बिश्व

इजरायलको हमलावाट मारिने प्यालेस्टाइनीको सङ्ख्या ७हजार नाघ्याे

काठमाडौँ । इजरायलको हवाई हमलावाट मारिने प्यालेस्टाइनीको सङ्ख्या ७,००० नाघेको छ। इजरायली आक्रमणमा ज्यान गुमाउनेको कुल संख्या ७,०२८ रहेको जनाइएको छ। अल जजिराका अनुसार प्यालेस्टिनी अधिकारीहरूलाई उद्धृत गर्दै गाजामा ज्यान गुमाएकामध्ये करिब ३ हजार बालबालिका पनि रहेको बताएको छ। एकै समयमा इजरायलमा हमासको आक्रमणमा १४०० भन्दा बढी मानिसहरूले ज्यान गुमाएका थिए, जबकि गाजामा २२० भन्दा […]

२०८० कार्तिक १० गते, शुक्रबार

कतारद्धारा भारतका ८ पूर्व सैनिकलाई फाँसीको फैसला

काठमाडौँ । कतारमा जासुसी गरेको आरोपमा सेप्टेम्बर २०२२ मा पक्राउ परेका आठ भारतीय नागरिक तथा पूर्वसैनिकलाई फाँसीको सजायँ सुनाइएको छ । फाँसीको सजायँ सुनाइएका आठ भारतीय नागरिकहरु भारतको जल सेनाका अवकाशप्राप्त अधिकारीहरु हुन् । उनीहरुमाथि संवेदनशील सूचना इजरायललाई दिएको आरोप छ ।भारत सरकारले भने यसबाट स्तब्ध भएको भन्दै उनीहरुलाई जोगाउन सबै कानुनी विकल्पहरु खोजिने जनाएको […]

२०८० कार्तिक १० गते, शुक्रबार

अल-जजीरा संवाददाताको सम्पूर्ण परिवार मारिए

काठमाडौं । इजरायली हवाई आक्रमणमा गाजा संवाददाताका श्रीमती र दुई छोराछोरी मारिएको अल-जजिरा मिडिया नेटवर्कले जानकारी दिएको छ। उनीहरु उत्तरी गाजाबाट भागेर शरणार्थी शिविरमा बस्दै आएका थिए। यस आक्रमणको बारेमा इजरायली सेनाको तर्फबाट कुनै बयान आएको छैन। अल-जजीराले प्रत्यक्ष टिभीमा संवाददाता वेल अल-दहदौलाई आफ्नी श्रीमती, छोरी र छोराको शव समातेको देखाएको थियो।अल-जजीराका अनुसार यी मानिसहरू […]

२०८० कार्तिक ९ गते, बिहीबार

अमेरिकामा बन्दूकधारीको आक्रमण: २२ जनाको मृत्यु, ६० जना घाइते

काठमाडौँ । अमेरिकामा एक बन्दुकधारीले गोली हानी २२ जनाको हत्या गरेको छ भने ६० जना घाइते भएका छन्। मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीले गोली हानी हालसम्म २२ जनाको हत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ। बन्दुकधारीको प्रहरीले खोजी गरिरहे पनि फेला पार्न सकेका छैनन्। यो घटनामा बन्दुकधारीले विभिन्न स्थानमा गोली प्रहार गरी हत्या गरेको […]

२०८० कार्तिक ९ गते, बिहीबार

इजरायल-गाजा युद्ध: विश्व अर्थतन्त्रलाई नोक्सान पुर्‍याउन सक्ने प्रक्षेपण

काठमाडौँ । विश्व बैंकले इजरायल-गाजा युद्धले विश्वव्यापी अर्थतन्त्रलाई नोक्सान पुर्‍याउन सक्ने प्रक्षेपण गरेको छ। साउदी अरबले आयोजना गरिरहेको पछिल्लो अन्तराष्ट्रिय सम्मेलनलाई सम्बोधनको क्रममा यस्तो प्रतिकृया आएको हो। विश्व बैंकका अध्यक्ष अजय बंगाले युद्धले विश्व अर्थतन्त्रमा परेको असरबारे चिन्ता व्यक्त गर्दै इजरायल गाजा युद्दले चिन्ता झनै बढाएको बताएका हुन्। बांगाले साउदी अरबको भविष्य लगानी पहललाई सम्बोधन […]

२०८० कार्तिक ८ गते, बुधबार

गाजामा मानवीय कानुनको उल्लंघन !

काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा अन्तराष्ट्रिय मानवीय कानुनको गम्भीर उल्ल्ंघन भइरहेको बताएका छन । गुटेरेसले सर्वसाधारण नागरिकलाई ‘मानव ढाल’को रूपमा प्रयोग गर्ने हमास लडाकु समुह तथा गाजा क्षेत्र खाली गर्ने आदेशपछि दक्षिणी गाजामा इजरायलबाट भइरहेको बमबारीको आलोचना गरेका छन । गुटेरसले अक्टोबार ७ मा इजरायलमा हमासले गरेको आक्रमण शुन्यताबाट सुरु नभएको […]

२०८० कार्तिक ८ गते, बुधबार

गाजामा तेस्रो मानवीय सहायता समूह प्रवेश

काठमाडौँ । सीएनएनले आवश्यक सहायता लिएर जाने सवारी साधनहरूको तेस्रो समूह इजिप्टसँगको रफाह क्रसिङकबाट गाजामा प्रवेश गरेको बताएको छ। बीस लाखभन्दा बढी नागरिकको घर गाजाले इजराइलको लगातारको बमबारी र पूर्ण नाकाबन्दीका कारण गम्भीर पानीको समस्या र भोकमरीको खतराको सामना गरिरहेको छ। शनिबार र आइतबार कूल ३४ वटा ट्रकले सोही रफाह क्रसिङमार्फत इजिप्टबाट गाजासम्म खाद्यान्न, पानी, […]

२०८० कार्तिक ७ गते, मंगलवार

हमासद्वारा थप दुई महिला रिहा

काठमाडौँ । प्यालेस्टाइन विद्रोही समुह हमासले इजरायलमा आक्रमण गरी बन्धक बनाएका दुई सय बढी नागरिकमध्ये हिजो थप दुई महिलालाई अपहरण मुक्त गरेको छ । अपहरण मुक्त भएका दुवैजना इजरायली वृद्ध महिलाहरु हुन् । दुवैजनाको स्वास्थ्य स्थिति कमजोर भएपछि उनीहरुलाई रिहा गरिएको हमासले जनाएको छ । हमासका सैन्य इकाई प्रवक्ता अवु उबैदाका अनुसार गत सातानै उनीहरुलाई […]

२०८० कार्तिक ७ गते, मंगलवार

अमेरिकाद्वारा तीन चिनियाँ कम्पनीमाथि प्रतिबन्ध

काठमाडौँ । अमेरिकाले पाकिस्तानलाई ब्यालिस्टिक मिसाइल बनाउने कम्पोनेन्ट बेचेको आरोप लगाउँदै चिनियाँ तीन कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी राज्य विभागले शुक्रबार भन्यो कि प्रतिबन्धहरू विश्वव्यापी अप्रसार शासनको हिस्साको रूपमा लगाइएको थियो। यी तीन चिनियाँ कम्पनीहरुले पाकिस्तानको ब्यालिस्टिक मिसाइल कार्यक्रम अन्र्तगत मिसाइल बनाउन प्रयोग हुने कम्पोनेन्ट आपूर्ति गरेका थिए ।पाकिस्तानको सहयोगी चीन इस्लामावादको सैन्य आधुनिकीकरण […]

२०८० कार्तिक ६ गते, सोमबार

इरानद्वारा गाजामा आक्रमण रोक्न चेतावनी

काठमाडौँ । इरानले इजरायल र अमेरिकालाई गाजापट्टी क्षेत्रमा गरेको आक्रमण नरोके अवस्था नियन्त्रणभन्दा बाहिर जाने चेतावनी दिएको छ । इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहनले गाजा क्षेत्रमा भइरहेको सैन्य कारवाही रोक्न र नरोके मध्य पूर्व नियन्त्रणभन्दा बाहिर जाने बताउनुभएको छ । विदेशमन्त्री हुसैनले गाजा क्षेत्रमा मानवता विरुद्धको अपराध भइरहेको भन्दै तत्काल आक्रमण रोक्न आग्रह समेत गरेका […]

२०८० कार्तिक ६ गते, सोमबार