पर्यटन

पुनहिलमा हिमालहरूकाे दृश्यावलोकनसँगै आश्रयस्थल

काठमाडौं । म्याग्दी अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा दृश्य अवलोकनस्थलसहितको आश्रयस्थल निर्माण भएको छ । समुद्री सतहदेखि तीन हजार २१० मिटरको उचाइमा रहेको पुनहिलको डाँडाको डिलतर्फ बसेर दृश्य अवलोकन गर्न मिल्ने आश्रयस्थलको तीन कोठे भवन निर्माण भएको हो ।पर्यटन मन्त्रालयबाट प्राप्त रु २७ लाख ५० हजार बजेटबाट ६० जना क्षमताको आश्रयस्थल बनाइएको गाउँपालिकाका अध्यक्ष डमबहादुर […]

२०७७ फाल्गुन २७ गते, बिहीबार

महाशिवरात्रीमा पशुपति क्षेत्रमा सवारी साधन निषेध

काठमाडौं । पशुपतिमा लाग्ने महाशिवरात्रीको मेलालाई ध्यानमा राख्दै ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापनको विशेष योजना सार्वजनिक गरेको छ । महाशाखाले महाशिवरात्रीमा चक्रपथमा सवारी अवागमन सुचारु गर्ने जनाएको छ । महाशाखाले दर्शनार्थीको अत्यधिक चाप भएमा पशुपतिक्षेत्र आसपास गौशलामा सवारी आवागमन निषेध गर्ने जनाएको छ । महाशाखाले बुधबार सूचना जारी गर्दै दर्शनार्थीको अत्याधिक भीड भए बिहीबार सवारी […]

२०७७ फाल्गुन २६ गते, बुधबार

पशुपति क्षेत्रमा धार्मिक शोभायात्रा

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको आयोजनामा शिवरात्री पर्वको पूर्वसन्ध्यामा पशुपति क्षेत्रमा धार्मिक शोभायात्रा निकालिएको छ । विभिन्न संघ संस्थाहरुको सहभागीतामा आज बिहान पशुपति क्षेत्र परिषरमा शोभायात्रा निकालिएको हो । शोभायात्रमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसहित कोषका पदाधिकारीहरु समेत सहभागी थिए । त्यसैगरी विभिन्न धार्मिक संघ संस्था तथा स्थानीय क्लवहरु पनि शोभायात्रमा सहभागी […]

२०७७ फाल्गुन २५ गते, मंगलवार

फेवातालको क्षेत्रफल ५. ७२ वर्गकिलोमिटर कायम

काठमाडौं । पोखरास्थित फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल ५ दशमवल ७२ वर्गकिलोमिटर अर्थात् ११ हजार २ सय ५५ रोपनी ११ आना एक पैसा कायम गरेको हो ।समितिले तालको […]

२०७७ फाल्गुन १७ गते, सोमबार

पशुपतिमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने जनाएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ । यसका लागि ती स्थानमा यन्त्र समेत राखिएको छ । ती स्थानमा राखिएका कोड मोबाइल […]

२०७७ फाल्गुन १४ गते, शुक्रबार

भीमसेन जात्रा सम्पन्न

काठमाडाैँ । प्रत्येक वर्ष माघ शुक्ल द्वादशीका दिन साँखुस्थित शालिनदी क्षेत्रमा करिब डेढ सय वर्षदेखि हुने गरेको भीमसेन जात्रा सांस्कृतिक झाँकीसहित सम्पन्न गरिएको छ । मौलिक वेशभूषामा सजिएको सांस्कृतिक झाँकीसहितको जात्रा शालिनदीबाट शुरु भएर साँखु बजार परिक्रमापछि सकिन्छ । जात्रा तयारीका लागि माघ शुक्ल एकादशीको बिहान भीमसेन देवताको मूर्ति शालिनदी लगिन्छ । अरु बेला मूर्ति […]

२०७७ फाल्गुन १३ गते, बिहीबार

पशुपतिमा १०८ किलो सुनको जलहरी राखियो

काठमाडौं । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखिएको छ । बुधबार मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमा पुजा गरेपछि सुनको जलहरी राखिएको हो । गत महिना पशुपतिनाथमा पूजा गर्न जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्ने घोषणा गरेका थिए ।पशुपतिनाथमा रहेको चाँदीको जलहरी जिर्ण भएकोले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकेको पशुपति क्षेत्र विकास कोषले जनाएको […]

२०७७ फाल्गुन १२ गते, बुधबार

रानीमहलमा होटल बनाउने प्रस्तावको सर्वत्र विरोध

काठमाडौँ । नेपालको ताजमहल भनेर चिनिने अमर प्रेमको निसानी पाल्पा कालीगण्डकी किनारामा अवस्थित रानीमहलको विषयलाई लिएर पछिल्लो समय चर्काे बहस र चर्चा हुन थालेको छ ।हालैका दिनमा पर्यटकीय गतिविधि सो क्षेत्रमा बढेको र पाल्पा मात्र नभई समग्र राष्ट्रकै पहिचान सँग जोडिएको ऐतिहासिक र पुरातात्विक सम्पदाको प्रयोगका सम्बन्धमा नेपाल पर्यटन बोर्डले हेरिटेज होटल बनाउन सरकारलार्ई प्रस्ताव […]

२०७७ फाल्गुन ११ गते, मंगलवार

अन्नपूर्ण संरक्षण क्षेत्रमा अहिलेसम्मकै कम पर्यटक !

काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा सन् २०२० मा पर्यटकको कमी आएको छ । पदयात्राको यात्राको तथ्याङ्क राख्न सुरु भएयता अन्नपूर्णमा २०२० मा हाल सम्मकै कम पर्यटक आएका हुन् । कोरोना नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि पर्यटन व्यवसाय ठप्प भएको थियो । त्यस अघि पनि यात्रामा आएकाहरूले संक्रमणको त्रासका कारण बीच बाटोबाटै फर्किएका थिए । […]

२०७७ माघ २१ गते, बुधबार

नबोल्ने व्यक्तिलाई बोली दिने तीर्थस्थल ‘लाटी बाराही’

काठमाडौं । आफ्ना बालबच्चा नबोल्दा अवश्य नै प्रत्येक अभिभावकको मन दुख्ने गर्दछ । बच्चाको बोली आओस् भन्दै थुप्रै धनराशि खर्चेर उपचार गर्ने गर्दछन् । तनहुँको भिमाद नगरपालिका वडा नं ८ वैद्यपानी सिम्लेमा रहेको तीर्थस्थल ‘लाटी बाराही’ तिनै नबोल्ने बालबालिकाका लागि बोली दिने तीर्थस्थलका रुपमा ख्याति कमाएको छ । उमेर पुगेर पनि नबोल्ने बालबालिकालाई उक्त मन्दिरमा […]

२०७७ माघ १४ गते, बुधबार