भारतीय वाणिज्य दुतावासमा आतंकवादी हमला
काठमाडौ, २० पुस । अफगानिस्तानको मजार ए शरीफस्थित भारतीय वाणिज्यदूतको कार्यालयमा आतंकवादी हमला भएको छ । वाणिज्य दुतावासमा रहेका एक कर्मचारीले एएफपी समाचार एजेन्सीसँग भने, ‘हामीमाथि हमला भएको छ, लडाई चलिरहेको छ ।’ वाणिज्य दुतावास नजिकैको एक घरमा लुकेर हमलाकारीले आक्रमण गरेको जनाइएको छ । हमलामा अत्याधुनिक हतियारका अतिरिक्त विस्फोटक पदार्थसमेत प्रयोग गरिएको बताइन्छ । […]
२०७२ पुष २० गते, सोमबार