बिश्व

रुस र अमेरिकाबीचको सम्बन्ध कुनै पनि बेला विच्छेद हुनसक्ने

काठमाडौँ । रुस र संयुक्त राज्य अमेरिकाबीचको सम्बन्ध कुनै पनि बेला विच्छेद हुनसक्ने रुसी विदेश मन्त्रालयले बिहीबार जनाएको छ । रुस र संयुक्त राज्य अमेरिका बीचको कूटनीतिक सम्बन्धको पुनःस्थापनाको ९० औं वर्षगाँठको उपलक्ष्यमा परराष्ट्र मन्त्रालयले दुई देशबीचको सम्बन्धलाई प्रतिबिम्बित गर्दै यस आशयको विज्ञप्ति जारी गरेको छ ।वाशिङ्गटनको ‘रुसोफोबिक’ (रुस र रूसी जनताप्रिको डर, वितृष्णा) गतिविधिका […]

२०८० मंसिर १ गते, शुक्रबार

अमेरिका र चीन उच्चस्तरीय सैन्य सञ्चार पुर्नस्थापना गर्न सहमत

काठमाडौँ । अमेरिका र चीन उच्चस्तरीय सैन्य सञ्चार पुर्नस्थापना गर्न सहमत भएका छन् । अमेरिका भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबिचको शिखर वार्तापछि दुई देश सैन्य सम्पर्क पुर्नस्थापना गर्न राजी भएका हुन् । साथै उनीहरु ‘फेन्टानिल’ नामक औषधिको उत्पादन रोक्ने कदम चाल्न पनि सहमत भएका छन् ।चिनिया राष्ट्रपति सिसँग चार […]

२०८० कार्तिक ३० गते, बिहीबार

चिनियाँ राष्ट्रपति सी जिनपिङ र जो बाइडेनबीच भेटबार्ता

काठमाडौँ । चीनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेन बिचमा भेटबार्ता भएको छ। सो भेट पछि अमेरिकी राष्ट्रपति वाइडेनले दुई देश बीचको सम्बन्धको अवस्थालाई रचनात्मक र फलदायी बैठकको रूपमा वर्णन गर्दै भने, ‘हामीले केही रचनात्मक र फलदायी छलफलहरू गरेका छौं तर हामी सधैं सहमत सबै बिषयमा भएका त छैनौं।’र राष्ट्रपति सीसँगको उनको वार्ता […]

२०८० कार्तिक ३० गते, बिहीबार

गाजाका अस्पतालहरु भित्र र बाहिर शवहरूको थुप्रो

काठमाडौँ । गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफा चिहान बन्दै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अस्पताल भित्र र बाहिर शवहरू थुप्रिएका छन्। समयपूर्व जन्मिएका दर्जनौं शिशुहरु तथा र डायलासिस गर्नुपर्ने मिर्गौला रोगीलाई समेत इन्धनको अभावले राम्रोसँग उपचार गर्न नसकिएको राष्ट्रसंघका प्रवक्ताले बताएका छन्। गाजाका दुई ठूला अस्पतालहरू अलख्शिफा र अल–कुड्स इन्धन सकिएपछि अहिले बन्द भएका […]

२०८० कार्तिक २८ गते, मंगलवार

लागु पदार्थ तस्करी र ओसारपसारको आरोपमा १८ जनालाई मृत्युदण्ड !

काठमाडौँ । भियतनाममा लागु पदार्थ तस्करी र ओसारपसारको आरोपमा १८ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । मृत्युको फैसला सुनाइएका १८ जनामध्ये दुई जना दक्षिण कोरियाली नागरिक पनि रहेको अधिकारीहरुले जनाएका छन् ।दक्षिण कोरियाका पूर्व प्रहरी अधिकारी ६३ वर्षीय किम सुन सिक र उनका ३० वर्षीय सहयोगी काङ सेओन होकलाई ४ दिनको सुनवाइपछि मृत्युदण्डको सजाय सुनाइएको […]

२०८० कार्तिक २७ गते, सोमबार

संयुक्त राष्ट्रसंघ एजेन्सीको मुख्यालय इजरायली हवाई आक्रमणको सिकार

काठमाडौँ । संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले गाजामा रहेको आफ्नो मुख्यालय इजरायली हवाई आक्रमणको सिकार भएको र त्यहाँ शरण लिइरहेका प्यालेस्टिनी शरणार्थीहरूको हताहत भएको जानकारी दिएको छ। शनिबार वेबसाइटमा प्रकाशित विज्ञप्ति अनुसार संयुक्त राष्ट्रसंघ एजेन्सीले आक्रमणबाट आफ्नो परिसरमा शरण खोजिरहेका मानिसहरूको मृत्यु भएको जनाएको छ । साथै घाइतेहरूप्रति गहिरो चिन्ता समेत व्यक्त गरेको छ। विज्ञप्तिमा भनिएको […]

२०८० कार्तिक २७ गते, सोमबार

बेलायतमा प्यालेस्टाइन समर्थकको विशाल प्रदर्शन

काठमाडौँ । बेलायतमा प्यालेस्टाइन समर्थकहरुले विशाल प्रदर्शन गरेका छन् । गाजापट्टीमा इजरायली हमला रोक्दै युद्धविरामका लागि अपिल गर्दै झण्डै तीन लाख प्यालेस्टाइन समर्थक लण्डनको सडकमा उत्रिएका हुन् । लण्डनको मेट्रो पुलिसका अनुसार गाजा युद्धविरामका लागि आह्वान गर्दै तीन लाख प्यालेस्टिनी समर्थकहरुले इजरायल–गाजा युद्ध सुरु भएदेखिको सबैभन्दा ठूलो प्रदर्शन गरेका हुन् ।भड्किलो प्रदर्शन गरेको आरोपमा १२६ […]

२०८० कार्तिक २६ गते, आईतवार

इजरायलद्वारा लेबनानलाई गाजा जस्तै बनाइदिने चेतावनी

काठमाडौँ । इजरायलले हमास विद्रोहीको पक्ष लिइरहेको लेबनानको हिजबुल्लाह समूहलाई हमास जस्तै बनाइदिने चेतावनी दिएको छ। इरान समर्थित समूह हिजबुल्लाहका नेता हसन नसरल्लाहले इजरायलले प्यालेस्टाइनको विद्रोह दबाउने प्रयास गरेको भन्दै विरोध गरेका थिए। उनले इजरायलको यो प्रयास कहिल्यै सफल नहुने चेतावनीसमेत दिएका थिए। साथै उनले प्यालेस्टाइनको आगामी पिढीले इजरायलविरुद्ध थप चर्को विद्रोह गर्ने बताएका थिए। […]

२०८० कार्तिक २६ गते, आईतवार

हमास र इजरायलबीच वार्ता सुरू

काठमाडौँ । न्युयोर्क टाइम्समा प्रकाशित समाचार अनुसार प्यालेस्टाइनी अतिवादी समूह हमास र इजरायली प्रतिनिधिबीच वार्ता सुरू भएको छ। सो समाचार अनुसार पहिलाे चरणामा थोरै संख्यामा नागरिक रिहाइ गरिने छ भने अर्को छलफलमा १ सय जना पक्राउ परेकाहरू समावेश हुन सक्छन्। टाइम्सको समाचारमा उल्लेख गरिएको छ -‘विचार भइरहेको एउटा प्रस्ताव अन्तर्गत हमासले युद्धमा छोटो विरामको बदलामा […]

२०८० कार्तिक २५ गते, शनिबार

अमेरिकाद्वारा इरानको हतियार भण्डारमा आक्रमण

काठमाडौँ । अमेरिकाले पूर्वी सिरियामा इरानको एक हतियार भण्डारमा आक्रमण गरेको छ। इरानको रेभोल्युसनरी गार्ड र इरान समर्थित समूहले प्रयोग गर्दै आएको हतियार भण्डारमा हवाइ आक्रमण गरेको पेन्टागनले जनाएको छ। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले अमेरिकी रक्षा बलविरुद्धको आक्रमणको जवाफमा लडाकु जहाज एफ–फिप्टिनद्वारा हतियार भण्डारमा आक्रमण गरिएको बताएका छन्। अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण शुरु […]

२०८० कार्तिक २३ गते, बिहीबार