बिश्व

थाइल्याण्डकी प्रधानमन्त्री शिनावात्रा निलम्बित

काठमाडौँ । थाइल्याण्डकी प्रधानमन्त्री पेटोङटार्न शिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ । क्याम्बोडियाका पूर्वनेता हुन सेनसँगको फोन वार्ता लिक भएपछि शिनावात्रामाथि राजीनामा दिनुपर्ने दबाव बढेको थियो । उक्त टेलिफोन लिकमा पेटोङटार्न शिनावात्राले थाई सेनाका कमाण्डरलाई हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गरेकी थिइन् ।यस घटनापछि थाई राजनीतिक वृत्तमा ठूलो विवाद उत्पन्न भयो । सरकारविरुद्ध अदालतमा निवेदन […]

२०८२ असार १७ गते, मंगलवार

इजरायलद्वारा गाजामा आक्रमण : ९५ जनाको मृत्यु

काठमाडौँ । इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा ९५ जनाको मृत्यु भएको छ। क्याफे, विद्यालय, अस्पताल र खाद्यान्न वितरण केन्द्रमा भएको आक्रमणमा उनीहरुको मृत्यु भएको हो। आक्रमणमा कयौँ मानिस घाइते भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ। गाजाको समुद्री तटमा रहेको अल–बाका क्याफेटेरियामा भएको हवाई आक्रमणमा ३९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महिला, बालबालिका […]

२०८२ असार १७ गते, मंगलवार

इरानद्वारा आणविक बम बनाइ रहेको कुरा अस्वीकार

काठमाडौँ । इरानले आणविक बम बनाइ रहेको कुरा अस्वीकार गरेको छ। इरानका विदेश मन्त्री माजिद तख्त राभान्चीले इरानले गोप्य रूपमा आणविक बम बनाइ रहेको कुरालाई अस्वीकार गरेका हुन्। उनले आणविक ऊर्जाका लागि वैज्ञानिकको साथ लिएको भने स्वीकार गरेका छन्।विदेश मन्त्रीले शून्य युरेनियम संवर्द्धनको कुरा गरेको तथा शून्य युरेनियम नभए बम प्रहार गर्ने अमेरिकी चेतावनी नै […]

२०८२ असार १६ गते, सोमबार

थाइल्यान्डकी प्रधानमन्त्री सिनावात्राको राजीनामाको माग

काठमाडौँ । थाइल्यान्डमा सरकारविरोधी प्रदर्शन चर्किएको छ । प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको राजीनामाको माग गर्दै हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका छन् । प्रधानमन्त्री विरुद्धको प्रदर्शन झन् झन् उग्र बन्दै गएको छ । कम्बोडियाली नेतासँगको टेलिफोन संवाद र देशको सेनाबारे प्रधानमन्त्री सिनावात्राको विवादास्पद अभिव्यक्तिलाई लिएर सर्वसाधारण नागरिक यति बेला रुष्ट बनेका छन् । कम्बोडियाका एक अग्रज नेतासँग दुई […]

२०८२ असार १६ गते, सोमबार

गाजामा इजरायली आक्रमण : ८१ जनाको मृत्यु, ४ सय जना घाइते

काठमाडौँ । इजरायली हवाई आक्रमणमा गाजामा ८१ जनाको मृत्यु भएको छ भने ४ सय जना घाइते भएका छन्। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली हवाई आक्रमणमा ८१ जनाको मृत्यु हुँदा ४ सय जना घाइते भएका हुन् ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार गाजा शहरको एक रंगशाला नजिकै भएको एक आक्रमणमा एक बच्चासहित ११ जनाको […]

२०८२ असार १५ गते, आईतवार

फ्रान्सद्वारा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

काठमाडौँ । फ्रान्सले आगामी आइतबारदेखि समुद्री किनार, पार्क, सार्वजनिक बगैँचा तथा बस प्रतीक्षालय (बस स्टप) जस्ता सार्वजनिक स्थानहरूमा धूम्रपान पूर्ण रूपमा प्रतिबन्धित गर्ने घोषणा गरेको छ।शनिबार सरकारी गजेटमा प्रकाशित नयाँ आदेशअनुसार यो प्रतिबन्ध पुस्तकालय, पोहोर पोखरी (स्विमिङ पूल) तथा विद्यालयबाहिरको क्षेत्रमा पनि लागू हुनेछ। स्वास्थ्यमन्त्री क्याथरिन भोत्रिनले यसअघि मे महिनामा बालबालिकालाई निष्क्रिय धूम्रपान (प्यासिभ स्मोकिङ) […]

२०८२ असार १४ गते, शनिबार

ट्रम्प झनै शक्तिशाली !

काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्प महत्त्वपूर्ण कानूनी लडाइँ जितेका छन् । अमेरिकाको सर्वोच्च अदालतले तल्लो तहका अदालतलाई राष्ट्रपति ट्रम्पलाई नीतिगत निर्णयका लागि नरोक्नका लागि निर्णय गरेको छ। अदालतले ६–३ को मतले सो निर्णय भएको हो।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राष्ट्रपति ट्रम्पले खारेज गरेको ‘बर्थराइट सिटिजनसिप’को निर्णय लगायत धेरै निर्णय यसबाट प्रभावित हुने भएका छन्। ट्रम्पले निर्बाध […]

२०८२ असार १४ गते, शनिबार

अमेरिका र चीनबीच व्यापार सम्झौतामा हस्ताक्षर

काठमाडौँ । अमेरिका र चीनबीच व्यापारसम्बन्धी सम्झौता हस्ताक्षर भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र चीनले व्यापार सम्झौतामा हस्ताक्षर गरेको बताएको समाचार संस्था एपीले जनाएको छ । अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले ब्लूमबर्ग टिभीलाई बताएअनुसार यस हप्ताको शुरूमा हस्ताक्षर भएको थियो । लुटनिक र ट्रम्प दुवैले सम्झौताको बारेमा कुनै विवरण दिनुभएको छैन ।लुटनिकले […]

२०८२ असार १३ गते, शुक्रबार

इजरायलद्वारा गाजामा आक्रमण : ८० जनाको मृत्यु, ४०० भन्दा बढी घाइते

काठमाडौँ । इजरायलले युद्धविराम प्रयासबीच पनि गाजामा आक्रमण जारी राखेको छ। अलजजिराका अनुसार पछिल्लो आक्रमणमा ८० जनाको मृत्यु भएको छ भने ४०० भन्दा बढी घाइते भएका छन्। त्यस्तै इजरायली सेनाले नाब्लसबाट १४ प्यालेस्टिनीहरूलाई पक्राउ गरेको छ, जसमा पत्रकार मुजाहिद तबान्जा पनि छन्। गाजामा युद्धविराम र बन्धक रिहाइका लागि पुनः पहल थालिएको छ।मध्यस्तकर्ताले युद्धविराम र बन्धक […]

२०८२ असार १२ गते, बिहीबार

इरानको आणविक केन्द्र नष्ट नभएको !

काठमाडौँ । अमेरिकी गुप्तचरको प्रारम्भिक मूल्याङ्कनले अमेरिकी सेनाले इरानका तीनवटा परमाणु स्थलहरूमा गरेको आक्रमणले देशको परमाणु कार्यक्रमका मुख्य संरचना नष्ट नगरेको देखाएको छ। उक्त रिपोर्ट अनुसार त्यहाँको संरचना एक महिनामा फेरि तयार हुन सक्नेछ । यो मूल्याङ्कन अमेरिकी रक्षा मन्त्रालय अन्तर्गतको गुप्तचर संस्था डिफेन्स इन्टेलिजेन्स एजेन्सी (डीआईए) ले तयार पारेको हो।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अमेरिकी […]

२०८२ असार ११ गते, बुधबार