बिश्व

राष्ट्रपतिका दाई प्रधानमन्त्रीमा नियुक्त !

काठमाडौं, ५ मंसिर । श्रीलंकाका राष्ट्रपति गोताभाया राजापाक्षेले आफ्ना दाजु पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका छन् । प्रधानमत्री रनिल विक्रमसिंघेले राजिनामा दिएसंगै महिन्दा राजापाक्षे प्रधानमन्त्री नियुक्त भएका हुन् । उनी सन् २००५ देखि २०१५ सम्म श्रीलंकाको राष्ट्रपति बनेका थिए । त्यसक्रममा उनले भाइ गोताभायालाई रक्षामन्त्री बनाएका थिए । यसअघिका राष्ट्रपति मैत्रिपाला सिरिसेनाको कार्यकालमा […]

२०७६ मंसिर ५ गते, बिहीबार

कार बम हमला : १८ को मृत्यु, ३३ घाइते

काठमाडाैँ , १ मंसिर । उत्तरी सिरियाको अल–बाब शहरमा कार बम हमला हुँदा १८ जनाको मृत्यु भएको छ । टर्की–नियन्त्रित क्षेत्रमा भएको हमलामा मारिनेहरुमा अधिकांश सर्वसाधारण छन् । बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्थाले घटनामा अरु ३३ जना घाइते भएको र केहीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको जनाएको छ । बम शहरको बस तथा ट्याक्सी पार्किङ स्थलमा […]

२०७६ मंसिर १ गते, आईतवार

म्याकडोनल्ड्समा महिला कामदारमाथि यौन दुर्व्यवहार !

काठमाडौँ, २८ कात्तिक । विश्वप्रसिद्ध तयारी खानाको फ्रेन्चाइज रहेको संस्था म्याकडोनल्ड्समा काम गर्ने महिला कामदारमाथि यौन दुर्व्यवहार भएको आरोप लागेको छ । म्याक डोनाल्ड्समा काम गर्ने अमेरिकी महिला कामदारहरूले यौन दुर्व्यवहार आम समस्या रहेको भन्दै मुद्दा दायर गरेका छन्।मिचिगनकी एक जना महिला कर्मचारीले आफ्ना प्रबन्धकले नियमित रूपमा यौन दुर्व्यवहार गरेको र त्यसविरूद्ध बोल्दा जागिर जाने […]

२०७६ कार्तिक २८ गते, बिहीबार

डढेलोको कारण ३ जनाको मृत्य , सयौं घर जलेर नष्ट

काठमाडौँ , २४ कार्तिक । अष्ट्रेलियाका क्वीन्सल्याण्डको जंगलमा लागेको डढेलोको कारण ३ जनाको मृत्य भएको छ । डढेलोमा हराएका चार जनाको खोजी कार्य जारी छ ।गत शुक्रबारदेखि लागेको डढेलो हालसम्म नियन्त्रणमा आएको छैन ।यसैबीच अष्ट्रलेयिका प्रधानमन्त्री स्कट मोरिसनले १३ सय अग्नीनियन्त्रक परिचालन गरेको बताउँदै डढेलो नियन्त्रणका लागि सेना समेत पठाउन सकिने जानकारी दिएका छन् । […]

२०७६ कार्तिक २४ गते, आईतवार

ट्रम्पविरुद्धको महाअभियोग प्रस्तावमा पहिलो सार्वजनिक सुनुवाइ आगामी हप्ता

काठमाडौं , २१ कात्तिक । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाअभियोगका सम्बन्धमा आगामी हप्ता पहिलो सार्वजनिक सुनुवाइ हुने भएको छ । अमेरिकी कंग्रेसको डेमोक्रेट सांसदहरुले राष्ट्रपति ट्रम्पलाई पदवाट हटाउन खोज्ने अनुसन्धानमा आगामी हप्ता पहिलो सार्वजनिक सुनुवाइको घोषणा गरेको हो । यसका लागि तीनजना राज्य विभाग अधिकारीहरु पहिलो साक्षीका रुपमा उपस्थित हुने छन् । हालसम्म तीनवटा मुख्य […]

२०७६ कार्तिक २१ गते, बिहीबार

अमेरिकाद्वारा पेरिस सम्झौताबाट पछि हटने मनसाय व्यक्त

काठमाडौँ, १९ कात्तिक । संयुक्त राज्य अमेरिकाले पेरिसमा जलवायू परिवर्तनका लागि एकतावद्ध भएर लड्न गरिएको सम्झौताबाट पछि हट्ने मनसाय व्यक्त गरेको छ । आफ्नो मनसायबारे अमेरिकाले संयुक्त राष्ट्रसंघलाई औपचारिक रुपमै जानकारी गराएको बीबीसीले उल्लेख गरेको छ । सम्झौताले अमेरिकालाई अनावश्यक आर्थिक भार पर्ने भन्दै पेरिस सहमतिबाट बाहिरिन चाहेको जनाएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले […]

२०७६ कार्तिक १९ गते, मंगलवार

प्रदर्शनकारीद्वारा बग्दादका मुख्य शहरहरु अवरुद्ध

काठमाडौं, १८ कात्तिक । इराकमा सरकार बिरोधी प्रदर्शन चरम उत्कर्षमा पुगेको छ । प्रदर्शनकारीहरुले इराकको राजधानी बग्दादका मुख्य शहरहरु अवरुद्ध पारेपछि त्यहाँको जनजीवन प्रभावित भएको छ । गत अक्टोबर १ देखि सुरु भएको प्रदर्शनलाई निरन्तरता दिँदै आन्दोलनकारीले ठाउँ ठाउँमा टायर बालेर बिरोध गरेका छन् । भ्रष्टाचारको अन्त्य गर्नुपर्ने, बेराजगारलाई रोजगारी दिनुपर्ने लगायतका मागसहित सरकारको राजीनामाको […]

२०७६ कार्तिक १८ गते, सोमबार

प्रहरी आयुक्त कार्यालयमा नै मारिए

काठमाडौं, १६ कात्तिक । बुर्किनाफासोमा प्रहरी आयुक्तको हत्या भएको छ । बुर्किनाफासोको उत्तरपश्चिमी क्षेत्रमा अवस्थित प्रहरी कार्यालयमा नै पुगेर हतियारधारीहरुले प्रहरी आयुक्तको हत्या गरेको अधिकारीहरुले जानकारी दिएका छन् । बुर्किनाफासोमा प्रहरीको यो हत्यासँगै यस देशमा पछिल्लो समयमा भएको हिंसाको अवस्था उजागर भएको पनि प्राप्त समाचारमा जनाइएको छ । उक्त देश आन्तरिक द्धन्द्धमा फसेको छ । […]

२०७६ कार्तिक १६ गते, शनिबार

‘अल हाशेमी’ आइएसको नेता

काठमाडौँ , १५ कार्तिक । जिहादी समूह इस्लामिक स्टेट (आइएस)ले आफ्ना नेता अबु बकर अल-बग्दादीको मृत्यु भएको पुष्टि गरेको छ । बग्दादीको मृत्युसँगै आइएसले अबु इब्राहिम अल–हाशेमी अल कुराशीलाई नयाँ नेता चयन गरेको जनाएको छ । सिरियामा अमेरिकी सेनाको विशेष फौजले कारबाही गरेपछि गएको शनिबार अल बग्दादीले आत्मघाती विस्फोट गराएर आफ्नै ज्यान लिएका थिए । […]

२०७६ कार्तिक १५ गते, शुक्रबार

अमेरिकी बजेट घाटा सात वर्षयताकै उच्च

काठमाडौं , १३ कार्तिक । अमेरिकी ट्रेजरी विभागले उच्च सरकारी खर्च र कर्जा सेवा भुक्तानीमा भएको बृद्धिले गर्दा व्यपार घाटा सात वर्ष यताकै उच्च रहेको बताइएको छ । उच्च सरकारी खर्च र कर्जा सेवा भुक्तानीमा भएको वृद्धि यस वर्षको सेम्टेम्बर सम्ममा अमेरिकामा ९ खर्ब ८४ अर्ब डलर बजेट घाटा भएको छ । अमेरिकी अर्थमन्त्रालयले गत […]

२०७६ कार्तिक १३ गते, बुधबार