बिश्व

ट्रम्पमाथिको महाभियोग तल्लो सदनबाट पारित

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाभियोगको प्रस्ताव तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले पारित गरेको छ । गएको हप्ता वासिङ्गटन डिसीमा रहेको संसद भवनमा भएको हिंसाका लागि आफ्ना समर्थकलाई उक्साएको अभियोगमा ट्रम्पमाथि महाभियोग लगाइएको थियो । बुधबार भएको मतदानमा ट्रम्पलाई महाभियोग लगाउने पक्षमा उनकै पार्टी रिपब्लिकनका १० जना सांसदले पनि पक्षमा मतदान गरेका थिए ।ट्रम्पमाथि […]

२०७७ माघ १ गते, बिहीबार

ट्रम्पलाई महाअभियोग !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश भएको छ । गत साता संसद भवनमा भएको हिंसात्मक आक्रमणलाई लिएर डमोक्रेटिक पार्टीका सांसदहरुले दुई वटा महाअभियोग प्रस्ताव पेश गरेका हुन् । प्रस्तावमा ट्रम्पमाथि हिंसा भड्काएको र आक्रमणका लागि प्रोत्साहित गरेको आरोप लगाइएको बीबीसीले उल्लेख गरेको छ । आगामी जनवरी २० मा स्वतः पदमुक्त हुने भएपनि […]

२०७७ पुष २८ गते, मंगलवार

ट्रम्पलाई महाभियोग लगाउने तयारी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सत्ता विद्रोहको प्रयास गरेको भन्दै कार्यकाल सकिन लाग्दा महाभियोग लगाउने तयारी भएको छ । संसद् भवन क्पापिटलमा आक्रमण गराएर हिंसात्मक ढङ्गले नियन्त्रणमा लिन खोजेको र सत्ता विद्रोहको प्रयास गरेको भन्दै ट्रम्प विरुद्ध महाअभियोग लगाउने डेमोक्र्याटहरूको तयारी रहेको छ ।बिबिसीका अनुसार तल्लो सदनका डेमोक्र्याटहरूले राष्ट्रपतिविरुद्ध ‘दङ्गालाई प्रोत्साहन गरेको’ आरोप लगाउने […]

२०७७ पुष २७ गते, सोमबार

६२ जना सवार बोइङ ७३७ विमान दुर्घटना

काठमाडौँ । इन्डोनेशियामा शनिबार भएको श्रीविजाया एयरको विमान दुर्घटना भएको ठाउँ पत्ता लागेको छ । ६२ जना सवार बोइङ ७३७ विमान जकार्ता नजिकको टापु आसपासमा दुर्घटनामा परेको खुलेको हो । दुर्घटनास्थलबाट विमानका केही टुक्रा फेला परेका छन् । विमानका भग्नावशेषझैँ देखिने तस्बिरहरू टेलिभिजन र सामाजिक सञ्जालमा पनि सार्वजनिक भएका छन् । विमान दुर्घटना भएको क्षेत्रमा […]

२०७७ पुष २६ गते, आईतवार

चीनद्वारा ‘डब्लुएचओ’का अनुसन्धानकर्ताहरुलाई अनुमति

काठमाडौं । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’का अनुसन्धानकर्ताहरुलाई आफ्नो देशमा अनुसन्धानको अनुमति दिन चीन तयार भएको छ । डब्लुएचओका अनुसन्धानकर्तालाई प्रवेश अनुमति नदिएको चीनले अहिले स्वीकृति प्रदान गरेको हो । चीनको वुहान शहरबाट कोरोना भाइरस उत्पत्ति भएको विश्वास गरिएको छ । त्यस विषयमा डब्लुएचओले अध्ययन गर्न चाहेपनि चीनले विज्ञलाई सो क्षेत्रमा जान दिएको थिएन ।चीनको स्वीकृतिसँगै […]

२०७७ पुष २५ गते, शनिबार

६ करोड ३९ लाख जनाले कोरोना भाइरस जिते

काठमाडौँ। हालसम्म विश्वभर ८ करोड ९३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ६ करोड ३९ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् ।हालसम्म कुल संक्रमितको ७१ प्रतिशतभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा ३ लाखभन्दा बढी निको भएपछि संक्रमणमुक्त हुनेको संख्या ६ करोड ३९ हजार ९४ हजार नाघेको छ । अहिलेसम्म १९ […]

२०७७ पुष २५ गते, शनिबार

ट्रम्पका समर्थकद्वारा संसद भवनमा आक्रमण !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका हिंस्रक समर्थक जमातले अमेरिकी संसदमै हतियारहित आक्रमण गरेका छन् । नोभेम्बरमा भएको निर्वाचनमा पराजीत ट्रम्पले हार अस्वीर गदै आफ्ना समर्थकहरुलाई उत्तेजित पार्दै हिंसात्मक प्रदर्शनका लागि हौस्याउँदै संसद भवनभित्रै पसेर उनीहरुले तोडफोड गरेका हुन् । ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनपछि राजधानी वासिंगटनमा कर्फ्यू लगाइएको छ भने संसद भवन सुरक्षाकर्मीले नियन्त्रणमा लिएका […]

२०७७ पुष २३ गते, बिहीबार

इरानद्वारा कोरियाको पानीजहाज कब्जा

काठमाडौं । इरानले अमेरिकी प्रतिबन्धलाई समर्थन गर्दै दक्षिण कोरियाली बैंकहरूले रकम रोकिदिएपछिस्ट्रेट अफ हर्मुजमा कोरियाली पानीजहाज (ट्याङ्कर) नियन्त्रणमा लिएको छ। सो जहाजमा रहेका चालक दलका २० सदस्यलाई पनि इरानले हिरासतमा राखेको छ। कब्जा गरिएको एमटी हेंकुक चेमी नामक जहाज छाडिदिन इरानसँग कोरियाले आग्रह गरेको छ। दक्षिण कोरियाको सो जहाजले पर्यावरण कानुन उल्लंघन गरेको आरोप इरानले […]

२०७७ पुष २१ गते, मंगलवार

बेलायतमा पुनः लकडाउन

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले फेरि देशव्यापी लकडाउनको घोषणा गरेका छन् । कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि उनले फेब्रुअरी मध्यसम्मको लागि लकडाउनको घोषणा गरेका हुन् । लकडाउन घोषणा गर्दै प्रधानमन्त्री जोनसनले मंगलबारदेखि घरबाहिर निस्कन आह्वान गरेका छन् । जोनसनले यो हप्ता बेलायतको लागि निकै कष्टकर हुने जनाएका छन् । संक्रमित र अस्पताल भर्ना […]

२०७७ पुष २१ गते, मंगलवार

बाइडेनलाई राष्ट्रपति हुन नदिन अन्तिम कसरत

काठमाडौं । अमेरिकामा रिपब्लिकन सिनेटरहरुले डेमोक्र्याट नेता जो बाईडेनलाई राष्ट्रपति बन्नबाट रोक्न अन्तिम कसरत थालेका छन् । गत नोभेम्बर ३ मा भएको चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले अझै हार स्वीकारेका छैनन् । उनकै प्रमाणविहीन आरोपको पछि लागेर केही रिपब्लिकन सिनेटरहरुले इलेक्टोरल कलेज मत सदनबाट हुने प्रमाणिकरण नमान्ने […]

२०७७ पुष १९ गते, आईतवार