बिश्व

राष्ट्रपति सीद्वारा आफ्नै विचारधारा निर्माण

काठमाडौं, ३ कात्तिक । चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नै विचारधारा निर्माण गरेका छन् । चीनमा जारी पार्टी सम्मेलनमा पेस गरिएको यस विचारधाराले उनलाई शक्ति केन्द्रिकृत गर्न बल पुर्‍याएको बताइएको छ । ‘सी चिनफिङ विचारधारा’ नाम दिइएको यस कदमले उनलाई चीनमा माओत्से तुङ, देङ सिआयो पिङपछि शक्तिशाली कम्युनिष्ट नेताकारुपमा स्थापित गर्ने देखिएको छ । यसै साता […]

२०७४ कार्तिक ३ गते, शुक्रबार

पाकिस्तानी चरमपन्थी नेता खोरासानी मारिए

काठमाडौँ,३ कात्तिक । अमेरिकी ड्रोन हमलामा पाकिस्तानका प्रभावशाली चरमपन्थी नेता ओमार खालिद खोरासानी मारिएका छन् । विश्वका कयौं राष्ट्रमा जमात अल अहार समूहको नाममा आतंकवादी गतिविधि गर्दैै आएका खोरसानी अमेरिकी ड्रोन विमानले अफगानिस्तानमा गरेको हमलामा मारिएका हुन् । उनीसँगै अन्य नौ जना चरमपन्थी पनि मारिएका छन् । उनकै नेतृत्वमा पाकिस्तानमा पछिल्लो समय शक्तिशाली बम बिस्फोट […]

२०७४ कार्तिक ३ गते, शुक्रबार

चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं कंग्रेस बैठक शुरु हुदै

काठमाडौं, १ कात्तिक । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं कंग्रेस बैठक आजबाट शुरु हुने भएको छ । कडा सुरक्षाका बीच राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा शुरु हुने कंग्रेसमा २ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् । कंग्रेसले आगामी पाँच वर्षका लागि चिनियाँ कम्युनिस्ट पार्टीको नयाँ नेतृत्व चयन र भावी रणनीति तय गर्नेछ […]

२०७४ कार्तिक १ गते, बुधबार

मोदीको कार्यालयमा आगलागी

काठमाडौँ , ३१ असोज । भारतीय प्रधानमन्त्रीको कार्यालयमा आज बिहान र ३ः३५ बजे आगो लागेको बताइएको छ । सरकारी अधिकारीहरुका अनुसार प्रधानमन्त्री कार्यालयको २४२ नम्बरको कोठामा रहेको एउटा एसी मेसिनबाट आगो सल्किएको हो । तत्कालै १० वटा दमकल परिचालन गरेर २० मिनेटभित्रै आगो नियन्त्रणमा लिइएको जनाइएको छ । आगलागीबाट भएको क्षतिको विवरण सार्वजनिक भएको छैन […]

२०७४ आश्विन ३१ गते, मंगलवार

सोमालियामा विस्फोट, २७६ को मृयु , ३०० भन्दा बढी घाइते

काठमाडौं , २९ असोज । सोमालियाको राजधानी मोगादिशुको एक सफारी होटेलमा शनिबार भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या २७६ पुगेको छ । सोमालियाका सभामुखले सोमबार दिएको जानकारीअनुसार सो आक्रमणमा ज्यान जाने सर्वसाधारण नागरिकको संख्या २७६ पुगेको हो । अरु थुप्रै घाइते छन् । दर्जनौँ घाइतेको अत्यन्तै गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ । सोमालियाली अधिकारीहरुले […]

२०७४ आश्विन ३० गते, सोमबार

कुर्ज विश्वकै कान्छो उमेरको नेता बन्ने

काठमाडौं, ३० असोज । अस्ट्रियामा भएको आम निर्वाचनमा ३१ वर्षीय सेवास्टियन कुर्जले नेतृत्व गरेको दल कन्जरभेटिभ पिपुल्स पार्टी विजयी हुने सर्वेक्षणहरुले देखाएका छन् । आइतबार भएको निर्वाचनमा कुर्जले नेतृत्व गरेको दल विजयी भए उनी विश्वकै सबैभन्दा कान्छो उमेरको नेता बन्नेछन् । कुर्जको पार्टीले बहुमत नल्याए पनि अब नयाँ गठबन्धनको सरकार बनाउनका लागि बलियो स्थान छ […]

२०७४ आश्विन ३० गते, सोमबार

भियतनाममा भिषण बाढी पहिरो

काठमाडौं , २९ असोज । भियतनामको उत्तरी र मध्य क्षेत्रमा यसै हप्ता भिषण बर्षापछि आएको बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ६० पुगेको छ । भियतनामको विपद् व्यवस्थापन तथा नियन्त्रण सम्वन्धी निकायले बाढी पहिरोमा परी अरु ३७ जना बेपत्ता भएको र ३१ जना घाइते भएको आइतबार जानकारी दिएको छ । पीडितमध्ये २० जना होअ बिन्ह […]

२०७४ आश्विन २९ गते, आईतवार

चलचित्र निर्माता वाइनस्टिन यौन दुव्र्यवहारको आरोपमा निस्कासित

काठमाडौं, २९ असोज । ओस्कार कमिटीले यौन दुव्र्यवहारको आरोप लागेका हलिउडका चलचित्र निर्माता हार्वी वाइनस्टिनलाई निस्कासन गरेको छ । द एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेसले वाइनस्टिनलाई निकाला गर्ने पक्षमा मत दिएपछि उनी निस्कासित भएका हुन् । कमिटीले दुई तिहाई बहुमतबाट वाइनस्टिनलाई निकाला गर्ने निर्णय गरेको हो । कमिटीमा अभिनेता तथा निर्माता टम ह्याङ्स, […]

२०७४ आश्विन २९ गते, आईतवार

कपडा उद्योगका एक सयभन्दा बढी मजदुर एकसाथ बिरामी

काठमाडौं, २७ असोज । श्रीलंकाको एउटा कपडा उद्योगमा काम गर्ने एक सय जनाभन्दा बढी मजदुर बिरामी भएका छन् । विषाक्त खानाका कारण बिरामी भएका उनीहरुलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको प्रहरी अधिकारीहरुले जनाएका छन् । कान्डीमा उद्योगले उपलब्ध गराएको बिहानको खाजा खाएपछि मजदुरहरु एकएक धमाधम बिरामी हुन थालेका थिए । खाजा खानेबित्तिकै आफूहरुलाई पेट दुख्ने, […]

२०७४ आश्विन २७ गते, शुक्रबार

क्याटलोनिया स्वतन्त्र भएको पुष्टि गर्न अल्टिमेटम

काठमाडौं, २६ असोज । स्पेनका प्रधानमन्त्री म्यारियानो राजोएले क्याटलोनिया स्वतन्त्र राज्य घोषणा भएको हो या होइन भन्ने स्पष्ट पार्न त्यहाँका प्रशासनिक नेताहरुलाई पाँच दिनको अल्टिमेटम दिएका छन् । प्रधानमन्त्री म्यारियानोले क्याटलोनियाको सरकारले स्वतन्त्रताको घोषणा गरेको हो या होइन भन्ने स्पष्ट भएपछि थप प्रक्रिया अघि बढाइने बताएका छन् । मंगलबार मात्र यहाँको सरकारले जनमत संग्रहको परिणामको […]

२०७४ आश्विन २६ गते, बिहीबार