बिश्व

अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस मनाइंदै

काठमाडौँ। आज अन्तरराष्ट्रिय नेल्सन मन्डेला दिवस । स्वतन्त्रता र शान्तिको संस्कृति निर्माणमा दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलाले गरेको योगदानको कदर गर्दै सन् २००९ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन प्रारम्भ भएको होमानवताको सेवामा गरेको समर्पण, द्वन्द्व समाधान, मानवअधिकारको रक्षा, मेलमिलाप, लैङ्गिक समानता र बालबालिकाका साथै अन्य कमजोर समूहको अधिकारको रक्षाका निम्ति अश्वेत नेता मन्डेलाले […]

२०८२ श्रावण ३ गते, शुक्रबार

बंगलादेशमा हिंसात्मक प्रदर्शन : ४ जनाको मृत्यु, ९ जना घाइते

काठमाडौँ । बंगलादेशमा नेसनल सिटिजन पार्टी (एनसीपी) आबद्ध युवाहरूको नेतृत्वमा गरिएको र्‍यालीका क्रममा हिंसा भड्किएको छ। हिंसा नियन्त्रण गर्न प्रहरीले चलाएको गोलीमा ४ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन्। गोपालगञ्ज बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला हो।बंगलादेशको समाचार संस्था ‘प्रोथोम आलो’का अनुसार, एनसीपीको र्‍यालीका क्रममा शेख हसिनाको पार्टी अवामी लीगका समर्थक प्रहरीसँग […]

२०८२ श्रावण २ गते, बिहीबार

अमेरिकाको अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । अमेरिकाको अलास्कामा बिहीबार बिहान करिब सवा २ बजे ७.३ म्याग्निच्युडको भूकम्प गएको छ । नेशनल सेन्टर फर सिस्मोलोजी (एनसीएस) अनुसार भूकम्प अलास्काको पपोफ टापु नजिकै स्यान्ड पोइन्ट क्षेत्रमा आएको थियो। यसको केन्द्र जमिनको सतहदेखि ३६ किलोमिटर गहिराइमा रहेको थियो। हालसम्म यस भूकम्पमा मानवीय क्षतिको कुनै जानकारी आएको छैन।अलास्का भूकम्प एजेन्सीका अनुसार पछिल्लो एक […]

२०८२ श्रावण २ गते, बिहीबार

नाटोद्वारा रुससँग व्यापार नरोके भारतलाई १०० प्रतिशत ट्यारिफ लगाउने चेतावनी

काठमाडौँ । उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)ले रुससँग व्यापार नरोके भारतमाथि १०० प्रतिशत ट्यारिफ लगाउने धम्की दिएको छ ।नाटो महासचिव मार्क रुटेले भारत, चीन र ब्राजिललाई चेतावनी दिँदै यस्तो बताएका हुन् । यदि यी देशहरूले रूससँग व्यापार जारी राखेमा उनीहरूलाई १०० प्रतिशत ट्यारिफसहितका अन्य ‘सेकेन्डरी प्रतिबन्ध’प्रतिबन्ध पनि लगाउने चेतवानी उनले दिएका छन् ।रुटेले अमेरिकी सिनेटरहरूसँगको […]

२०८२ श्रावण १ गते, बुधबार

ट्रम्पले अवैध आप्रवासीलाई जमानतको मौका नदिने !

काठमाडौँ । अमेरिकामा गैरकानूनी रूपमा प्रवेश गर्ने आप्रवासीहरूले अब जमानत सुनुवाइका लागि अध्यागमन न्यायाधीशसमक्ष अनुरोध गर्न नपाउने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले देशमा गैरकानूनी रूपमा प्रवेश गर्ने आप्रवासीहरूलाई हिरासतमा राख्ने प्रयासलाई तीव्र बनाइरहेको बेला नयाँ नीति घोषणा भएको हो ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार नीति परिवर्तनअघि आप्रवासीहरूले आप्रवासन न्यायाधीशसमक्ष जमानतका लागि अनुरोध गर्न […]

२०८२ श्रावण १ गते, बुधबार

ट्रम्पद्वारा रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई थप उन्नत हतियार आपूर्ति गर्ने घोषणा गर्दै ५० दिनभित्र शान्ति सम्झौता नभए रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। ट्रम्पले नाटो महासचिव मार्क रुट्टेसँग ओभल अफिसमा भएको भेटवार्ताका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति निराशा व्यक्त गर्दै युक्रेनलाई बिलियन डलर बराबरका अमेरिकी हतियार उपलब्ध गराउने बताएका छन्। यसमा […]

२०८२ असार ३१ गते, मंगलवार

बालुवा, धुलोको आँधीले विश्वव्यापी ३३ करोड मानिसमा असर: वार्षिक ७० लाखको अकाल मृत्यु

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) को हालैको एक प्रतिवेदनले जलवायु परिवर्तनले तीव्र बनाएको बालुवा र धुलोको आँधीले गम्भीर स्वास्थ्य र वातावरणीय समस्याहरू निम्त्याउँदै एक सय ५० देशका ३३ करोडभन्दा बढी मानिसलाई असर गरिरहेको खुलासा गरेको अल जजिराले जनाएको छ ।संयुक्त राष्ट्रसङ्घको महासभाले शनिबार बालुवा र धुलोको आँधीसँग लड्ने अन्तर्राष्ट्रिय दिवस मनाउँदै […]

२०८२ असार २९ गते, आईतवार

इजरायल द्वारा गाजाको ८६ प्रतिशत भन्दा बढी क्षेत्र कब्जामा

काठमाडौँ । इजरायलले गाजाको ८६ प्रतिशत बढी क्षेत्रमा कब्जा जमाएको छ। संयुक्त राष्ट्र सङ्घका अनुसार इजरायलले गाजा खाली गराउने घोषणा गरेपछि त्यहाँको ८६ दशमलव १ प्रतिशत स्थान इजरायली सेनाले कब्जा गरेको हो। पछिल्लो इजरायली आक्रमणमा दुई अमेरिकी नागरिकको पनि ज्यान गएको छ। आक्रमणपछि राहत लिन गएका ३४ जनाको ज्यान गएको त्यहाँको मेडिकल श्रोतले जानकारी दिएको […]

२०८२ असार २९ गते, आईतवार

ट्रम्पद्वारा मेक्सिको र ईयूमाथि ३० प्रतिशत ट्यारिफ लगाउने घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि मेक्सिको र युरोपेली युनियन (ईयू) बाट आयात हुने वस्तुहरूमा ३० प्रतिशत ट्यारिफ लगाउने घोषणा गरेका छन् । ईयूले सुरुमा अमेरिकासँग औद्योगिक वस्तुहरूमा शून्य–ट्यारिफ व्यापार सम्झौताको प्रस्ताव गरेको थियो । तर महिनौँसम्मको तनावपूर्ण वार्तापछि पनि कुनै सम्झौता हुन सकेन । त्यसपछि ट्रम्पले ट्यारिफ घोषणा गरेका हुन् ।उनले […]

२०८२ असार २९ गते, आईतवार

बौद्ध बिहारमा हवाई आक्रमण : २३ को मृत्यु, ३० जना घाइते

काठमाडौँ । म्यानमारको सागिङ क्षेत्रस्थित एक बौद्ध विहारमा भएको हवाई आक्रमणमा भएको छ । बिहीबार राति भएको उक्त आक्रमणमा २३ जनाको मृत्यु भएको छ।भने आक्रमणमा ३० जना घाइते भएका छन् । जसमध्ये १० जनाको अवस्था गम्भीर छ। मृत्यु हुनेमा चार बालबालिका पनि छन्। मिडिया रिपोर्टका अनुसार राति करिब १ बजे जेट लडाकु विमानले गाउँको गुम्बामा […]

२०८२ असार २८ गते, शनिबार