बिश्व

बेलारुसद्वारा युरोपको ग्यास आपूर्ति रोकिदिने चेतावनी

काठमाडौँ । बेलारुसका राष्ट्रपतिले आप्रवासी सङ्कटलाई लिएर आफ्नो देशमाथि प्रतिबन्धहरू लगाइएमा युरोपको ग्यास आपूर्ति रोकिदिने धम्की दिएका छन् । बेलारुसको पश्चिमी सीमामा पोल्याण्डतर्फ धेरैजसो इराक, सिरिया र यमनबाट आएका हजारौँ आप्रवासीहरू युरोपेली संघ ईयूको क्षेत्रभित्र प्रवेश गर्ने आशामा निकै चिसो मौसमबीच बसिरहेका छन् । ईयू अधिकारीहरूले बेलारुसलाई उक्त सङ्कटलाई उचालेर सुरक्षा अवस्था बिगारेको आरोप लगाएका […]

२०७८ कार्तिक २६ गते, शुक्रबार

चिनियाँ राष्ट्रपति सी थप शक्तिशाली

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) ले राष्ट्रपति सी जिङपिङलाई थप शक्तिशाली बनाउने एक महत्वपूर्ण प्रस्ताव पारित गरेको छ । सीसीपीको केन्द्रीय बैठकको छैटौं सत्रमा ‘ऐतिहासिक प्रस्ताव’ पारित भएको हो । पार्टीका ‘महत्वपूर्ण उपलब्धि र ऐतिहासिक अनुभव’ सम्बन्धी महत्वपूर्ण प्रस्ताव पारित भएको सीएनएनले जनाएको छ । पार्टीको १० वर्षे इतिहासमा तेस्रो पटक पारित भएको ‘ऐतिहासिक […]

२०७८ कार्तिक २६ गते, शुक्रबार

‘एसिया–प्रशान्त क्षेत्रमा शीतयुद्धको अवस्था आउनु हुँदैन’

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले एसिया–प्रशान्त क्षेत्रमा शीत युद्धजस्तो अवस्था उत्पन्न हुन नहुने बताएका छन्। न्यूजिल्याण्डमा जारी एसिया–प्रशान्त इकोनोमिक कोअपरेशन एपेकको सम्मेलनमा एक भिडियो सन्देश जारी गर्दै सो कुरा बताएका हुन् ।राष्ट्रपति सीले भू–राजनीतिक स्तरमा यो क्षेत्रलाई स–साना गुटमा बाँड्ने प्रयास असफल हुने चेतावनीसमेत दिए। उनले भने, ‘एसिया–प्रशान्त क्षेत्रमा संघर्षको अवस्था वा शीतयुद्धको जस्तो […]

२०७८ कार्तिक २५ गते, बिहीबार

युरोप प्रवेश गर्न पोल्याण्डको सिमानामा हजारौं आप्रवासीको लाइन

काठमाडौँ । युरोपेली मुलुकहरुमा प्रवेश गर्न चाहने हजारौं आप्रवासी पोल्याण्डको सिमानामा भेला भएका छन् । बेलारुस हुदै पोल्याण्डतर्फ अघि बढिरहेका आप्रवासीहरु पोल्याण्डको पूर्वी सिमानामा भेला हुने क्रम जारी छ । आप्रवासीहरुलाई रोक्न पोल्याण्ड सरकारले १२ हजार भन्दा बढी सैनिक परिचालन गरेको छ भने बेलारुसंगको सिमाना बन्द गरेको छ । आप्रवासीहरुले सिमानामा लगाइएको काँडेतारको बार तोड्ने […]

२०७८ कार्तिक २३ गते, मंगलवार

विदेशी नागरिकलाई अमेरिका प्रवेश गर्न खुल्ला !

काठमाडौं । अमेरिकाले विदेशी नागरिकलाई अमेरिका प्रवेश गर्न खुल्ला गरेको छ ।२० महिनापछि कोरोना विरुद्धको दुबै डोज खोप लगाएकालाई अमेरिका प्रवेश खुल्ला गरिएको बताइएको छ ।अमेरिकामा कोरोना संक्रमण बढेपछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएका थिए। यो प्रतिबन्धले बेलायत र युरोपेली देशहरुसहित झण्डै ३० वटा मुलुकका गैर अमेरिकी नागरिकहरु प्रभावित भएका […]

२०७८ कार्तिक २२ गते, सोमबार

जलवायु परिवर्तन गराउने गतिविधि रोक्न माग गर्दै विशाल विरोध प्रदर्शन

काठमाडौँ । विश्व जलवायु सम्मेलन भईरहेको स्कटल्याण्डको ग्लास्गो शहरमा हजारौंले प्रदर्शन गरेका छन् । जलवायु परिवर्तन गराउने गतिविधि रोक्नका लागि आवश्यक कदमहरु चाल्नु पर्ने माग गर्दै वातावरणवादी संघसंस्था र सर्वसाधारण सडक प्रदर्शनमा उत्रिएका हुन् ।विश्वभर नै वातावरणको क्षेत्रमा क्रियाशील संघसंस्थाहरुले दबाव बढाईरहेको बेला ग्लास्गोमा एक लाख बढी मानिसले प्रदर्शन गरेका हुन । जुन जलवायु परिवर्तन […]

२०७८ कार्तिक २१ गते, आईतवार

युरोप फेरि कोरोना महामारीको केन्द्र !

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले युरोप फेरि कोरोना महामारीको केन्द्र बनेको बताएको छ। युरोपभरि कोरोना संक्रमितको संख्या बढिरहेका बेला डब्ल्युएचओको यस्तो भनाइ आएको हो। एक पत्रकार सम्मेलनमा डब्ल्युएचओका युरोप प्रमुख हान्स क्लुगेले फेब्रुअरीसम्ममा युरोप महादेशमा कोभिडका कारण मृत्यु हुनेको संख्या पाँच लाखभन्दा धेरै पुग्नसक्ने बताएका छन्। उनले खोप पर्याप्त मात्रामा नलगाइँदा संक्रमितको संख्या बढेको […]

२०७८ कार्तिक १९ गते, शुक्रबार

किम जोङ उनद्वारा ‘किमजेओन्गुनिज्म’ विचारधाराको प्रवर्द्धन गर्न आदेश

काठमाडौँ । उत्तर कोरियाली शासक किम जोङ उनले ‘किमजेओन्गुनिज्म’ विचारधाराको प्रवर्द्धन गर्न आदेश दिएका छन्। उनले सरकारी भवनबाट आफ्ना बुबा किम जोङ–इल र हजुरबुवा किम इल–सङका तस्वीरहरू पनि हटाएका छन्। दक्षिण कोरियाको खुफिया एजेन्सीलाई उद्धृत गर्दै केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उत्तर कोरियाको सरकारी सञ्चारमाध्यममा किमलाई ‘महान् नेता’ भनेर वर्णन गरिँदै आएको बताएका छन्। किम जोङ-उनका हजुरबुवा, […]

२०७८ कार्तिक १८ गते, बिहीबार

जी–२० का नेताहरू ग्लोबल वार्मिङलाई सीमित राख्न सहमत

काठमाडौं । विश्वका समृद्ध अर्थतन्त्र भएका १९ मुलुक तथा युरोपेली युनियन मिलेर बनेको जि–२० समूहका नेताहरूले जलवायु परिवर्तनको बारेमा प्रतिवद्धता मात्रै जाहेर गरेका छन् । कर्पोरेट करसम्बन्धी विषयमा ऐतिहासिक काम गरेका नेताहरुले जलवायु परिवर्तनमा भने खासै उल्लेख्य निर्णय गर्न सकेनन् । विश्वका समृद्ध अर्थतन्त्र भएका १९ मुलुक तथा युरोपेली युनियन मिलेर बनेको जि–२० समूहले विश्वको […]

२०७८ कार्तिक १५ गते, सोमबार

जापानको संसदीय निर्वाचनमा एलडिपीलाई बहुमत

काठमाडौं । जापानमा भएको संसदीय निर्वाचनमा लिबरल डेमोक्रेटिक पार्टी ‘एलडिपी’ एक्लैले बहुमत ल्याउने देखिएको छ । आइतबार जापानको तल्लो सदनको ४ सय ६५ सिटका लागि भएको मतदानमा एलडिपीले २ सय ३३ भन्दा बढी सिटमा आफ्नो जित सुनिश्चित गरेको हो । ४ सय ६५ मध्ये २ सय ८९ सिटमा प्रत्यक्ष निर्वाचन हुन्छ भने बाँकी १ सय […]

२०७८ कार्तिक १५ गते, सोमबार