बिश्व

राष्ट्रपति सीद्वारा पुटिनको प्रशंसा

काठमाडौं, २३ जेठ । चीनका राष्ट्रपति सी जिनपिङले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई निकटको मित्र भन्दै प्रशंसा गरेका छन् । मस्कोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति सीले पुटिनलाई ३० भन्दा बढी पटक भेटिसकेको भन्दै आफुहरुबीच आफ्नो गहिरो व्यक्तिगत मित्रता रहेको बताएका हुन् । अमेरिकासंग व्यापारिक युद्ध चर्किरहेका बेला चिनियाँ तीन दिने रुस भ्रमणमा छन् । […]

२०७६ जेष्ठ २३ गते, बिहीबार

सैनिककाे गाेली लागेर ३० प्रदर्शनकारीकाे मृत्यु

काठमाडौं, २१ जेठ । अफ्रिकी देश सुडानको राजधानी खार्तुमस्थित सैनिक मुख्यालय बाहिर सेनाले प्रहार गर्दा ३० जनाको मृत्यु भएको छ । धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउनेक्रममा सेनाले सोमबार गोली चलाएको थियो । सैनिक शासनविरुद्ध प्रदर्शनकारी सैनिक मुख्यालय बाहिर र शहरका मुख्य प्रशासनिक केन्द्र वरपर महिनौंदेखि धर्नामा बस्दै आएका छन् । आन्दोलनका कारण राजधानी खार्तुमका हातहतियारसहित ठूलो […]

२०७६ जेष्ठ २१ गते, मंगलवार

ट्रम्प बेलायत जाँदै

काठमाडौं, २० जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिने राजकीय भ्रमणका लागि बेलायत जाँदै छन् । स्थानीय समयअनुसार उनी आज विहान ९ बजे बेलायत पुग्नेछन् । राष्ट्रपति ट्रम्पका साथमा प्रथम महिला मिलानिया पनि भ्रमण दलमा सहभागी छन् । बेलायती महारानी एलिजाबेथले राष्ट्रपति ट्रम्पको सम्मानमा बकिङ्घम दरबारमा रात्रीभोजको आयोजना गर्ने कार्यक्रम छ । उनले आजै […]

२०७६ जेष्ठ २० गते, सोमबार

बन्धुकधारीको अन्धाधुन्ध गोली प्रहरवाट ११ जनाको मृत्यु

काठमाडौं, १८ जेठ । अमेरिकाको भर्जिनियास्थित स्थित एक सरकारी भवनमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । घटनामा अन्य ६ जना घाइते भएको प्रहरीले जनाएको छ । भर्जिनिया बिच म्युनिसिपल सेन्टरको भवनमा अन्धाधुन्ध गोली प्रहार भएको छ । सोही कार्यालयमा लामो समयदेखि कार्यरत एक कर्मचारीले गोली प्रहार गरेको प्रहरीले जनाएको छ […]

२०७६ जेष्ठ १८ गते, शनिबार

अमेरिकाद्वारा मेक्सिकोबाट आयात हुने सबै सामानमा करवृद्धि

काठमाडौं, १७ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट आयात हुने सबै सामानमा करवृद्धिको घोषणा गरेका छन् । मेक्सिकोबाट भइरहेको आप्रवासीको अवैध प्रवेश रोक्न दबाब दिने उद्देश्यले राष्ट्रपति ट्रम्पले करवृद्धिको घोषणा गरेका हुन् । ट्रम्पले ट्वीट गर्दै आगामी जुन १० तारिखदेखि लागू हुने गरी मेक्सिकोबाट आयात हुने सबै मालसामानमा अतिरिक्त ५ प्रतिशत कर लिईने जानकारी […]

२०७६ जेष्ठ १७ गते, शुक्रबार

विश्वकप क्रिकेटको १२ औं संस्करण सुरु हुँदै

काठमाडौं, १६ जेठ । एक दिवसिय विश्वकप क्रिकेटको १२ औं संस्करण आजबाट सुरु हुँदैछ । इंग्ल्याण्ड र वेल्सका विभिन्न सहरमा आयोजना हुने विश्व क्रिकेटको महाकुम्भमा १० टोली सहभागी छन् । लन्डनमा रहेको दि ओभलमा आज प्रतियोगिताको उद्घाटन हुनेछ । विश्वकपको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्डले दक्षिण अफ्रिकाको सामना गर्ने छ । यो खेल नेपाली समय अनुसार […]

२०७६ जेष्ठ १६ गते, बिहीबार

कारागारमा ४२ जना मृत भेटिए

काठमाडौ, १४ जेठ । विभिन्न कारागारमा ४२ जना मृत अवस्थामा फेला परेका छन् ।उनीहरुको अक्सिजनको अभावमा श्वासप्रश्वासमा अवरोध भई ज्यान गएको हुनसक्ने बताइएको छ । ब्राजिल अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच भएको झडपमा १५ जनाको मृत्यु भएको भोलिपल्ट विभिन्न चार कारागारमा ४२ जना मृत अवस्थामा भेटिएका हुन् । ब्राजिलका अधिकारीहरुले कारागारभित्रको झडप अन्त्य गर्न र […]

२०७६ जेष्ठ १४ गते, मंगलवार

आफ्नो कारणले अरु उडान ढिलाई भएपछि मन्त्रीद्वारा राजीनामा

काठमाडौं, १२ जेठ । आफ्नो उडानका कारण अरु उडानलाई असर परेपछि मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेज ब्लान्को अर्टिज मेनाले राजीनामा दिएका छन । सरकारी कामका लागि विमानबाट अन्यत्र जाने क्रममा अरु व्यवसायिक जहाजको उडानमा ढिलाई भएको भन्दै चर्को आलोचना भएपछि उनले राजीनामा दिएकि हुन् । मन्त्री मेनाले आफूले गर्दा विमानमा सवार यात्री र विमान चालकहरुलाई […]

२०७६ जेष्ठ १२ गते, आईतवार

प्रधानमन्त्रीद्वारा राजीनामा

काठमाडौं, १० जेठ । तीन वर्षसम्ममा पनि युरोपियन युनियनबाट अलग पार्ने प्रक्रिया ब्रेक्जिटलाई टुंगोमा पुर्याउन नसकेपछि बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामा दिएकी छिन् । प्रधानमन्त्री मे को राजिनामा आगामी जुन ७ बाट लागु हुनेछ । उनले जुन ७ बाट लागु हुने गरी कन्जरभेटिभ पार्टीको उत्तराधिकारीबाट राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । तर नयाँ […]

२०७६ जेष्ठ १० गते, शुक्रबार

ट्रम्पलाई चीनसँगको व्यापार युद्ध बन्द गर्न सुझाव

काठमाडौं, ८ जेठ । जुत्ता निर्माणको क्षेत्रका विश्वमै नाम कमाएका कम्पनीहरुले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई चीनसँगको व्यापार युद्ध बन्द गर्न सुझाव दिएका छन् । नाइकी र एडिडाससहितका १७० कम्पनीले जारी व्यापार युद्धको असर उपभोक्तामा भयानक हुने भन्दै समाधानको बाटो खोज्न राष्ट्रपति ट्रम्पलाई आग्रह गरेका हुन् । कम्पनीका प्रतिनिधिहरुले हस्ताक्षर गरेको पत्रमा ट्रम्पले चिनियाँ सामानमाथिको आयात […]

२०७६ जेष्ठ ८ गते, बुधबार