बिश्व

इरानमाथि यमनका बिद्रोहीलाई भड्काएको आरोप

काठमाडौं, २२ कात्तिक । साउदी अरबले यमनका बिद्रोहीलाई इरानले भड्काएको आरोप लगाएको छ । साउदी अरबका राजकुमार मोहमद बिन सलमानले इरानले यमनका हुथी बिद्रोहीलाई मिसाइल उपलब्ध गराई सैन्य कारबाहीका लागि उक्साएको आरोप लगाएका हुन् । उनले इरानमाथि कारबाही गर्नुपर्ने धारणा राखे । इरानको रवैयाका कारण युद्ध निम्तन सक्ने चेतावनीसमेत साउदीका राजकुमारले दिएका छन् । यद्यपी […]

२०७४ कार्तिक २२ गते, बुधबार

राजपरिवारका सदस्य भ्रष्टाचारको आरोपमा पक्राउ

काठमाडौं, २१ कात्तिक । राजपरिवारकै सदस्यहरुलाई भ्रष्टाचार आरोपमा पक्राउ गरेर सनसनीपूर्ण सन्देश दिएको साउदी अरेबियाले यो सुरुवातमात्र भएको टिप्पणी गरेको छ । राजपरिवारका सदस्य, बहालवाला मन्त्री र पूर्व मन्त्रीलाई पक्रनु भ्रष्टाचारविरुद्धको अभियानमा सुरुवातमात्रै भएको साउदी महान्यायाधिवक्ताले प्रतिक्रिया दिएका हुन् । महान्यायाधिवक्ता शेख साउद अल मोजेबले विज्ञप्ति निकाली यो अभियान देशबाट भ्रष्टाचार अन्त्य गर्ने दिशामा सुरुवातमात्र […]

२०७४ कार्तिक २१ गते, मंगलवार

गोली प्रहारवाट २६ को मृत्यु, २४ घाइते

काठमाडौं, २० कात्तिक । अमेरिकाको टेक्सासस्थित एक चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ । बन्दुकधारीको गोली लागेर अन्य २४ जना घाइते भएका छन् । टेक्ससको विल्सन काउन्टीस्थित चर्चमा नियमित प्रार्थनाका लागि जम्मा भएका मानिसका बीचमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चर्चमा […]

२०७४ कार्तिक २० गते, सोमबार

चार मन्त्री र दर्जनौं पूर्व मन्त्री पक्राउ

काठमाडौं, १९ कात्तिक । भ्रष्टाचारको आरोपमा साउदी अरबका ११ जना राजकुमार, चार मन्त्री र दर्जनौं पूर्वमन्त्री पक्राउ परेका छन् । भ्रष्टाचार नियन्त्रण गर्ने एक समितिले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरिएको छैन । त्यसैगरी उनीहरुले गरेको भ्रष्टाचारको विवरणसमेत सार्वजनिक गरिएको छैन । यद्यपी सन् २००९ मा आएको बाढी र सन् […]

२०७४ कार्तिक १९ गते, आईतवार

‘न्यूयोर्क हमलामा संलग्नलाई मृत्युदण्ड दिनुपर्ने ‘

काठमाडौं, १७ कात्तिक । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्कमा आतंककारी आक्रमण गर्ने सेफुलो साइपोभलाई मृत्युदण्ड दिन माग गरेका छन् । यसअघि साइपोभलाई ग्वान्तानामो जेल पठाउनुपर्ने बताएका ट्रम्पले अहिले भने मृत्युदण्ड नै दिनुपर्ने धारणा राखेका हुन् । ग्वान्तानामो पठाउने प्रक्रिया लामो हुने भन्दै उनले मृत्युदण्डको वकालत गरेका हुन् । साइपोभले भने न्यूयोर्कमा आक्रमण गर्दा आफूलाई निकै […]

२०७४ कार्तिक १७ गते, शुक्रबार

सुकी पहिलो पटक राखिन राज्यमा

काठमाडौं, १६ कात्तिक । म्यानरमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकी पहिलो पटक यहाँको हिंसा प्रभावित राखिन राज्यको भ्रमणमा गएकी छन् । म्यानमारको उत्तरी राखिन राज्यमा गएको अगष्ट महिनादेखि हिंसा सुरु भएको थियो । हिंसाको कारण विशेषगरी सोही राज्यमा बसोबास गर्दै आएका म्यान्माली रोहिङ्गा मुस्लिम समुदायका नागरिक भाग्नुपरेको थियो । उक्त समुदायमाथि म्यानमार सैनिकले […]

२०७४ कार्तिक १६ गते, बिहीबार

रक्षामन्त्री माइकलद्वारा राजीनामा

काठमाडौं, १६ कात्तिक । १५ वर्षअघि एक महिला पत्रकारलाई ‘अभद्र व्यवहार’ गरेको आरोप लागेका बेलायती रक्षामन्त्री माइकल फालनले पदबाट राजीनामा दिएका छन् । रक्षामन्त्री फालनले आकस्मिक रुपमा प्रधानमन्त्री टेरिजा मेसमक्ष राजीनामा बुझाएका हुन् । उनले राजीनामाको कारण भने खुलाएका छैनन् । सन् २००२ मा कन्जरभेटिभ पार्टीको सम्मेलनका बेला एउटा रात्रीभोजमा पटक–पटक पत्रकार जुलिया हाट्र्ले ब्रिअरको […]

२०७४ कार्तिक १६ गते, बिहीबार

जथाभावी ट्रक चलाएर ८ जनाको हत्या, ११ घाईते

काठमाडौं, १५ कात्तिक । अमेरिकाको न्यूयोर्कमा आतंकवादी हमला हुँदा ८ जनाको ज्यान गएकोे छ । न्यूयोर्कको मानहटनमा एक जना ट्रक चालकले साइकल लेनमा जथाभावी ट्रक गुडाएर ८ जनाको ज्यान लिएका हुन् । घटनामा ११ जना गम्भीर घाइते भएका छन् । साइकलको लेनमा जथाभावी ट्रक चलाउँदा साईकल राईडरसँगै पैदलयात्री समेत मारिएका छन् । अन्धाधुन्ध गुडाइएको ट्रकले […]

२०७४ कार्तिक १५ गते, बुधबार

ट्रम्पका सल्लाहकारद्वारा झुठो बोलेको स्वीकार

काठमाडौं, १४ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी प्रचार अभियानका एक सल्लाहकारले रुसी बिचौलियाहरुसँगको बैठकबारे अनुसन्धानकर्तासँग झुठो बोलेको स्वीकार गरेका छन् । राष्ट्रपति ट्रम्पका चुनावी सल्लाहकार जर्ज पापाडोपलसले चुनावी अभियानकै बेला एक जना रुसी बिचौलियासँग भेटघाट गरेको स्वीकारेका छन् । उनले रुसीहरुसँग हिलरी क्लिन्टनको अभियानलाई नोक्सान पुग्ने खालका सूचना भएको आफूलाई जानकारी दिएको बताए […]

२०७४ कार्तिक १४ गते, मंगलवार

स्पेनमा एकताका पक्षधरहरुद्वारा विशाल प्रदर्शन

काठमाडौं, १३ कात्तिक । स्पेनका एकताका पक्षधरहरुले बार्सिलोनामा विशाल प्रदर्शन गरेका छन् । स्वतन्त्रता घोषणा गरेको क्याटलोनियाको स्वायत्तता मड्रिडले खारेज गरिदिएपछि एकताका पक्षधरहरुले बार्सिलोनामा गरेको प्रदर्शनमा लाखौं सहभागी भएका हुन् । प्रदर्शनमा सहभागी भएकाहरुले स्पेनले बर्खास्त गरेका क्याटलोनियाका नेता कार्लेस पुज्डमोनविरुद्ध नाराबाजी गर्दै कैद सजाय दिनुपर्ने मागसमेत गरेका छन् । स्पेनको केन्द्रीय सरकारले क्याटलोनमा आफ्नो […]

२०७४ कार्तिक १३ गते, सोमबार