बिश्व

‘ईरानले मिसाइल प्रहार गरेर युक्रेनको यात्रु विमान खसाल्यो ‘

काठमाडौं , २५ पुष । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसहित पश्चिमी देशका केही नेताले ईरानी मिसाइलले युक्रेनी यात्रु विमान खसालेको बताएका छन । क्यानडा र बेलायतका नेताले विमान दुर्घटनाको पूरै जाँच गर्न माग समेत गरेको बिबिसीले जनाएको छ । यात्रु बोकेको युक्रेनी विमान तेहरान विमानस्थलबाट उड्ने बेलामा गत बुधबार दुर्घटना हुँदा त्यसमा रहेका सबै एक सय […]

२०७६ पुष २५ गते, शुक्रबार

अमेरिका र इरानबीचको द्वन्द मत्थर हुने संकेत

काठमाडौं , २४ पुष । अमेरिका र इरानबीच देखिएको द्वन्द मत्थर हुने देखिएको छ । अमेरिकी जनताको नाममा सम्बोधन गर्र्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अहिले देखिएको समस्याको शान्तिपूर्ण समाधानका लागि आफु तयार रहेको संकेत गरेपछि दुई देशबीचको जारी तनाव कम हुने आँकलन गरिएको हो । इराकस्थित अमेरिकी सुरक्षा बेस क्याम्पमा इरानले मिसाइल आक्रमण गरेपछि अमेरिकाले […]

२०७६ पुष २४ गते, बिहीबार

इराकस्थित अमेरिकी सेनाको क्याम्पमा दर्जनौं क्षेप्यास्त्र प्रहार

काठमाडौं , २३ पुष । इराकस्थित अमेरिकी र गठबन्धन सैनिकहरुको सुरक्षा क्याम्पमा दर्जनौं क्षेप्यास्त्र प्रहार भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनकाअनुसार इराकको इर्बील र अल–असद सहरमा रहेका अमेरिकी सैन्य आधारशिविरलाई निशाना बनाइएको छ । कम्तीमा एक दर्जन क्षेप्यास्त्र प्रहार गरिएपनि घटनाबाट भएको क्षतिबारे भने विस्तृत विवरण आएको छैन । इरानी सेना रिभोलुस्नरी गार्डकाअनुसार इरानी […]

२०७६ पुष २३ गते, बुधबार

ह्वाइट हाउसमा सुरक्षा सर्तकता बढाइयो

काठमाडौं , २२ पुष । इराकस्थित सैन्य शिविरमाथि इरानले मिसाइल आक्रमण गरेपछि अमेरिकाले ह्वाइट हाउसको सुरक्षा सर्तकता बढाएको छ। राष्ट्रपति भवन वरपर साविकभन्दा निकै ठूलो संख्यामा युएस सेक्रेट सर्भिसका अधिकारी खटिएका छन्। कैयौं चेकजाँच पोष्टहरु खडा गरिएको र त्यहाँ एसल्ट राइफलसहित सिक्रेट सर्भिसका अधिकारीहरु खटाइएको अन्तराष्ट्रिय समाचार एजेन्सी सीएनएनले जनाएको छ। उता इरानले आफ्नो भूमीमा […]

२०७६ पुष २३ गते, बुधबार

अमेरीकी सेना आतंककारी !

काठमाडौं , २२ पुष । ईरानले अमेरीकी सेनालाई आतककारी संगठनको रुपमा घोषणा गरेको छ । मंगलबार ईरानी जनरल सुलेमानीको हत्याको बिरोधमा भएको कार्यक्रममा यस्तो घोषणा भएको हो । राष्ट्रपति हसन रुहानीले सवोधन गर्दै अमेरीकी राष्ट्रपतिले ५२ ठाँउमा आक्रमण गर्ने भनी दिएको धम्कीको विरोधमा २ सय ९० याद गर्न चेतावनी दिएका थिए । सन् १९७९ मा […]

२०७६ पुष २२ गते, मंगलवार

सुलेमानीको अन्त्येष्टिमा लाखौं सहभागी

काठमाडौं , २२ पुष । इरानका उच्च सैन्य कमाण्डर जनरल कासिम सुलेमानीको अन्तिम बिदाईमा लाखौँ मानिस सहभागी भएका छन् । सुलेमानीको अमेरिकाले इराकमा गरेको हवाई आक्रमणमा परी मृत्यु भएको थियो । इरानको राजधानी तेहरानमा सर्वोच्च नेता आयातुल्लाह अलि खामेनीको नेतृत्वमा भएको अन्तिम बिदाई प्रार्थनासँगै भएको इरानको विशेष सैन्य दस्ता कुद्स फोर्सका प्रमुख मेजर जनरलको शव […]

२०७६ पुष २२ गते, मंगलवार

ट्रम्पको टाउका ल्याउनेलाई आठ अरब पुरस्कार !

काठमाडौं , २१ पुष । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउको ल्याउनेलाई ८ करोड डलर पुरस्कार दिने घोषणा गरेको छ। अमेरिकाले इरानका विशेष सैन्य प्रमुख कासिम सुलेमानीको हत्या गरेपछि आक्रोशित इरानले यस्तो घोषणा गरेको हो। सुलेमानीको अन्त्येष्टिका क्रममा हजारौँको उपस्थिति भएका बेला इरानले प्रत्यक्ष टेलिभिजन प्रसारण मार्फत ट्रम्पको टाउकोको मूल्य तोकेको हो। इरानले आफ्नो जनसंख्या […]

२०७६ पुष २१ गते, सोमबार

परमाणु सम्झौता नमान्ने इरानकाे घोषणा

काठमाडौं , २१ पुष । अमेरिकासँगको बढ्दो तनावलाई लिएर ईरानले परमाणु सम्झौताअनुसार लागू भएको प्रतिबन्धको पालना नगर्ने बताएको छ । परमाणु संवर्द्धनका लागि आफ्नो क्षमता, त्यसको स्तर, त्यसको समृद्धिका लागि अन्य सामग्रीको भण्डार र अनुसन्धात तथा त्यसलाई विकसित गर्न रोक्ने कुनै पनि प्रतिबन्धको पालना नगरिने इरानले घोषणा गरेको छ । तेहरानमा ईरानी मन्त्रिमण्डलको बैठकपछि यस्तो […]

२०७६ पुष २१ गते, सोमबार

ट्रम्पद्वारा ईरानलाई चेतावनी : जुन बेला पनि आक्रमण गर्न सक्छौँ

काठमाडौं , २० पुष ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानलाई चेतावनी दिँदै अमेरिकाले ईरानको ५२ ठाउँलाई निशाना बनाएको बताएका छन । ईरानले कोही अमेरिकी नागरिक र अमेरिकी सम्पत्तिमाथि आक्रमण गर्छ भने उसमाथि ‘निकै छिटो र निकै मजबुत तरिका’ बाट आक्रमण गर्ने ट्रम्पले चेतावनी दिएका हुन् । ईरानको कुद्स फोर्सका शीर्ष कमाण्डर कासिम सुलेमानीको हत्यापछि अमेरिकी राष्ट्रपति […]

२०७६ पुष २० गते, आईतवार

इरानी विशेष सैन्य दस्ताका कमाण्डर मारिए

काठमाडौं , १८ पुष । अमेरिकाले गरेको हवाइ आक्रमणमा इरानी विशेष सैन्य दस्ता प्रमुख जनरल कासिम सोलेमानी मारिएका छन् । जनरल सोलेमानी इराकस्थित बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हवाई हमलामा मारिएको समाचार एजेन्सीहरूले जनाएका छन् । अधिकारीहरुका अनुसार यो हमलामा कताइब हिजबुल्लाहका कमाण्डर अबू महदी अल–मुहांदिस पनि मारिएका छन् । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी राष्ट्रपति […]

२०७६ पुष १८ गते, शुक्रबार