बिश्व

राष्ट्रपतिका उम्मेदवारमाथि छुरा प्रहार

काठमाडौं , २२ भदौ । ब्राजिलको राष्ट्रपतीय निर्वाचनका एक उम्मेदवारमाथि छुरा प्रहार भएको छ । दक्षिण पूर्वी राज्यको मिनास गेरिसमा आयोजित चुनावी र्‍यालीमा राष्ट्रपतीय निर्वाचनका मुख्य प्रतिस्पर्धी मानिएका जैर बोल्सोनारोमाथि छुरा प्रहार भएको हो । उनको पेटमा चोट लागेको छ । छुरा प्रहारबाट घाइते उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको बीबीसीले जनाएको छ । अस्पतालले […]

२०७५ भाद्र २२ गते, शुक्रबार

जापानमा समुद्री आँधी, ६ जनाको मृत्यु, सयौ घाइते

काठमाडौं , २० भदौ । जापानमा आएको २५ वर्ष यताकै शक्तिशाली समुद्री आँधीका कारण कम्तिमा ६ जनाको मृत्यु भएको छ । आँधीमा परेर १ सय ६० जनाभन्दा बढी घाइते भएका छन् । समुद्री आँधी जापानको दक्षिण क्षेत्रमा जमिनको सम्पर्कमा आएको थियो । जेबी नाम दिइएको यो आँधी १ सय ७२ किलोमिटर प्रतिघण्टाको बेगमा आएको अधिकारीहरुले […]

२०७५ भाद्र २० गते, बुधबार

अमेरिकी राष्ट्रपतिद्वारा सिरिया र उसका सहयोगी राष्ट्रलाई चेतावनी

काठमाडौं, १९ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाको विद्रोही नियन्त्रित प्रान्त इद्लिवमा अन्धाधुन्ध आक्रमण नगर्न सिरियाली सरकारका साथै उसका सहयोगी रुस र इरानलाई चेतावनी दिएका छन् । ट्वीटरमा चेतावनी दिँदै उनले आक्रमणबाट हजारौं सर्वसाधारण मारिने भन्दै त्यो मानवीयताका हिसाबले गम्भीर भूल हुने उल्लेख गरेका छन् । सिरियामा विद्रोहीको नियन्त्रणमा बाँकी रहेको एउटामात्र प्रान्त इद्लिवमा […]

२०७५ भाद्र १९ गते, मंगलवार

अमेरिकी सेनाद्वारा पाकिस्तानलाई दिने भनिएको ३० करोड डलर रोक्का

काठमाडौं , १७ भदौ । अमेरिकी सेनाले पाकिस्तानलाई दिने भनिएको ३० करोड अमेरिकी डलर नदिने निर्णय गरेको छ । पाकिस्तानले आतंकवाद नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै सहयोग रकम रोक्का गर्ने निर्णय गरिएको हो । अमेरिकी रक्षा मन्त्रालयका लेफ्टिनेन्ट कर्णेल कोनी फाकनरले विज्ञप्ति निकाली पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएका कारण सहयोग रकम रोक्का गर्ने निर्णय गरेको […]

२०७५ भाद्र १७ गते, आईतवार

जापानद्वारा प्रतिरक्षा बजेटमा वृद्धि

काठमाडौं, १५ भदौ । जापानको रक्षा मन्त्रालयले उत्तर कोरिया र चीनबाट जारी चुनौतीको सामना गर्नेगरी क्षेप्यास्त्र प्रणाली र हवाई क्षमता सुदृढ गर्ने उद्देश्यले ठूलो बजेट प्रस्ताव गरेको छ । अप्रिलदेखि शुरु हुने नयाँ आर्थिक वर्षका लागि मन्त्रालयले ४७ अर्ब अमेरिकी डलरको बजेट आवश्यक रहेको जनाएको छ । विगत सात वर्षदेखि लगातार वृद्धि भइरहेको रक्षा बजेटमा […]

२०७५ भाद्र १५ गते, शुक्रबार

उच्च सैन्य अधिकारी नै अपहरण र हत्याको मुद्दामा दोषी ठहर !

काठमाडौ, १४ भदौ । श्रीलङ्काको एउटा अदालतले यहाँका एक उच्च सैन्य अधिकारीलाई अपहरण र हत्याको मुद्दामा दोषी ठहर गर्दै पक्राउ गर्न आदेश दिएको छ । सन् २००८ देखि २००९ को बीचमा श्रीलङ्काको गृह युद्धको उत्तरार्धतिर एक सैनिक अधिकारीले एघार जनालाई अपहरण गरी हत्या गरेको आरोप लागेको थियो । सो अभियोगमा मुद्दा चलाइएकोमा प्रमुख सैन्य अधिकारी […]

२०७५ भाद्र १४ गते, बिहीबार

रुसद्वारा विशाल सैन्य अभ्यास गर्ने घोषणा

काठमाडौं , १३ भदौ । रुसले सोभियतकालीन युद्ध अभ्यासपछि सबैभन्दा ठूलो सैन्य अभ्यास गर्ने घोषणा गरेको छ । रुसले गरिरहेको व्यवहारप्रति पश्चिमा मुलुकहरुले बढाइरहेको चासोकै बीच रुसी रक्षामन्त्री सर्गेइ सोएगुले आगामी महिना शीतयुद्धपछि पहिलो पटक सबैभन्दा विशाल युद्ध अभ्यास गर्ने घोषणा गरेका हुन् । ‘भोस्टक–२०१८’ नामाकरण गरिएको सो सैन्य अभ्यासमा ३ लाख सुरक्षाकर्मी, ३६ हजार […]

२०७५ भाद्र १३ गते, बुधबार

अमेरिका र मेक्सिकोबीच नयाँ सम्झौता

काठमाडौं, १२ भदौ । अमेरिका र मेक्सिकोबीच एक वर्षसम्म चलेका परामर्शपछि उत्तर अमेरिकी क्षेत्रीय व्यापार सम्झौतालाई प्रतिस्थापन गरी नयाँ सम्झौता गर्ने सम्बन्धमा सहमति भएको अधिकारीहरूले बताएका छन्। त्यो सम्झौताले दुई देशबीचका व्यापारिक सम्पर्कहरूलाई पुनर्स्थापित गर्न बाटो खोल्ने अपेक्षा गरिएको छ। उत्तर अमेरिकी क्षेत्रीय व्यापार सम्झौताका विषयमा ट्रम्पले आपत्ति जनाउँदै आएका थिए। उनले त्यसलाई “अति नै […]

२०७५ भाद्र १२ गते, मंगलवार

अमेरिकामा भिषण आँधीसहितको वर्षा, हजारौं नागरिक विस्थापित

काठमाडौं, ८ भदौ । अमेरिकाको हवाई प्रान्तमा भारी बर्षा र आँधीका कारण हजारौं मानिस विस्थापित भएपछि आपतकालिन अवस्था घोषणा गरिएको छ । बाढी र पहिरोका कारण सयौं घर डुबानमा पर्नुका साथै दर्जनौं घर भत्केका छन् । हवाई लगायत अलोहा शहर डुबानमा पर्दा यी दुबै शहरका अधिकांश स्कूल र कलेज बन्द गरिएका छन् । आन्तरिक र […]

२०७५ भाद्र ८ गते, शुक्रबार

रुसले सिरियामा ६३ हजार सेनापठायो

काठमाडौँ , ७ भदौ । रुसको रक्षा मन्त्रालयले सिरियामा भइरहेको द्वन्द्वका लागि ६३ हजारभन्दा बढी सेना पठाएको छ । मन्त्रालयका अधिकारीहरुले लडाइसम्बन्धी अनुभव भएका व्यक्तिहरू युद्ध प्रभावित मुलुक सिरिया पठाइएको बताएका छन् । उनीहरूमध्ये २५ हजार ७३८ जना अधिकृतस्तरका र ४३४ जना सामान्य र अरू ४ हजार ३४९ जना हतियार र रकेटसम्बन्धी विज्ञ रहेको बताइएको […]

२०७५ भाद्र ७ गते, बिहीबार