बिश्व

ओबामा र हिलारी क्लिन्टनलाई हुलाकमार्फत् विस्फोटक पदार्थ !

काठमाडौं , ८ कार्तिक । अमेरिकाका पूर्व विशिष्ट पदाधिकारी तथा सञ्चारमाध्यमहरुलाई अज्ञात समूहले हुलाकमार्फत् विस्फोटक पदार्थ पठाएको खुलासा भएपछि अमेरिकी संघीय अनुसन्धान ब्यूरो (एफबीआई)ले अनुसन्धान सुरु गरेको छ । पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनलाई अज्ञात समूहले विस्फोटक पदार्थ पठाएको सार्वजनिक भएपछि एफबीआईले उच्च प्राथमिकताका साथ अनुसन्धान सुरु गरेको हो । त्यसैगरी अमेरिकी टेलिभिजन […]

२०७५ कार्तिक ८ गते, बिहीबार

‘पत्रकार खसोज्जीको हत्यारालाई कडा कानुनी सजाय हुन्छ’

काठमाडौं, ७ कार्तिक । साउदी अरबले पत्रकार जमाल खसोज्जीको हत्यारा जो भएपनि उसलाई कडा कानुनी सजाय हुने जनाएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद बैठकपछि जारी गरिएको विज्ञप्तिमा खसोज्जीको हत्यामा संलग्न जो कोही भएपनि उसलाई कानुनी दायरामा ल्याइने उल्लेख गरिएको छ । साउदी सरकारले सत्यतथ्य पत्ता लगाउन सम्भावित उपायहरूलाई अवलम्बन गरिरहेको भन्दै र घटनामा प्रत्यक्ष वा […]

२०७५ कार्तिक ७ गते, बुधबार

कास्मीरमा भीडन्त तीन भारतीय सेना र दुई लडाकुको मृत्यु

काठमाडौं, ५ कार्तिक ।भारत नियन्त्रित कास्मीरमा यस हप्ता लगातार झडप र भीडन्त जारी छ । हिजो बिहान मात्रै ३ आतकवादी मारेको भारतले दावी गरे पनि अपरान्ह पुनः भएको भीडन्तमा तीन भारतीय सेना र २ लडाकुको मृत्यु भएको सेनाले जनाएको छ । ती लडाकु पाकिस्तानबाट घुसपैठ गर्न आएको र भीडन्त भएको सेनाको दावी छ । हिजो […]

२०७५ कार्तिक ५ गते, सोमबार

अमेरीकाद्वारा रुससगँको परमाणु सम्झौता तोड्ने चेतावनी

काठमाडौं, ४ कार्तिक । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससगँको ईन्टरमिडियट रेन्ज न्युक्लियर फोर्स ट्रिटीबाट अलग्गीने चेतावनी दिएका छन् । शनिबार नाभादामा बोल्दै ट्रम्पले १९८७ मा भएको यो सन्धिको रुसले उलंघन गरीरहेको दावी गर्दे यस्तो घोषणा गरेका हुन् । पुर्व सोभियत संघ र अमेरीकाबीच परमाणु हतियारको होड रोक्न यस्तो सहमति भएको थियो । अमेरीकी राष्ट्रिय सुरक्षा […]

२०७५ कार्तिक ४ गते, आईतवार

पत्रकार खसोग्गी दुतावासभित्र मारिएको साउदीद्धारा स्वीकार

काठमाडौं , ३ कार्तिक । २ अक्टोबरमा साउदी दुतावासमा पसे पछि वेपत्ता भएका वासिग्टन पोष्टका लागि काम गर्ने साउदी अरबका पत्रकार जमाल खसोग्गीको दुतावास भित्रै मृत्यु भएके साउदीले स्वीकार गरेको छ । साउदीको सरकारी टेलिभिजनले उक्त हत्या स्वीकार गर्दै रिपोर्ट सार्वजनिक गरेको छ । साउदीको वाणिज्य दुतावासमा आपसी झगडा पछि उनको मृत्यु भएको स्वीकार गरिएको […]

२०७५ कार्तिक ३ गते, शनिबार

अमेरिकी विदेशमन्त्री साउदी भ्रमणमा

काठमाडौं , ३० असोज । दुई सातादेखि बेपत्ता भएका साउदी अरेबियाका पत्रकार जमाल खसोगीका विषयमा साउदीका राजा सलमानसँग जरुरी वार्ता गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पियो साउदी अरबतर्फ गएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री पोम्पियोलाई साउदी राजासँग कुरा गर्न त्यसतर्फ पठाएका हुन् । राष्ट्रपति ट्रम्पले राजा सलमानसँग टेलिफोन वार्ता गरेपछि तुरुन्तै साउदी अरेबियातर्फ जान […]

२०७५ आश्विन ३० गते, मंगलवार

ट्रम्प विरुद्ध हजारौंको र्‍याली

काठमाडौं , २९ असोज । अमेरिकाको सिकागोमा राष्ट्रपति डोनाल्ड ट्रम्पको विपक्षमा हजारौंले प्रदर्शन गरेका छन् । आउँदो नोभेम्बरमा हुने सिनेटको मध्यावधि निर्वाचनको पूर्वसन्ध्यामा डेमोक्रयाट पार्टीका समर्थकहरुले ट्रम्पको विपक्षमा प्रदर्शन गरेका हुन् । उनीहरुले ‘निलोलाई मतदान’ लेखेका ठूला ब्यानर पनि फहराएका थिए । प्रदर्शनकारीहरुले ट्रम्पलाई ‘महिला विरोधी एजेण्डा’ बोकेको राष्ट्रपतिका रुपमा चित्रित गर्दै मतदातालाई आफ्नो पक्षमा […]

२०७५ आश्विन २९ गते, सोमबार

पत्रकार हत्याको छानबिन गर्न साउदीको टोली इस्तानबुलमा

काठमाडौं, २७ असोज । टर्कीका अधिकारीहरुले साउदी अरबका पत्रकार जमाल खसोगी हत्या भएको प्रमाण आफूहरुसँग सुरक्षित रहेको दाबी गरेका छन् । साउदी वाणिज्य दूतावासमा मारिएका पुष्टि गर्ने दृश्य प्रमाण आफूहरुसँग सुरक्षित रहेको दाबी टर्कीका अधिकारीहरुले गरेका हुन् । पत्रकार खसोगी बेपत्ता भएका घटनाका बारेमा छानबिन गर्न एउटा साउदी टोली इस्तानबुल पुगेको छ । अंकाराले उक्त […]

२०७५ आश्विन २७ गते, शनिबार

बम आक्रमणका दोषीलाई मृत्युदण्ड

काठमाडौं, २६ असोज । इजिप्टको एउटा सैनिक अदालतले १७ जनालाई बम आक्रमणमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला गरेको छ । ठूलो संख्यामा मानवीय क्षति हुनेगरी चर्चमा बम विस्फोट गराएको घटनामा दोषी ठहर गर्दै उनीहरूलाई मृत्युदण्डको सजाय तोकिएको हो । इस्लामिक स्टेट (आइएस) लडाकूका नाममा गराइएको विस्फोटमा परी दर्जनौंको मृत्यु भएको थियो । घटनामा दोषी पाइएका […]

२०७५ आश्विन २६ गते, शुक्रबार

अमेरिकामा आँधी, १३ जनाको मृत्यु

काठमाडौं, २५ असोज । मध्य अमेरिकामा आएको शक्तिशाली आँधीका कारण कम्तिमा १३ जनाको मृत्यु भएको छ । अमेरिकाको उत्तर–पश्चिम राज्य फ्लोरिडालाई सबैभन्दा बढी प्रभावित पार्ने गरी आएको माइकेल नामक आँधीले त्यहाँको जनजीवन अस्तव्यस्त बनाएको छ । आँधीका कारण होन्डुरसमा ६ जना, गिकारागुवामा चार जना र एल साल्भाडोरमा तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् […]

२०७५ आश्विन २५ गते, बिहीबार