बिश्व

उत्तर कोरियाद्वारा पुनः मिसाइल परीक्षण

काठमाडौं, १६ बैशाख । अमेरिकाले नाकाबन्दीमा थप कडाई गर्ने घोषणा गरेसँगै उत्तर कोरियाले पुनः ब्यालेस्टिक मिसाइल परीक्षण गरेको छ । दक्षिण कोरियाली सेनालाई उदृत गर्दै समाचार संस्था योनहापले उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परिक्षण गरेको जनाएको हो । उत्तरले परिक्षण गरेको मिसाइल केहीबेरमै नष्ट भएको दक्षिण कोरियाली सेनाले दाबी गरेको छ । अमेरिकी सरकारको एक सूत्रलाई […]

२०७४ बैशाख १६ गते, शनिबार

रुसी जासुसी जहाज समुद्रमा डुब्यो

काठमाडौं, १५ वैशाख । रुसको एक जासुसी जहाज टर्कीको समुद्री तटमा डुबेको छ । अर्को मालवाहक जहाजसँग ठोक्किँदा जासुसी जहाज डुबेको हो । जहाज डुबे पनि त्यसमा रहेका चालक दलका ७८ जना सदस्यको भने सकुशल उद्दार गरिएको छ । दुईवटा जहाज कसरी ठोक्किए भन्ने स्पष्ट हुन सकेको छैन । टर्कीका सञ्चारमाध्यमहरुले केही जनावर लिएर गइरहेको […]

२०७४ बैशाख १५ गते, शुक्रबार

पाकिस्तानद्वारा २९ भारतीय माझी पक्राउ

काठमाडौं , १४ बैशाख । पाकिस्तानका सरकारी अधिकारीले २९ जना भारतीय माझीलाई बिहीबार (आज) पक्राउ गरेको छ । देशको सामुद्रीक व्यापारसम्वन्धी नियमहरु उलंघन गरेको भन्दै उनीहरुलाई पक्राउ गरीएको पाकिस्तानी सुरक्षा अधिकारीले जनाएका छन् । सामुद्रिक व्यापारसम्बन्धी सुरक्षा निकायले २९ जना माझीसँगै पाँच ओटा डुंगासमेत नियन्त्रणमा लिइएको बताएको छ । ‘भाारतीय माझीले अवैधरुपमा पाकिस्तानी जलक्षेत्रमा माछा […]

२०७४ बैशाख १४ गते, बिहीबार

उत्तर कोरियाविरुद्ध प्रतिबन्ध थप कडा बनाउने चेतावनी

काठमाडौं, १४ बैशाख । परमाणु कार्यक्रमलाई निरन्तरता दिएको तथा लगातार मिसाइल परीक्षण गरेको भन्दै अमेरिकाले उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडा बनाउने भएको छ । संयुक्त राष्ट्र संघको चेतावनीलाई समेत बेवास्ता गर्दै उत्तर कोरियाले लगातार आफ्ना परमाणु कार्यक्रम जारी राखेपछि अमेरिकाले प्रतिबन्ध थप कडा बनाउने र कूटनीतिक कदम चाल्ने तयारी गरेको हो । उत्तर कोरियाका बारेमा […]

२०७४ बैशाख १४ गते, बिहीबार

ट्रम्पको आप्रबासी सम्बन्धी योजनामा रोक

काठमाडौं, १३ बैशाख । ह्वाइट हाउसले आप्रवासीलाई नियन्त्रणमा लिएर फिर्ता गराउन अस्वीकार गर्ने शहरलाई संघीय अनुदान नदिने राष्ट्रपतिको योजना रोक्ने निर्णयलाई अदालतले बहुलठ्ठी भनेको छ । सान फ्रान्सस्किोस्थित संघीय न्यायाधीश विलियम ओरिकले राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना विरुद्ध यस्तो आदेश दिएका हुन् । सान फ्रान्सिस्को र सान्टा क्लारा काउन्टीले राष्ट्रपति ट्रम्पको योजनाविरुद्ध मुद्दा हालेका थिए । […]

२०७४ बैशाख १३ गते, बुधबार

तालिवानी आक्रमणवाट ७० सैनिक मारिए

काठमाडौं, ९ बैशाख । अफगानिस्तानमा तालिवान लडाकुले सेनाको शिविरमा आक्रमण गर्दा ७० जना अफगान सैनिक मारिएका छन् । उत्तरी शहर मजार–ए–शरिफको बाहिरी क्षेत्रमा रहेको सेनाको त्यस क्षेत्रको मूख्यालयमा आक्रमण गरिएको हो । सेनाको पहिरनमा आएका तालिवान लडाकुले आक्रमण गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । मस्जिद नजिक रहेको सेनाको हेडक्वाटरमा आक्रमण गरिएको हो […]

२०७४ बैशाख ९ गते, शनिबार

‘सिड्नीका रेल स्टेसनहरु खतरापूर्ण बन्दै’

काठमाडौं, ७ वैशाख । अष्ट्रेलियाको सिड्नीका विभिन्न रेल स्टेसनहरु अत्याधिक भीडभाडका कारण खतरापूर्ण बन्न थालेको एक अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताहरुले तयार पारेको प्रतिवेदनमा इपिङ, स्ट्राथफिल्ड र उत्तरी सिड्नीका रेल स्टेसनहरुमा बनाइएका भौतिक संरचनाहरु पर्याप्त र आवश्यकताअनुसार नभएको उल्लेख गरिएको छ । सिड्नी विश्वविद्यालयका यातायात र आपूर्ति व्यवस्थापन विज्ञ जोफ्री क्लिफ्टनले सहायक सहरहरुमा मान्छेहरुको आवत–जावत […]

२०७४ बैशाख ७ गते, बिहीबार

सिरियामा रासायनिक हतियार प्रयोग भएको पुष्टि

काठमाडौं , ७ बैशाख । सिरियामा दुई हप्ताअघि भएको आक्रमणमा सरिन ग्यास वा त्यस्तै प्रकारको रासायनिक हतियार प्रयोग भएको अध्ययनले देखाएको छ । अर्गनाइजेसन फर द प्रोहिबिसन अफ केमिकल वेपन्स (ओपिसिडब्लु)ले ८७ जना मारिने गरी भएको आक्रमणमा सरिन ग्यास वा त्यस्तै प्रकारको अर्को कुनै रासायनिक हतियार प्रयोग भएको प्रमाण भेटिएको जनाएको हो । आक्रमणमा परेका […]

२०७४ बैशाख ७ गते, बिहीबार

लालकृष्ण आडवानीसहित शीर्ष नेतामाथि मुद्दा दर्ता गर्न आदेश

काठमाडौं, ६ बैशाख । बाबरी मस्जिद विध्वंश मामलामा भारतको सर्वोच्च अदालतले सत्तारुढ भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवानीसहित शीर्ष नेतामाथि मुद्दा दर्ता गर्न आदेश दिएको छ । आपराधिक षडयन्त्र रचेको आरोपमा मुरली मनोहर जोशी, उमा भारती लगायत १० नेताविरुद्ध मुद्दा दायर गर्न अदालतले बुधबार आदेश दिएको हो । न्यायाधीशद्वय पीसी घोष र रोहिंटन नरीमनको […]

२०७४ बैशाख ६ गते, बुधबार

अमेरिकाले उक्साइरहे परमाणु आक्रमणमा उत्रने उत्तर कोरियाको चेतावनी

काठमाडौं, ५ बैशाख । उत्तर कोरियाले अमेरिकाले उक्साइरहे आफूहरु पनि परमाणु आक्रमणमा उत्रने चेतावनी दिएको छ । उत्तर कोरियाका उपविदेश मन्त्री हाङ सोङ–रयोलले प्योङयाङले परमाणु तथा मिसाइल परीक्षणलाई पनि निरन्तरता दिने चेतावनी दिएका हुन् । उत्तर कोरियाको परमाणु तथा मिसाइल परीक्षणका कारण बाँकी विश्वको टाउको दुखाई बनिरहेका बेला फेरि यो चेतावनी आएको हो । संयुक्त […]

२०७४ बैशाख ५ गते, मंगलवार