बिश्व

इजरायल – प्यालेस्टाइन युद्ध रोक्ने प्रयास: इजिप्टमा शान्ति सम्मेलन

काठमाडौँ। इजरायल र प्यालेस्टाइनबीचको लडाइँबाट अति प्रभावित गाजा क्षेत्रमा पहिलो खेप राहत सामग्री पुर्‍याइएको छ । इजिप्टसँग जोडिएको सीमा नाका रफाहबाट २० ट्रक राहत सामग्री शनिबार गाजामा पुर्‍याइएको हो । एउटा ट्रकमा मृतकलाई राखिने कफिनमात्र रहेको बीबीसीले जनाएको छ । यसैगरी घाइतेहरूका लागि पोर्टेबल ट्रमा ब्याग, औषधि र अन्य अत्यावश्यक सामग्री पनि रहेका छन् ।अमेरिकी […]

२०८० कार्तिक ५ गते, आईतवार

संसारबाट मानवता हराउँदै गयो !

काठमाडौँ । संयुक्त राष्ट्रसंघीय राहत एजेन्सीका प्रमुख फिलिप लाजारिनीले संसारबाट मानवता हराउँदै गएको टिप्पणी गरेका छन् । इजरायल र हमासबीचको युद्धको परिणामस्वरुप मध्यपूर्व ‘अगाध खाडलको किनारमा’ पुगेको उनको दावी छ । बेलायती समाचार संस्था बिबिसीलाई प्रतिक्रिया दिनेक्रममा राष्ट्रसंघको राहत एजेन्सीका प्रमुख लाजारिनीले गाजाका नागरिकहरूको डरलाग्दो अवस्थाबारे चेतावनी दिंदै यस क्षेत्रमा मानवीय सहायता कोरिडोरहरू तत्काल खोल्न […]

२०८० कार्तिक ३ गते, शुक्रबार

गाजाबाट १० लाख मानिस विस्थापित

काठमाडौँ । संयुक्त राष्ट्र संघका अनुसार गाजाबाट करिब १० लाख मानिस बिस्थापित भएका छन । इजरायली धम्की पछि १० लाख प्यालेस्टाइनीले आफ्नो घरबार छोडेर भागेका छन्, जुन घेराबन्दीमा परेको एन्क्लेभको आधा जनसंख्या बराबर रहेको छ। संयुक्त राष्ट्रको पछिल्लो मानवीय अपडेट अनुसार मध्य र दक्षिणी गाजामा प्यालेस्टिनी शरणार्थीहरूको लागि संयुक्त राष्ट्र एजेन्सी युएनरडब्लुए सञ्चालित स्कूलहरूमा आश्रय […]

२०८० कार्तिक २ गते, बिहीबार

अमेरिकाद्वारा गाजाका लागि दश करोड डलर सहयोग

काठमाडौँ । अमेरिकाले गाजाका युद्ध पीडित सर्वसाधारणका लागि दश करोड डलर बराबरको मानवीय सहायता घोषणा गरेको छ ।इजरायलको छोटो भ्रमण सकेर फर्कनु अघि अमेरिकी राष्ट्रपति जो बाइडेनले दक्षिणी गाजा र पश्चिम किनारका युद्ध पीडित सर्वसाधारणका लागि भोजन, पानी र औषधीका लागि सहायता घोषणा गरेका हुन् । बाइडेनले सहायता हमासको हातमा नपर्ने ग्यारेन्टी गर्दै सहायता गाजामा […]

२०८० कार्तिक २ गते, बिहीबार

गाजापट्टीको अस्पतालमा हवाई हमला :पाँच सय बढीको मृत्यु !

काठमाडौँ । गाजापट्टीको एक अस्पतालमा भएको हवाई हमलामा पाँच सय बढीको मृत्यु भएको आशंका गरिएको छ । गाजापट्टीको अल अहली अरब अस्पतालमा गरिएको हवाई हमलापछी अस्पताल भवन भग्नावशेषमा परिणत भएको छ । भग्नावशेषमा सयौं च्यापिएको अनुमान गरिएको छ । हमासको स्वास्थ्य मन्त्रालयले इजरायली डिफेन्स फोर्सले आक्रमण गरेको जनाएको छ । इजरायलले भने आफुहरुले अस्पतालमा आक्रमण […]

२०८० कार्तिक १ गते, बुधबार

इजरायलले गाजामा स्थलगत आक्रमण गरे क्षेत्रीय तनाव बढ्ने

काठमाडौँ । इरानले इजरायललाई हमाससँगको युद्ध दोस्रो हप्तामा प्रवेश गर्दा इजरायली सेनाले गाजामा भूमि आक्रमण गर्न प्रवेश गरेमा क्षेत्रीय वृद्धिको चेतावनी दिएको छ। ‘यदि गाजा पट्टीमा बालबालिकालाई मार्ने इजरायली आक्रमणहरू तुरुन्तै रोक्ने उपायहरू गतिरोधमा समाप्त नभएमा यो धेरै सम्भावना छ कि अन्य धेरै मोर्चाहरू खोलिने छन्। यो विकल्प अस्वीकार गरिएको छैन र यो बढ्दो सम्भावित […]

२०८० आश्विन २९ गते, सोमबार

इजरायलले गाजा क्षेत्रमा नरसंहार गर्यो

काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले इजरायलले गाजामा गरेको घेराबन्दी र बमबारीलाई ‘नरसंहार’ को संज्ञा दिएका छन् । एर्डोगानले संसदमा बोल्दै युद्धमा पनि नैतिकता हुने भन्दै गाजामा त्यसको उल्लंघन भएको बताएका हुन । इजरायप्रति आक्रामक बन्दै उनले मानिसहरूलाई आधारभूत आवश्यकताहरू पनि पूरा गर्न सक्षम हुनबाट वञ्चित गर्नु र नागरिक घरहरूलाई लक्षित गर्नु युद्ध नभएको […]

२०८० आश्विन २५ गते, बिहीबार

इजरायलमा राष्ट्रिय आपातकालिन सरकार !

काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेंन्जामिन नेतान्याहूले पूर्व आईडीएफ स्टाफको नेतृत्वमा विपक्षी ब्लू एण्ड व्हाइट पार्टीको समन्वयमा राष्ट्रिय आपातकालिन सरकार स्थापनाको घोषणा गरेका छन । रक्षा मंत्री बेनी गैंजसहित उपस्थित प्रधानमन्त्री नेतान्याहुले हमासको आक्रमणपछि चौथौं पटक गरिएको पत्रकार सम्मेलमा हमासको आक्रमणलाई घटिया हमलाको संज्ञा दिएका छन । उनले यहूदी राष्ट्र इजरायल एकजुट रहेकाले हमलाको जवाफपनि एकसाथ […]

२०८० आश्विन २५ गते, बिहीबार

हमास –इजरायल युद्ध: अमेरिका इजरायलको साथमा

काठमाडौं । अमेरिकाले इजरायल र हमासबीचको युद्धमा इजरायलको साथ रहेको उद्घोष गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा एक भावपुर्ण सम्बोधन गर्दै इजरायलको लागि अमेरिका सदैब साथ रहेको बताएका हुन् । इजरायलमाथि हमासको आक्रमणलाई दुष्टको संज्ञा दिंदा आक्रमणको घोर निन्दा समेत गरेका छन । सो आक्रमणमा १४ अमेरिकी नागरिक मारिएको स्मरण गर्दै बाइडेनले […]

२०८० आश्विन २४ गते, बुधबार

इजरायलद्वारा हमासतर्फ व्यापक हवाई हमला

काठमाडौँ। हमासले इजरायलमाथि आक्रमण गरेर युद्ध सुरू गरेसँगै इजरायलले हमासतर्फ व्यापक हवाई आक्रमण जारी राखेको छ । गाजापट्टी लक्षित हवाई हमलामा हमासका अर्थमन्त्री सहित अन्य एक पोलिटब्युरो सदस्य मारिएको जनाइएको छ । इजरायली सेनाका प्रवक्ता अविचय अद्राईले एक प्रेस विज्ञप्ति जारी गर्दै हमासका अर्थमन्त्री अबु शामाला मारिएको जानकारी गराउनुभएको हो । हमलामा प्यालेस्टाइनी इस्लामिक रेजिस्टेन्स […]

२०८० आश्विन २४ गते, बुधबार