पर्यटन

पर्यटकलाई एक्लै हिँडडुल गर्न रोक !

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले नाम्चेभन्दा माथिको क्षेत्रमा पर्यटक एक्लै हिडडुल गर्न रोक लगाएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले गाइड तथा साथी बिना भ्रमणमा आएका स्वदेशी तथा विदेशी पर्यटक बेपत्ता हुने क्रम बढेकाले एक्लै हिडडुल गर्नमा कडाई गरिएको जनाएको छ । उच्च हिमाली क्षेत्रमा पुगेपछि लेक लाग्ने, बिरामी हुने र विभिन्न विपत्ति आइलाग्ने […]

२०७९ श्रावण १२ गते, बिहीबार

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा दुई लाख पर्यटक भित्रिए

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार गत आवमा एक लाख ५५ हजार ६७१ आन्तरिक तथा १९ हजार ९८९ सार्क मुलुकका र १४ हजार ८०८ विदेशी नागरिकले निकुञ्जको भ्रमण गरेका छन । एक वर्षको अवधिमा ७५ हजार २७७ महिला र ८० हजार ३४९ पुरुष ९आन्तरिक पर्यटक०ले निकुञ्जको भ्रमण […]

२०७९ श्रावण ११ गते, बुधबार

सन् २०२३ देखि २०३३ नेपाल भ्रमण दशक

काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सन् २०२३ देखि २०३३ लाई नेपाल भ्रमण दशकका रुपमा मनाउने घोषणा गरेको छ । मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालको पर्यटन विकांसका लागि भ्रमण दशकका रुपमा मनाउन लागिएको जानकारी दिइएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, नेपाल पर्यटन बोर्ड तथा अन्य सम्बन्धित मन्त्रालयको सहयोगमा तीन महिनाभित्र आवश्यक तयारी […]

२०७९ श्रावण ८ गते, आईतवार

गोसाइँकुण्ड मेलाको लागि तयारी सुरु

काठमाडौं । गोसाइँकुण्ड मेलाको लागि तयारी सुरु भएको छ। गोसाइँकुण्ड क्षेत्र विकास समितिले आउदो साउन २७ गते जनैपूर्णिमा लाग्ने गोसाइँकुण्डको विशेष धार्मिक मेलामा १५ हजार भक्तजन आउने आकलन गरेलगत्तै धार्मिक मार्गका होटल व्यवसायीले खाद्यान्न जोहो गर्न थालेको लौरी विनायकका व्यवसायी पासाङ ग्याल्पो तामाङले बताए । धुञ्चेमा ४३, तिवारी बगरमा दुई, खन्तीमा दुई, देउरालीमा एक, डिम्सामा […]

२०७९ श्रावण ७ गते, शनिबार

रारा ताल मानवीय अतिक्रमणको चपेटामा

काठमाडौं । चारैतिर जंगल र मनोरम दृश्यले सधैँ झकिझकाउ रारा ताल पर्यटकका लागि मनमोहक स्थल हो । रारालाई अझै मनोरम बनाउन यहाँ च्याउसरी उम्रिएका पुष्प अर्थात फुलको भूमिका पनि कम छैन। रारालाई सुन्दर बनाउने यी फुल पछिल्लो समय मुस्किलले देखिने गरेका छन्। केही वर्षसम्म सहजै देखिने कलिला मुना जस्तै फुलहरू पछिल्लो समय बिस्तारैबिस्तारै देखिन छाडेका […]

२०७९ श्रावण ३ गते, मंगलवार

सिसेक्पा तङ्नाम मनाइँदै

काठमाडौं । आज सिसेक्पा तङ्नाम पर्व, किराँतीहरूले साउने सङ्क्रान्तिलाई सिसेक्पा तङ्नाम भनेर मान्ने गर्दछन् । सो समुदायमा आफ्नो इष्टदेवको सम्मानमा आज नयाँ पाकेका फलफूल चढाउन डोरीमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा छ । ताप्लेजुङ, पाँथर, इलाम, झापालगायत नेपालको पूर्वका जिल्लाहरूमा बसोबास गर्ने किराँतीहरू सिसेक्पा तङ्नामका दिन बिहानै खेतबारी वा नजिकको वन–जङ्गलतिर गई साउने सिसेक्पा तङनाम लागि […]

२०७९ श्रावण १ गते, आईतवार

बाघ हेर्न बर्दिया निकुञ्जमा पर्यटकको घुइँचो

काठमाडौं । अहिले बाघ देखिने याम भएकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ । यो याममा निकुञ्ज सफारी गर्दा बाघ देखिने सम्भावना बढी हुन्छ । बाघ हेर्ने उद्देश्यले नै पर्यटकले जङ्गल सफारी गर्छन् । मङ्गलबार बर्दिया राष्ट्रिय निकुञ्ज सफारी गरेर फर्केका जर्मनी र इजरायलबाट आएका पर्यटक निकुञ्जको द्वारमा निकै खुसी […]

२०७९ असार ३१ गते, शुक्रबार

दुई हात्ती मृत भेटिए

काठमाडौँ । झापामा पाँच दिनको अवधिमा दुई वटा हात्ती मृत फेला परेका छन् । बुद्धशान्ति गाउँपालिका–५ को आयाबारीमा असार १५ गते हात्ती मृत भेटिएको थियो । वुधबार अर्जुनधारा नगरपालिका–५ को दहिझोडा खोला किनारमा दाह्रे हात्ती मृत भेटिएको प्रहरीले जनाएको छ । दुवै हात्तीको मृत्युको कारण खुलेको छैन ।

२०७९ असार २२ गते, बुधबार

रारा ताल क्षेत्रमा बिजुली उपलब्ध

काठमाडौं । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल क्षेत्रमा बिजुली उपलब्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणले सो जिल्लाको दुई हजार ९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत् पुर्‍याएको हो । प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा रहेको ४०० किलोवाट क्षमताको गमगाढ जलविद्युत्गृहबाट उत्पादित विद्युत् करिब २५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गरी आजदेखि रारा […]

२०७९ असार २१ गते, मंगलवार

जुनमा झण्डै ४७ हजार पर्यटक भित्रिए

काठमाडौँ । अध्यागमन विभागको तथ्यांकअनुसार जुनमा ४६ हजार नौ सय ५७ जना पर्यटक नेपाल भ्रमणका लागि आएका हुन्। यससँगै सन् २०२२ को ६ महिनामा दुई लाख ३७ हजार ६५४ जना पर्यटक नेपाल भ्रमणका लागि आएका छन्। पर्यटक आगमनको संख्या भने अघिल्लो महिनाको तुलनामा कम छ। यसअघि मे महिनामा ५३ हजार ६ जना ८ जना पर्यटक […]

२०७९ असार १९ गते, आईतवार