बिश्व

युक्रेनले प्रतिरक्षा खर्च बढाउने

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२४ मा प्रतिरक्षा खर्च वृद्धि गर्ने आदेशमा हस्ताक्षर गरेका छन् । उनले प्रतिरक्षा खर्च बढाउने आदेशमा हस्ताक्षर गरेको युक्रेनी इन्टरफ्याक्स समाचार समितिले जनाएको छ । उक्त आदेशअनुसार युक्रेनले कूल गार्हस्थ्य उत्पादन ९जीडीपी० को कम्तीमा २१ दशमलव छ प्रतिशत राष्ट्रिय प्रतिरक्षामा खर्च गर्नेछ । राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षा काउन्सिलको […]

२०८० आश्विन २३ गते, मंगलवार

जर्मनीले अनुमान गरिएको भन्दा गहिरो मन्दीको सामना गर्नुपर्ने !

काठमाडौँ। अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले जर्मनीले पहिले अनुमान गरिएको भन्दा धेरै नै गहिरो मन्दीको सामना गर्नुपर्ने बताएको छ । आईएमएफले सन् २०२३ मा जर्मनी सबैभन्दा खराब प्रदर्शन गर्ने सबैभन्दा ठूलो अर्थतन्त्र हुने प्रक्षेपण गरेको छ । उच्च मुद्रास्फीति र निर्माण क्षेत्रमा आएको मन्दीका कारण जर्मन अर्थतन्त्र यो वर्ष शून्य दशमलव पाँच प्रतिशतले सङ्कुचन आउने आईएमएफले […]

२०८० आश्विन २३ गते, मंगलवार

इजरायलमा ७०० र गाजामा ४१३ जनाको मृत्यु

काठमाडौँ । इजरायलको मन्त्रीपरिषद्ले हालसम्म इजरायलमा ७०० र गाजामा ४१३ जनाको मृत्यु भएको छ। प्यालेष्टिनी सुन्नी इस्लामिक कट्टरपन्थी सङ्गठन हमासले गरेको विशाल आक्रमणमा इजरायलमा अहिलेसम्म कम्तिमा ७०० जनाको मृत्यु भएपछि आइतबार ‘युद्धको अवस्था’ को घोषणा गरेको हो । हमासले इजरायलविरूद्ध गरेको आक्रमणको प्रतिरोधमा इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ४१३ जनाको मृत्यु भएको छ।इजरायली भूमिमा हमास […]

२०८० आश्विन २२ गते, सोमबार

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालीन बैठक आह्वान

काठमाडौँ । प्यालेस्टेनी लडाकू समुह हमासले इजरायलमाथि गरेको आक्रमणको विश्वव्यापी रुपमा निन्दा भएको छ । यही हमलाको बिषयमा छलफल गर्न संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालीन बैठक आह्वान गरिएको छ । संयुक्त राष्ट्रसंघका महासंघका महासचिव एन्टिनो गुटरेसले घटनाको निन्दा गर्दै दुइ देशबीच हुन सक्ने सम्भावित युद्धलाई ध्यानमा राखी युद्ध रोक्नका लागि विश्वका नेताहरुलाई ठोस कदम चाल्न […]

२०८० आश्विन २१ गते, आईतवार

इजरायलमा ५ हजार रकेट प्रहार !

काठमाडौं । इजरायलमा ५ हजार रकेट प्रहार भएको छ ! गाजाबाट इजरायलमा भएको अचानक आक्रमणमा दर्जनौं चरमपन्थी गाजा पट्टीबाट इजरायलमा प्रवेश गरेका छन् । यसपछि इजरायलभरि चेतावनी जारी गरिएको छ र सीमा क्षेत्रका मानिसहरूलाई घरभित्रै बस्न भनिएको छ। प्यालेस्टिनी लडाकुहरूले पनि गाजा पट्टीबाट इजरायलतर्फ रकेट प्रहार गरेका छन्। यी रकेट हमलाहरू पछि इजरायलको ठूलो क्षेत्रहरूमा […]

२०८० आश्विन २० गते, शनिबार

जेलमा रहेकी नर्गिसलाई नोबेल शान्ति पुरस्कार

काठमाडौं । इरानको जेलमा रहेकी महिला अधिकारकर्मी नर्गिस मोहम्मदीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार इ दिइएको छ । नोबेल पुरस्कार समितिले इरानमा महिलाहरुमाथि हुने दमनविरुद्ध संघर्ष गरेको र सबैको मानवअधिकारको रक्षाका लागि पहल गरेकोमा उनलाई यो पुरस्कार दिने निर्णय गरिएको जनाएको छ । समितिका प्रमुख बेरिट रिस–एन्डरसनले उनलाई ‘फ्रिडर फाइटर’को संज्ञा दिए र छिट्टै जेलमुक्त […]

२०८० आश्विन १९ गते, शुक्रबार

दक्षिण सुडानी शरणार्थीद्वारा ‘भोकमरी आपत्काल’ को सामना

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले सुडानको हिंसात्मक द्वन्द्वबाट पलायन भएका हजारौँ दक्षिण सुडानी शरणार्थीहरूले ‘भोकमरी आपत्काल’ को सामना गरिरहेको जनाएको छ । ती मध्ये ९० प्रतिशत शरणार्थीको धेरै दिन खानाबिना बितिरहेको राष्ट्रसङ्घले बताएको छ । सुडानका सेना प्रमुख अब्देल फत्तह अल–बुर्हान र उनका पूर्वसहायक मोहम्मद हाम्दान दाग्लोप्रति बफादार सेनाहरू बीचको लडाइँका कारण पछिल्लो पाँच महिनामा करिब […]

२०८० आश्विन १९ गते, शुक्रबार

जापानमा ६ दशमलव ६ रेक्टरको भुकम्प : सुनामीको चेतावनी

काठमाडौँ । जापानमा ६ दशमलव ६ रेक्टरको भुकम्प गएको बताइएको छ । जापानी समय अनुसार अक्टोबर ५ मा बिहान १ बजे भूकम्प गएको थियो । यसपछि जापानी मौसम विज्ञान एजेन्सीले पनि सुनामीको चेतावनी दिएको छ । मौसम एजेन्सीले जापानको इजु टापुमा १ मिटर अग्लो छालको पूर्वानुमान गरेको छ भने पूर्वमा चिबा प्रिफेक्चरदेखि पश्चिममा कागोशिमा प्रिफेक्चरसम्म […]

२०८० आश्विन १८ गते, बिहीबार

ट्रम्पविरुद्ध नागरिक ठगी मुद्दामा सुनुवाइ सुरु

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध नागरिक ठगी मुद्दामा सुनुवाइ सुरु भएको छ। सोमबार उनी न्युयोर्कको अदालतमा हाजिर हुन पुगेका थिए। अदालतबाट बाहिर आएपछि पूर्वराष्ट्रपति ट्रम्पले आफूमाथि राजनीतिक हमला भएको जिकिर गरेका छन्। उनका अनुसार यसको उद्देश्य उनलालाई चुनावी प्रचार प्रसार गर्न जानबाट रोक्नु हो। डोनाल्ड ट्रम्पले अदालतमा उपस्थित हुनु परेका कारण न्यु ह्याम्पशायर, […]

२०८० आश्विन १६ गते, मंगलवार

युक्रेनका शरणार्थीलाई इयु मुलुकमा सन् २०२५ को मार्चसम्म बस्न दिइने

काठमाडौँ । युरोपेली संघ (इयु)ले युक्रेनका शरणार्थीलाई इयु मुलुकमा सन् २०२५ को मार्चसम्म बस्न दिने घोषणा गरेको छ । इयुको यो घोषणाले करिब चार लाख युक्रेनी शरणार्थीलाई युरोप बसाई सहज हुने भएको छ । इयुको अध्यक्षता गरिरहेको स्पेनले युक्रेनी जनतालाई सहयोग गर्ने बताएको छ ।इयुको अध्यक्षता चक्रीय प्रणालीअनुसार सञ्चालन हुने गरेको छ ।मस्कोले युक्रेनभरका भौतिक […]

२०८० आश्विन १२ गते, शुक्रबार