बिश्व

साउदी अरबद्वारा १० हजार आप्रवासी श्रमिकलाई देशनिकाला

काठमाडौँ । साउदी अरबले आवासीय, श्रम र सीमा कानुन उलंघन गर्ने १० हजार आप्रवासी कामदारलाई देशबाट निकाला (डिपोर्ट) गरेको छ । डिपोर्ट हुनेमा नेपाली श्रमिकको सङ्ख्या खुलाइएको छैन । सबैभन्दा बढी यमनी र इथोपियन नागरिक छन् । साउदीले अवैध (अलेखबद्ध) रूपमा बस्ने आप्रवासी धरपकड गरी देशनिकाला गर्ने कामलाई तीव्रता दिएको हो । पछिल्लो एक साता […]

२०८० माघ १५ गते, सोमबार

प्यालेस्टाइनको पक्षमा यमनमा प्रदर्शन

काठमाडौँ । प्यालेस्टाइनलाई समर्थन गर्दै यमनमा विरोध प्रदर्शन भएको छ । हुथी वरिष्ठ अधिकारीहरूमाथि अमेरिकी–ब्रिटिश प्रतिवन्धहरू अस्वीकार गर्दै र उत्तरी यमनमा हवाई आक्रमणको निन्दा गर्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । सहभागीहरूले प्यालेस्टिनी–यमनी झण्डा फहराएका थिए । हुथी नेताहरूको तस्बिरसहितका प्लेकार्ड बोकेका थिए भने अमेरिका र इजरायलविरुद्ध नारा लगाएका थिए । एक प्रदर्शनकारी हातम अल–महाकरीले […]

२०८० माघ १४ गते, आईतवार

इजरायललाई गाजामा नरसंहार रोक्न आदेश

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको सर्वोच्च अदालत (आइसीजे) अर्थात दी हेगले इजरायलले गाजामा नरसंहार कार्य रोक्नुपर्ने र कब्जा गरिएको क्षेत्रमा ‘तत्काल आवश्यक’ मानवीय सहायता प्रदान गर्नुपर्ने फैसला सुनाएको छ । विश्वव्यापी ध्यानाकर्षण भएको मुद्दामा हिजो फैसला गर्दै आइसीजेले प्यालेस्टिनीहरूले सामना गरिरहेको जीवनको प्रतिकूल परिस्थितिलाई सम्बोधन गर्न आवश्यक आधारभूत सेवा र मानवीय सहायताको प्रावधानलाई सक्षम बनाउनका लागि […]

२०८० माघ १३ गते, शनिबार

इजरायललाई गाजामा आक्रमण रोक्न आदेश जारी गर्ने तयारी

काठमाडौँ । अन्तर्राष्ट्रिय उच्च अदालतले इजरायललाई गाजामा आक्रमण रोक्न आदेश जारी गर्ने तयारी गरेको छ । संयुक्त राष्ट्रसंघको उच्च अदालतले गाजामा सैनिक गतिविधि रोक्न आपतकालीन विधि अपनाएर आदेश दिन सक्ने अनुमान गरिएको हो । दक्षिण अफिक्राले इजरायलले गाजापट्टीमा नरसंहार मच्चाएको भन्दै दायर गरेको मुद्दाको सुनुवाइका क्रममा यस्तो आदेशको संभावना रहेको बीबीसीले जनाएको छ ।दुई साताअघि […]

२०८० माघ १२ गते, शुक्रबार

रुसी सैनिक विमान दुर्घटना : ७४ जनाको मृत्यु

काठमाडौँ । रुसको बेलगोरोड क्षेत्रमा रुसी सैनिक विमान दुर्घटना हुँदा ७४ जनाको मृत्यु भएको छ । विमानमा ६५ यूक्रेनी युद्धबन्दि बाहेक नौ जना चालक दलका सदस्यहरुमध्ये ६ जना सदस्य र तीन अतिरिक्त जना मानिस सवार रहेको बताइएको छ । रुसी इल्यूशिन आईएल–७६ सैन्य परिवहन विमान दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । विमानलाई यूक्रेनी सेनाले […]

२०८० माघ ११ गते, बिहीबार

इजरायली आक्रमणवाट थप ४० प्यालेस्टेनीको मृत्यु

काठमाडौँ । इजरायली आक्रमणमा गाजापट्टीमा एकै दिन ४० प्यालेस्टेनीको मृत्यु भएको छ । गाजापट्टीको खान युनिस शहरमा इजरायलले गरेको लगातारको बमहमलामा ठूलो संख्यामा हताहती भएको हो । घटनामा थुप्रै घाइते भएका छन् ।इजरायलले गाजाको वेष्ट बंैकमा लगातार ड्रोन आक्रमण जारी राखेको छ । युद्धको मारमा परेका सर्वसाधारण आश्रय लिइ बसेको स्थल लक्षित गरेर गरिएको आक्रमणलाई […]

२०८० माघ १० गते, बुधबार

कंगोका राष्ट्रपति फेलिक्सद्वारा शपथ ग्रहण

काठमाडौँ । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) को राष्ट्रपतिमा निर्वाचित फेलिक्स सिसेकेडीले नयाँ कार्यकालका लागि शपथ ग्रहण गरेका छन । क्षेत्रीय नेताहरू र अन्य विदेशी विशिष्ट व्यक्तिहरूको उपस्थितिमा आयोजित समारोहमा आफ्नो दोस्रो पाँच वर्षे कार्यकालका लागि सिसेकेडीले शपथ ग्रहण गरेका हुन् ।जनवरीको शुरुमा डिआरसी संवैधानिक अदालतले डिसेम्बर २० को चुनावपछि राष्ट्रपति फेलिक्स सिसेकेडीको पुनः निर्वाचित भएको […]

२०८० माघ ७ गते, आईतवार

चीनको जनसंख्या घट्यो !

काठमाडौँ । चीनको राष्ट्रिय तथ्यांक ब्यूरोले गत वर्षदेखि हालसम्म चीनको जनसङ्ख्या २० लाख ८० हजारले घटेको जनाएको छ।हाल चीनको जनसंख्या १४० करोड छ। विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देशमा चीन दोस्रो स्थानमा छ भने भारत पहिलो स्थानमा छ।पछिल्लो दुई वर्षयता चीनमा कोभिड-१९ का कारण मृत्यु हुने क्रम जारी छ। यसबाहेक जन्मदरमा पनि कमी आएको छ। […]

२०८० माघ ५ गते, शुक्रबार

पटका कारखानामा विस्फोट : २३ जनाको मृत्यु

काठमाडौँ । थाइल्यान्डस्थित एक पटका कारखानामा विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । स्थानीय उद्धार सेवाले साझा गरेको तस्बिरहरूमा जमिनमा धातुको फोहोर र कालो धुवाँको मुस्लो देखिएको छ । विस्फोट स्थानीय समयअनुसार दिउँसो ३ बजे मध्य सुफान बुरी प्रान्तको साला खाओ टाउनसिप नजिक भएको हो । विस्फोटका कारणबारे कुनै सङ्केत प्राप्त भएको छैन । […]

२०८० माघ ४ गते, बिहीबार

इजरायलले निर्दोष नागरिकलाई आक्रमणको निशाना बनायो

काठमाडौँ । इजरायलको नियन्त्रणमा रहेको वेष्ट बैंकका अधिकारीहरुले इजरायलले निर्दोष प्यालेस्टाइनी नागरिकहरुलाई लक्षित गरी आक्रमण गरिरहेको आरोप लगाएका छन् ।सशस्त्र समूहहरूसँग कुनै सम्बन्ध नभएका प्यालेस्टाइनी नागरिकहरूको समूहलाई लक्षित गरेर आक्रमण गर्नु इजरायलको गल्ती भएको उनीहरुले बताएका छन् ।उनीहरुका कारण इजरायली सेनालाई कुनै खतरा नभएको भन्दै वेष्ट बैंकले इजरायलको आक्रमणको विरोध गरेको बीबीसीले जनाएको छ । […]

२०८० माघ ४ गते, बिहीबार