बिश्व

बिश्व स्वास्थ्य संगठनद्वारा कोरोना अझै बढ्ने चेतावनी

काठमाडौँ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को समस्या थप बढ्ने चेतावनी दिएका छन । उनले यो महामारीको नियन्त्रणका लागि ठोस कार्यक्रमहरु ल्याउनका लागि विश्वका देशहरुलाई आग्रहसमेत गरेका बताइएको छ । महानिर्देशक गेब्रेयसले विश्वमा कोभिड १९ को समस्या हल भइसकेको छैन, बरु कतिपय देशहरुमा अझै बढ्दै गएको छ भन्दै यो […]

२०७७ कार्तिक ८ गते, शनिबार

अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि अन्तिम बहस हुँदै

काठमाडौं । अमेरिकामा आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपतीय निर्वाचन अघि आज(शुक्रबार) दुई उम्मेदवार राष्ट्रपति डोनल्ड ट्रम्प र जो वाइडेनबीच अन्तिम बहस हुंदैछ । उनिहरुबीचको पहिलो बहसमा भने निकै चर्काचर्की भएकाले आजको बहसमा केही नयाँ नियम लागु गरिएको छ । बहसमा कोरोनाविरुद्धको लडाईं,अमेरिकी परिवार, वातावरण परिवर्तन, राष्ट्रिय सुरक्षा, नेतृत्वको विषयले प्राथमिकता पाउने बताइएको छ ।यसअघि […]

२०७७ कार्तिक ७ गते, शुक्रबार

राष्ट्रसंघका महासचिवद्वारा यमनमा युद्धविरामका लागि आग्रह

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले यमनमा युद्धरत पक्षहरुलाई युद्धविराम गरेर शान्ति वार्ताका माध्यमबाट थप निकासका लागि तयार रहन आग्रह गरेको जनाइएको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक उच्चस्तरीय बैठकमा आफ्नो विचार राख्दै महासचिव गुटर्रेसले यमनको आर्थिक अवस्था नाजुक हुदै गएको र यहाँका कतिपय स्थानहरुमा नागरिकलाई अहिले पनि मानवीय सहायताको खाँचो परेको भन्दै […]

२०७७ कार्तिक ६ गते, बिहीबार

कोरोना निको हुनेको संख्या ३ करोड नाघ्यो

काठमाडौं । वल्ड्रोमिटरका अनुसार हालसम्म कोरोना पुष्टि भएका ४ करोड ६ लाखमध्ये ३ करोड ३ लाख २९ हजार ७ सय जना निको भएका छन् । गएको २४ घण्टामा मात्रै २ लाख २१ हजार ३ सय ६५ जना निको भएका हुन् । अहिले विश्वभर ९१ लाख ५१ हजार सक्रिय संक्रमित छन् । जसमध्ये एक प्रतिशत अर्थात् […]

२०७७ कार्तिक ४ गते, मंगलवार

काेराेना संक्रमितकाे संख्या ४ कराेड नाघ्याे !

काठमाडाैं । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार साेमबार बिहानसम्म विश्वमा काेराेना संक्रमितकाे संख्या ४ कराेड २ लाख ६८ हजार ४ सय ८८ पुगेकाे छ भने काेराेनावाट मृत्यु हुनेकाे संख्या ११ लाख १८ हजार २ सय ९३ पुगेकाे छ । मृत्यु दर र सङ्क्रमित दर बढिरहेसँगै निकाे हुने दर पनि बढिरहेकाे छ । अहिलेसम्म कुल सङ्क्रमितमध्ये […]

२०७७ कार्तिक ३ गते, सोमबार

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो !

काठमाडौं । आज बिहानसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख २ सय ९ सय जनाको ज्यान गएको छ । कोरोनाबाट हालसम्म सबैभन्दा बढी अमेरिकामा २ लाख २२ हजार ७ सय को मृत्यु भएको छ । ब्राजिलमा १ लाख ५२ हजार ५ सय र भारतमा भारतमा १ लाख १२ हजार भन्दा बढीको मृत्यु भएको […]

२०७७ आश्विन ३० गते, शुक्रबार

उत्तर कोरियाली नेता किम जोङ उन असफल भए भन्दै भावुक बने

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन असफल भएँ भन्दै भावुक बनेका छन् । नेशनल पाेस्टका अनुसार पार्टी स्थापनाको ७५ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको सैन्य परेड कार्यक्रमलाई सम्बाेधन गर्दै देशलाई समृद्ध बनाउने वचन पूरा गर्न आफू असफल भएको उनले आँसु झारेका हुन् । राजधानी प्योङयोङमा आयोजित सो समारोहमा उनले देश एकदमै संघर्षपूर्ण अवस्थामा […]

२०७७ आश्विन २९ गते, बिहीबार

युरोपमा कोरोना संक्रमण तीव्र गतिमा बढ्दै

काठमाडौं । युरोपमा कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि फेरि प्रतिबन्धात्मक उपायहरु लागू गर्न थालिएको छ । युरोपका विभिन्न देशमा पछिल्लो समय पुनः संक्रमण तीव्र गतिमा बढेपछि आंशिक लकडाउन लगायतका उपाय अपनाउन थालिएको हो । चेक गणतन्त्रले संक्रमण बढ्न थालेपछि तीन हप्ताका लागि आंशिक लकडाउन सुरु गरेको छ । विद्यालय, बार तथा क्लबहरु बन्द गरेको […]

२०७७ आश्विन २८ गते, बुधबार

ट्रम्पद्वारा बाइडेन‍ कट्टर समाजवादीहरूको कठपुतली भएको आरोप

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरस संक्रमण भएपछि पहिलो पटक फ्लोरिडामा आयोजित चुनावी र्‍यालीलाई सम्बोधन गर्दै आफु राम्रो स्वास्थ्य अवस्थामा रहेको अनि ’रोग प्रतिरोधी’ बनेको बताए । उनले प्रतिस्पर्धी जो बाइडेनलाई कट्टर समाजवादीहरूको कठपुतली भएको बताए । ट्रम्पले सञ्चारमाध्यमलाई पनि पक्षपाती भएको आरोप लगाएका छन् । स्यान्डफोर्ड नगरमा भएको र्‍याली स्थलमा सामाजिक दूरी […]

२०७७ आश्विन २७ गते, मंगलवार

ट्वीटरले हटायो ट्रम्पको ट्वीट

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोना सम्बन्धी ट्वीट ट्वीटरले नदेखिने बनाएको छ । ट्रम्पले कोरोनासम्बन्धी भ्रामक जानकारी दिएर ट्वीटरको नियमको उल्लङ्घन गरेकोले देख्न नमिल्ने बनाएको जनाएको छ ।राष्ट्रपति ट्रम्पले कोरोना भाइरसबाट प्रतिरक्षा भएको दाबी गर्दै गरेको ट्विट ट्विटरले नदेखिने बनाएको हो । यसअघि पनि ट्रम्पका कतिपय पोष्टहरुले गलत सन्देश दिएको भन्दै फेसबुक र ट्वीटरले […]

२०७७ आश्विन २६ गते, सोमबार