बिश्व

इजरायलमा संसद भङ्ग

काठमाडौँ । इजरायली सांसद्हरूले बिहीबार संसद भङ्ग गर्ने विधेयकलाई अनुमोदन गरेका छन् । प्रधानमन्त्री नाफ्ताली बेनेटको क्रस–पार्टी गठबन्धनले संसदमा बहुमत गुमाएपछि संसद् भङ्ग भएको हो । चार वर्षभन्दा कम अवधिमा पाँचौं पटक नयाँ चुनाव हुन लागेको अधिकारीहरूले बताएका छन् । इजरायलमा पछिल्लो समय राजनीतिक अस्थिरता बढेको छ र प्रत्येक वर्ष जस्तो निर्वाचन भइरहेको छ तर […]

२०७९ असार १६ गते, बिहीबार

फिलिपिन्सको राष्ट्रपति मार्कोस जुनियरद्वारा शपथ ग्रहण

काठमाडौं । फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले बिहीबार मनिला शहरमा हजारौं मानिसहरूका बीच फिलिपिन्सको १७ औं राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन्। मार्कोस जुनियरले मनिलाको राष्ट्रिय सङ्ग्रहालयमा सयौं स्वदेशी तथा विदेशी प्रतिष्ठित व्यक्तिहरू पत्रकारहरुको उपस्थितिमा एक विशाल भेलामा शपथ लिएका हुन् । बोङ्बोङ भनेर चिनिने उनी पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा हुन् । मार्कोसले फिलिपिन्समा दुई […]

२०७९ असार १६ गते, बिहीबार

बाइडेनद्वारा रुसविरुद्ध युरोपमा नेटो सेना बलियो पार्ने घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपमा नेटो सेनालाई सुदृढीकरण गर्ने घोषणा गरेका छन् । नेटो सैन्य गठबन्धनलाई पहिलेको भन्दा आज बढी आवश्यक भएको पनि उनले बताएका छन् । म्याड्रिडमा आयोजना भइरहेको ट्रान्सएट्लान्टिक गठबन्धनको शिखर सम्मेलनमा उनले भने, ‘नेटोलाई प्रत्येक क्षेत्र-जमिन, वायु र समुद्रमा सबै दिशामा बलियो बनाइनेछ । ’ स्पेनमा अमेरिकी नौसैनिक डेस्ट्रोअरलाई चारबाट […]

२०७९ असार १६ गते, बिहीबार

‘नेटोको साम्राज्यवादी महत्वाकांक्षा तीब्र ‘

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटोको साम्राज्यवादी महत्वाकांक्षा तीब्र भएको बताएका छन । अहिलेसम्म तटस्थ राष्ट्र दाबी गर्दै आएका स्वीडेन र फिनल्याण्डले पनि नेटो सदस्यता लिने तयारी थालेपछि पुटिनको यस्तो टिप्पणी आएको हो । रुसको राष्ट्रिय टेलिभिजनसँगको कुराकानीमा पुटिनले युक्रेनसँग जस्तो रुसको स्वीडेन र फिनल्याण्डसँग समस्या नरहेको भन्दै उनीहरू नेटोमा सामेल हुनसक्ने बताए । […]

२०७९ असार १६ गते, बिहीबार

कारागारमा आगलागी : ४९ जना कैदीको मृत्यु, ३० जना घाइते

काठमाडौं । दक्षिण पश्चिमी कोलाेम्बियाको एउटा कारगारमा कैदीबन्दीबीचको दंगापछि आगलागी हुँदा ४९ जना कैदीबन्दीकाे मृत्यु भएकाे छ । साेही घटनामा ३० जना घाइते भएको कारागारका अधिकारीले बताएका हुन् । कोलोम्बियाको भाल्ले डल काउकाको टुलुवास्थित राष्ट्रिय कारागार निकायले कैदीहरूले नै आगजनी गरेको बताएको छ । त्यहाँ तैनाथ सुरक्षा गार्डले दंगामा हस्तक्षेप गर्न नसकून भनेर कैदीहरूले म्याट्रेस […]

२०७९ असार १५ गते, बुधबार

लरीमा ४६ जनाको शव फेला, १६ जना घाइतेको उद्दार

काठमाडौं । अमेरिकाको टेक्सासस्थित सान एन्टोनियोको बाहिरी इलाकामा एउटा लरीमा कम्तीमा ४६ जना आप्रवासी मृत फेला परेका छन् । फेला परेकामध्ये १६ जनालाई अस्पताल लगिएको छ । लरी वरपर आपतकालीन उद्दारकर्ता परिचालन गरिएको छ । सान एन्टोनियोको दक्षिणपश्चिमी छेउमा रेल ट्र्याक नजिक लरी फेला परेको थियो । न्यूयोर्क टाइम्सका अनुसार सान एन्टोनियो प्रहरी विभागका अधिकारीहरूले […]

२०७९ असार १४ गते, मंगलवार

ग्याँस विष्फाेट : १३ जनाको मृत्यु, ५० बढी घाइते

काठमाडौं । जोर्डनको दक्षिणी शहर अकाबामा विषक्त क्लोरिन ग्याँस चुहावट भई विष्फाेट हुँदा १३ जना मानिसको मृत्युु भएको छ । साेही घटनामा २ सय ५० बढी घाइते भएका छन् । २५ टन क्लोरिन ग्याँसले भरिएको ट्यांकी कार्गो पानी जहाजमा ढुवानी गर्ने क्रममा खसेर जहाजमा ठोकिएपछि चुहावट भई आगलागी भएको हो । सो क्षेत्र वरिपरीका मानिसलाई […]

२०७९ असार १४ गते, मंगलवार

जी-७ समूह राष्ट्रद्वारा रुसी सुनको आयातमा प्रतिबन्ध लगाउने

काठमाडौं । मस्कोमाथि थप प्रतिबन्ध लगाउने पहलस्वरुप जी- ७ समूह राष्ट्रले रुसी सुन आयातमा प्रतिबन्ध लगाउने भएको छ । यसबारे औपचारिक रुपमा मंगलबार घोषणा हुने जनाइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमा भनेका छन्, ‘एकसाथ जी- ७ समूहले रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने विषयमा घोषणा गर्नेछौं ।’ जी७ समूहका सदस्य राष्ट्रले अर्बौ डलर बराबरको […]

२०७९ असार १३ गते, सोमबार

२२ करोड २० लाख बालबालिकालाई शैक्षिक सहायता आवश्यक !

काठमाडौं । संयुक्त राष्ट्रसंघले विश्वभर विद्यालय जाने उमेरका २२ करोड २० लाख बालबालिकालाई शैक्षिक सहायता आवश्यक रहेको जनाएको छ । यो संख्या सन् २०१६ मा ७ करोड ५० लाख थियो । ७ करोड ८२ लाख बालबालिका त दीर्घकालीन द्वन्द्व र आपत्कालीन कारण विद्यालय जानबाट वञ्चित रहेको राष्ट्रसंघको प्रतिवेदनले औंल्याएको हो । विद्यालय जानबाट वञ्चित बालबालिकामा […]

२०७९ असार १२ गते, आईतवार

जी सेभेनको शिखर सम्मेलन जर्मनीमा

काठमाडौं । चार महिनादेखि चलिरहेको रुस–युक्रेन युद्धले विश्वभर नकारात्मक प्रभाव पारिरहेको बेला विश्वका सात विकसित देशहरुको संगठन जी सेभेनको शिखर सम्मेलन आजदेखि जर्मनीमा सुरू हुँदैछ । रुस–युक्रेन युद्ध, युक्रेनको सार्वभौमिकताको रक्षा, आकाशिंदो महँगी, खाद्यान्न अभाव, जलवायु परिवर्तनलगायतका विषयमा छलफल हुने बताइएको छ । जर्मनीको बाभारियामा आयोजना हुने सम्मेलनमा सहभागी हुन अमेरिका, क्यानडा, बेलायत, जर्मनी, इटली, […]

२०७९ असार १२ गते, आईतवार