बिश्व

महारानी एलिजाबेथको अन्त्येष्टि हुँदै

काठमाडौँ । बेलायती इतिहासमा सबैभन्दा लामो समय शासन गरेकी दिवंगत महारानी एलिजाबेथ द्वितीयको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिँदै छ । अन्त्येष्टिका दिन सोमबार बेलायतमा सार्वजनिक बिदा दिइएको छ । ब्रिटिस राजारानीलाई राजमुकुट पहिराइने र गद्दी आरोहण गराइने ऐतिहासिक गिर्जाघर वेस्टमिन्स्टर आबीमा रानीको अन्त्येष्टि समारोह हुनेछ । सन् १९५३ मा महारानीको राज्यारोहण समारोह पनि यही गिर्जाघरमा भएको थियो । […]

२०७९ आश्विन ३ गते, सोमबार

पाकिस्तानमा बाढीमा परी ३७ जनाको मृत्यु, ९२ घाइते

काठमाडौं । पाकिस्तानको विभिन्न भागमा मुसलधारे वर्षा पछिको बाढीमा परी करिब ३७ जनाको मृत्यु भएको छ । साेही बाढीमा परी ९२ जना घाइते भएका हुन् । राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार बाढी सम्बन्धी छुट्टाछुट्टै घटनामा ज्यान गुमाउने मध्य १६ बालबालिका र ७ जना महिला रहेका छन् ।यस वर्षको मनसुनका कारण देशका विभिन्न स्थानमा बाढी जाँदा […]

२०७९ आश्विन २ गते, आईतवार

‘रुसको विनाश देख्ने पश्चिमी देशहरूको सपना कहिल्यै पूरा हुँदैन’

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले धेरै वर्षदेखि रुसको पतनको लागि सम्पूर्ण पश्चिमले सपना देखेर काम गरेको तर उनीहरुको सपना कहिल्यै पूरा नहुने बताएका छन । उज्बेकिस्तानको समरकन्दमा सांघाई सहयोग संगठन (एससीओ) को बैठकपछि उनले सञ्चारमाध्यमलाई भने, ‘दशकसम्म पश्चिमी देशहरूले सोभियत संघ र ऐतिहासिक रुसलाई ध्वस्त पार्ने योजना बनाएका थिए तर रुस यथावत नै रहेको […]

२०७९ आश्विन १ गते, शनिबार

युक्रेनी राष्ट्रपति जेलेन्स्की कार दुर्घटनामा

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की चढेको कार दुर्घटना भएको छ । युद्धग्रस्त खार्किभ क्षेत्रमा सैनिकहरुलाई भेटेर फर्किदै गरेका जेलेन्स्की चढेको कार विपरित दिशाबाट गइरहेको सवारी साधनसँग ठोक्किएको हो । जेलेन्स्की ठूलो चोटपटकबाट भने बचेको जनाइएको छ । जेलेन्स्कीका प्रवक्ता सर्गेई निकिफोरोभले राजधानी किएभमै दुर्घटना भएको पुष्टि गर्दै राष्ट्रपति जेलेन्स्कीलाई गम्भीर चोट नलागेको बताएका छन् […]

२०७९ भाद्र ३० गते, बिहीबार

चिनियाँ राष्ट्रपति सी उजवेकिस्तान जाँदै

काठमाडौं । उजवेकिस्तानमा बिहिबारदेखि सुरु हुने सांघाई कोअपरेसन फोरमको शिखर सम्मेलनमा सहभागी हुने क्रममा चिनियाँ राष्ट्रपति सी जिनपिङ त्यस क्षेत्रका देशहरुको भ्रमणमा निस्कन लागेका छन । राष्ट्रपति सी बुधबार काजकस्तान पुग्ने र बिहिबार उजवेकिस्तान जाने कार्यक्रम रहेकाे छ । साेही शिखर सम्मेलनका क्रममा सी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीचमा समेत महत्वपूर्ण बैठक हुने जनाइएकाे छ […]

२०७९ भाद्र २९ गते, बुधबार

केन्याको राष्ट्रपतिका रुपमा रुटोद्धारा सपथ ग्रहण

काठमाडौँ । केन्याको पाँचौँ राष्ट्रपतिका रुपमा विलियम रुटोले सपथ लिएका छन । नवनिर्वाचित राष्ट्रपति रुटोलाई सपथ खुवाउनका लागि राजधानी नैरोबीमा मङ्गलबार विषेश समारोहको आयोजना गरिएको थियो । समारोहमा २० अफ्रिकी देशका नेताहरू सहभागी थिए । केन्याका प्रभावशाली नेता रुटोले मुलुकको शान्ति सुरक्षा, आर्थिक अवस्था, जनताको जीवनस्तर लगायतमा सुधार ल्याउने प्रतिवद्धता गरेका छन ।सन् १९६६ मा […]

२०७९ भाद्र २९ गते, बुधबार

जबरजस्ती विवाह र श्रम शोषणमा पर्नेको संख्या ५ करोड !

काडमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओले सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वमा जबरजस्ती विवाह र श्रम शोषणमा परेका मानिसहरूको संख्या ५ करोडको हाराहारीमा रहेको छ । उक्त प्रतिवेदन अनुसार गत वर्षको अन्त्यमा आधा भन्दा बढीलाई इच्छा विपरीत श्रममा लगाईएको र बाँकीलाई जवर्जस्ती विवाह गर्न बाध्य पारिएको हो । वाक फ्री फाउन्डेशन र श्रम आप्रवासनका लागि संयुक्त राष्ट्रसंघीय […]

२०७९ भाद्र २८ गते, मंगलवार

आइएसको आक्रमणबाट छ जनाको मृत्यु

काठमाडौँ । सिरियाको हासकाह प्रान्तमा आइएसको आक्रमणमा परी कम्तीमा पनि छ जना नागरिकको ज्यान गएको छ । यहाँको हासकाह प्रान्तमा आइतबार सडकमा सवारी साधनमा रहेका नागरिकमाथि हमला गरेर ती व्यक्तिको ज्यान लिएका हुन् । आइएसका आतङ्ककारीहरुले सडकमा रहेका नागरिकलाई एम्बुसमा पारेर हत्या गरेका हुन् । मारिएका व्यक्ति को हुन् भन्ने बारेमा भने आझै खुलेको छैन […]

२०७९ भाद्र २७ गते, सोमबार

पपुवा न्यु गिनीमा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प

काठमाडौं । पूर्वी पपुवा न्यु गिनीमा ७।६म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको पनि सर्वेक्षणले जनाएको छ । भूकम्पको केन्द्रबिन्दुबाट १ हजार किलोमिटर क्षेत्रभित्र सुनामी छालहरू आउन सक्ने यूएसजीएसलले चेतावनी दिएको छ । भूकम्पले ठूलो क्षति पुर्‍याएको अनुमान गरिएको छ । भूकम्प कैनान्तु सहरबाट करिब ६७ किलोमिटर टाढा […]

२०७९ भाद्र २६ गते, आईतवार

अमेरिकाद्वारा रुसले उत्तर कोरियाबाट हतियार आपूर्ति गरेको आरोप

काठमाडौ । रसियाले युक्रेनमा महिनौंदेखिको तीव्र लडाइँका कारण समाप्त भएको भण्डारलाई पुनःपूर्ति गर्न उत्तर कोरियाबाट ठूलो मात्रामा गोलाबारुद खरिद गरिरहेको अमेरिकाले दाबी गरेको छ। पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल प्याट राइडरले भने, ‘हामीसँग रुसले उत्तर कोरियासँग गोलाबारुदको अनुरोध गरेको संकेत छ।’ रुसले फेव्रुवरी २४ मा युक्रेनमाथि आक्रमण गरी केही हप्ताभित्रै देश कब्जा गर्ने स्पष्ट अपेक्षा राखेको […]

२०७९ भाद्र २२ गते, बुधबार