रीका लागि राखिने आयोजकले जनाएको […]

२०७० पुष २५ गते, बिहीबार

सुदुरपश्चिम व्यापार मेला पुस २६ देखि

काठमाडौँ । सुदुरपश्चिमको महेन्द्रनगरमा हुने सुदुरपश्चिम व्यापार मेला आगामी २६ गते देखि हुने भएको छ । आन्तरिक उत्पादनलाई प्रवद्धन गर्न र बजारीकरण गर्ने उद्देश्यले मेला आयोजना गरिएको नेपाल उद्योग परिसंघ कञ्चनपुर-कैलाली च्याप्टरले जनाएको छ । मेलाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मेला संयोजक लोकविक्रम थापाले मेलामा १ सय ५० स्टल रहने र १ लाख ५० […]

२०७० पुष १६ गते, मंगलवार

लुम्बिनीमा सडक खाना महोत्सव गरिदै

भैरहवा,१६ पुस। ‘लुम्बिनी जाऔं, लुम्बिनीमा खाऔं, लुम्बिनीमै रमाऔं’ भन्ने मूल नाराकासाथ गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा दोस्रो सडक खाना महोत्सव आजबाट सुरु हुँदैछ ।अग्रेजी नयाँ वर्ष तथा क्रिमशसको अवसरमा डिसेम्वर ३१ र जनवरी १ का दिन सडक खाना महोत्सव लुम्बिनी होटल तथा रेष्टुरेन्ट एशोसियसन र सिद्धार्थ होटल एशोसियसन (साटा)ले गरेका हुन् । गत वर्षबाट लुम्बिनी सडक […]

२०७० पुष १६ गते, मंगलवार

भक्तपुरमा वसन्तपुर दरबारको भग्नावशेष भेटियो

भक्तपुर,१५ पुस – विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार क्षेत्रको ऐतिहासिक प्राचीन वसन्तपुर दरबारको भग्नावशेष भेटिएको छ । मल्लकालीन राजा जगतप्रकाश मल्लका पालामा निर्मित दरबार १९९० सालको भूकम्पले पूर्णरूपमा भग्नावशेषमा परिणत गरेको थियो ।सम्बन्धित निकायले सक्रियता देखाउने हो भने उक्त भग्नावशेषलाई दरबारको स्वरूप दिन सकिने विज्ञहरूले बताएका छन् । ‘दरबार भएको जग्गामा अहिले पनि कुनै भौतिक […]

२०७० पुष १५ गते, सोमबार

लोभालाग्दो खुम्जुङ भ्याली

काठमाडौँ । सगरमाथाको प्रवेशद्वारका नामले चिनिएको नाम्चे बजारबाट थोरै तर नाकै ठोक्किने उकालो चढेपछि नेपालकै उचाइमा रहेको स्याङ्बोचे विमानस्थल पुगिन्छ । स्याङ्बोचेबाट नेपालकै एक मात्र याक विकास फार्मको अवलोकन गर्दै खुम्जुङ उपत्यका -भ्याली) पुगिन्छ । खुम्जुङ भ्याली, खुन्दे तथा फोर्च पर्वतारोहीका गाउँ हुन् । सुन्दर, मनोरम अनि जोकोहीलाई मोहनी लगाउँछ खुम्जुङले । चिसो सिरेटोमा सिउसिउ […]

२०७० पुष १३ गते, शनिबार

रक क्लाइम्बिङमा रमाउँदै पर्यटक

काठमाडौँ । कहालीलाग्दो भीरमा डोरीको सहायतामा चट्टान आरोहण गरिने खेलको नाम हो रक क्लाइम्बिङ । आत्मबल दह्रो, साहसी र निडर व्यक्तिले मात्रै चट्टानमा आरोहण गर्न सक्छन् तर पनि उक्त खेल खेल्नका लागि तनहुँको बन्दीपुर-६ विमलनगरस्थित चुन पहरो स्वदेशी तथा बाहृय पर्यटकहरूको आकर्षाको केन्द्रविन्दु बनेको छ । विसं २०६४ साउन ९ गतेबाट सिद्धगुफा विकास समितिले सो […]

२०७० पुष १३ गते, शनिबार

पोखराका सबै उडान रद्द

पोखरा, ११ पुष – खराब मौसमका कारण पोखरा विमानस्थलबाट आजपनि कुनै उडान हुन सकेको छैन ।आकाशमा बाक्लो हुस्सु र बादल लागेपछि, पोखराबाट काठमाडौं तथा जोमसोमका लागि तय भएका बुधबारका सबै उडान रद्द भएका थिए । मौसममा सुधार नआएपछि, विहीबारपनि उडान हुने सम्भावना अत्यन्तै कम रहेको पोखरा विमानस्थलका प्रशासन अधिकृत काशिनाथ पौडेलले जानकारी दिए ।उडान नभएपछि, […]

२०७० पुष ११ गते, बिहीबार