बिश्व

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध !

काठमाडौँ । केन्टकीले साइबर सुरक्षा चिन्तालाई उद्धृत गर्दै लोकप्रिय भिडियो एप टिकटकलाई सरकारी उपकरणहरूमा प्रतिबन्ध लगाउन अमेरिकाका २० भन्दा बढी राज्यहरूमा सामेल हुँदैछ। राज्यका कर्मचारीहरूलाई ‘कानून प्रवर्तन उद्देश्यको लागि बाहेक’ चिनियाँ–स्वामित्वको एप सरकारी डिभाइसमा प्रयोग गर्न रोक्नको लागि आफ्नो कर्मचारी पुस्तिका अद्यावधिक गरेको छ।बिहीबार विस्कन्सिन र उत्तरी क्यारोलिनाका गभर्नरहरूले सरकारी उपकरणहरूमा टिकटक प्रतिबन्ध लगाउने आदेशमा […]

२०७९ माघ ३ गते, मंगलवार

इन्डोनेसियामा ६.० म्याग्निच्युडको भूकम्प

काठमाडौँ । इन्डोनेसियाको सुमात्रा टापुको तटीय क्षेत्रमा सोमबार बिहान ६.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। भूकम्पको केन्द्रविन्दु आचे प्रान्तको सिंगकिल सहरबाट ४८ किलोमिटर (३० माइल)दक्षिणपूर्वमा ४८ किलोमिटर गहिराइमा रहेको युएसजीएसले जनाएको छ। भूकम्पले पुर्‍याएको मानवीय क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ।भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन। एन्डोनेसियाले प्रशान्त महासागरको ‘रिङ अफ फायर’मा […]

२०७९ माघ २ गते, सोमबार

आत्मघाती हमला : २० जना हताहत

काठमाडौँ । अफगानिस्तानको काबुलस्थित विदेश मन्त्रालय बाहिर आत्मघाती बम हमला हुँदा कम्तीमा २० जनाको हताहति भएको छ। आक्रमण स्थलनजिक टर्की र चीनलगायत धेरै देशका दूतावास छन्। इस्लामिक स्टेट समूहको स्थानीय शाखा इस्लामिक स्टेट- खोरासान प्रान्त (आईएस-के) ले टेलिग्राममा एक पोस्टमा आक्रमण गरेको दाबी गरेको छ।प्रहरीले कम्तिमा पाँच सर्वसाधारणको मृत्यु भएको बताएको छ तर तालिबानका अर्का […]

२०७९ पुष २८ गते, बिहीबार

पाकिस्तानी मन्त्रीको टिप्पणीमाथि अफगान रक्षा मन्त्रालयको खण्डन

काठमाडौँ । पाकिस्तानले अफगानस्थानमा तेहरिक तालिबान पाकिस्तान (टीटीपी) उपस्थिति रहेको पाकिस्तानी मन्त्रीको भनाईलाई अफगानी रक्षा मन्त्रालयले खण्डन गरेको छ । अफगानस्थानले आफू सार्वभौमसत्ता राष्ट्र भएको र कुनै पनि क्षेत्रीय अखण्डताको रक्षा गर्न राष्ट्र तयार भएको प्रतिक्रिया दिएको छ । त्यसो त पाकिस्तानको यो भनाईलाई अफगानस्थानको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै पाकिस्तानको उक्त टिप्पणीलाई उत्तेजक र […]

२०७९ पुष २७ गते, बुधबार

पेरूमा सरकार विरूद्ध प्रदर्शन : १८ जनाको मृत्यु, १ सय बढी घाइते

काठमाडौँ । पेरुमा पूर्वराष्ट्रपति पेद्रो कास्टिलोको रिहाइको माग गर्दै भएको प्रदर्शनका क्रममा १८ जनाको मृत्यु भएको छ । गत हप्तादेखि जारी प्रदर्शनका क्रममा हालसम्म मृत्यु हुनेको संख्या ३४ पुगेको हाे । प्रदर्शनका क्रममा १ सय भन्दा बढी प्रदर्शनकारीहरू घाइते भएका छन् । प्रदर्शनमा ३८ प्रदर्शनकारी पक्राउ परेका छन् । संसद विघटन गर्ने प्रयास गरेको भन्दै […]

२०७९ पुष २७ गते, बुधबार

मेक्सिको कारागार प्रकरण : मृत्यु हुनेकाे संख्या २१ पुग्याे

काठमाडौं । मेक्सिकोमा गत आइतबार कारागार तोडेर ३० जना कैदीबन्दी भागेका थिए । उनीहरूकाे खोजीको क्रममा भएको गोली हानाहानमा करिब ७ जनाको मृत्यु भएको हाे । बन्दुकधारीहरूले भागेका कैदी खोजिरहेका राष्ट्रिय अनुसन्धानकर्ताहरूमाथि अचानक गोली प्रहार गर्दा दुई जना अनुसन्धानकर्ता लगायत अन्य ५ जना बन्दुकधारीकाे समेत मृत्यु भएकाे हाे ।यस घटनामा मेक्सिकोको कुख्यात अपराधिक समूह लोस […]

२०७९ पुष २० गते, बुधबार

युक्रेनी सेनाको आक्रमणवाट ६३ रुसी सेनाको मृत्यु !

काठमाडौं । युक्रेनको पूर्वी क्षेत्रमा भएको आक्रमणमा ६३ रूसी सैनिकको मृत्यु भएको भएको छ । पूर्वी युक्रेनमा अमेरिकाले आपूर्ति गरेको हिमर्स प्रणाली प्रयोग गरी युक्रेनी सेनाले एउटा शिविरमा आक्रमण गर्दा ६३ जना रूसी सैनिकको मृत्यु भएको रुसी रक्षा मन्त्रालयले सोमबार पुष्टि गरेको हो । मस्कोको नियन्त्रणमा रहेको डोनेट्स्कको पूर्वी क्षेत्रको माकिभका शहरमा युक्रेनको सेनाले चार […]

२०७९ पुष १९ गते, मंगलवार

इरानमा थप दुई जनालाई मृत्यु दण्ड

काठमाडौं । इरानमा सरकार विरोधी प्रदर्शनमा सहभागी भएको आरोपमा थप दुई जना किशोरीलाई मृत्यु दण्डकाे सजाय दिइएको छ । मुस्लिम ड्रसकोड पालना नगरेको आरोपमा एक युवतीको हिरासतमा मृत्यु भएपछि गत सेप्टेम्बरदेखि जारी प्रदर्शनमा सहभागीहरुलाई कारबाही गर्ने क्रममा थप दुई जना किशोरीलाई मृत्यु दण्डकाे सजाय दिइएको हो । यसअघि दुई जना युवालाई मृत्युदण्ड दिइएको छ । […]

२०७९ पुष १९ गते, मंगलवार

युक्रेनमा इरानी ड्रोनबाट बमको वर्षा

काठमाडौं । युक्रेनको सेनाका अनुसार नयाँ वर्षको पहिलो दिन (आइतबार) पनि रुसले आफ्नो देशमा आक्रमण गरेको थियो । यी आक्रमणमा रुसले इरानमा बनेको ड्रोनको प्रयोग गरेको थियो । राजधानी किभ लगायतका धेरै सहरलाई यी आक्रमणमा निशाना बनाइएको छ । यसले युक्रेनको विद्युत आपूर्तिमा नराम्रो असर पारेको छ ।यद्यपि युक्रेनी सेनाले मध्यरातदेखि त्यस्ता दर्जनौं ड्रोनलाई खसालेको […]

२०७९ पुष १८ गते, सोमबार

सन् २०२३ सुरु

काठमाडौँ । गे्रगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२३ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत् सुरुआत भएको भन्ने भनाइ छ । पोप गे्रगोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई गे्रगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ ।जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो […]

२०७९ पुष १७ गते, आईतवार