बिश्व

ट्रम्पको नयाँ निर्णयले भारतको अर्थतन्त्रलाई धक्का

काठमाडौं, २१ फागुन । भारतले अमेरिकालाई आफ्नो ठूलो सहयोगी मुलुकका रुपमा व्याख्या गर्दै आएको छ । खासगरी पाकिस्तानसँगको तनावका बारेमा भारतले आफूसँग अमेरिकी समर्थन प्राप्त रहेको दलिल गर्दै आएको छ । अन्य विषयमा भारत–अमेरिका सम्बन्ध सुमधुर रहे पनि आर्थिक कारोबारमा अमेरिकाकाको एक निर्णयले भारतलाई ठूलो धक्का लागेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘जनरलाइज्ड अफ […]

२०७५ फाल्गुन २१ गते, मंगलवार

अमेरिकामा आँधी, २२ जनाको मृत्यु

काठमाडौं, २० फागुन । अमेरिकाको अलाबामा राज्यको पूर्वी क्षेमा टोनार्ड चक्रवात(आँधी)का कारण २२ जनाको मृत्यु भएको छ । अलाबामा राज्यको ली काउन्टीमा चक्रवातका कारण ज्यान गुमाउनेमा बालबालिका समेत रहेका छन् । टोर्नाडोका कारण धेरै घरहरुमा क्षति पुगेको छ । भग्नावशेषमा स्थानीयवासिन्दा समेत फसेको जनाइएको छ । घाइतेहरुको उद्धार गरि अस्पताल लैजाने काम भइरहेको स्थानीय अधिकारीलाई […]

२०७५ फाल्गुन २० गते, सोमबार

चिनिया युआन विश्वकै तेस्राे शक्तिशाली मुद्रा बन्ने !

काठमाडौँ, १९ फागुन । आगामी ५ देखि १० वर्षसम्म विश्वव्यापी मुद्रा सञ्चितिमा चिनियाँ मुद्रा युआन अझै मजबुत अवस्थामा रहने र विश्वकै तेस्राे शक्तिशाली मुद्रा बन्ने अमेरिकी अर्थ विश्लेषकहरुले बताएका छन् । अमेरिकी बहुराष्ट्रिय बैंक मोर्गान स्टानलेका अर्थ विश्लेषक रविन सिङका अनुसार विश्वव्यापी सञ्चितिमा आगामी ५१० वर्षसम्म युआनको अहिलेकोको अवस्था (दुई प्रतिशत)बाट वृद्धि भई करिब पाँच […]

२०७५ फाल्गुन १९ गते, आईतवार

ट्रम्प र किमबीचको वार्ता विफल

काठमाडौं, १६ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको बहुचर्चित वार्ता विफल भएको छ । आज भियतनामको राजधानी हनोइमा भएको वार्तामा दुवै पक्षले आशातित सफलता पाउन सकेनन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ‘ह्वाइट हाउस’ले दुई नेताको वार्ताबाट कुनै साझा समझदारी बन्न नसकेकोे जनाएको छ । ‘यसपटक कुनै समझदारी भएन । […]

२०७५ फाल्गुन १६ गते, बिहीबार

ट्रम्प र उनबीच भेटवार्ता जारी

काठमाडौं, १६ फागुन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच आज पनि भेटवार्ता हुँदैछ । उनीहरुले दोस्रो शिखर बार्ताको क्रममा आज दोस्रो तथा अन्तिम दिन महत्वपूर्ण विषयमा छलफल गर्ने बताइएको छ । दुई नेताबीच आजको बार्तामा कोरियाली प्रायद्धिपबाट आणविक हतियार हटाउने विषयमा छलफल हुने आशा गरिएको छ । सिंगापुरमा भएको […]

२०७५ फाल्गुन १६ गते, बिहीबार

पाकिस्तानले भारतविरुद्ध जवाफी कारबाही गर्ने

काठमाडौं, १५ फागुन । भारतले पाकिस्तानी भूमिमा बम खसालेर तीन सयभन्दा बढी विद्रोहीको हत्या गरेको दाबीकाे खण्डन गर्दै पाकिस्तानले भारतलाई उचित जवाफ दिने चेतावनी दिएको छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय लडाकु विमानले आफ्नो भूभागमा आक्रमण गरी विद्रोही मारेको भन्ने दाबीलाई ‘मनगढन्ते’ संज्ञा दिएका छन् । उनले विद्रोही मारिएको भारतीय दाबी अस्वीकारसमेत गरे । […]

२०७५ फाल्गुन १५ गते, बुधबार

भारतीय वायुसेनाद्वारा पाकिस्तानमा हमला

काठमाडौं, १४ फागुन । भारत प्रशासित कश्मीरको पुलवामामा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच चिसिएको सम्बन्ध मंगलबार थप तनावपूर्ण स्थितिमा पुगेको छ । दुवै मुलुक युद्ध उन्मुख भएको परिदृष्य देखा परेको छ । सीमा क्षेत्रमा दुई मुलुकका सेनाबीच तनावपूर्ण अवस्था रहेको भारतीय संचारमाध्यमले जनाएका छन् । भारतीय संचारमाध्यमका अनुसार गएराति पाकिस्तानी क्षेत्रबाट भारतीय क्षेत्रमा मोर्टार […]

२०७५ फाल्गुन १४ गते, मंगलवार

विवादास्पद चलचित्र “ग्रीन बूक” लाई ओस्कार पुरस्कार

काठमाडौँ, १३ फागुन । नागरिक अधिकारको पक्षमा लेखिएको विवादास्पद हलिउड चलचित्र “ग्रीन बूक” ले यस वर्षको ओस्कार स्वर्णपदक जितेको छ । यस चलचित्रमा सन् १९६० को दशकमा संयुक्तराज्य अमेरिकाको दक्षिण क्षेत्रमा बसोबास गर्ने एकजना गोरा ड्राइभर र काला जातिका पियानो बादकबीचको प्रेममय सम्बन्धलाई कथावस्तुमा समेटिएको छ । अल्फोन्सो कुआरोनको उत्तिकै प्रभावशाली चलचित्र “रोमा” लाई पछि […]

२०७५ फाल्गुन १३ गते, सोमबार

किम र ट्रम्पका ‘डुप्लिकेट’ भियतनाम पुगे

काठमाडौं, १२ फागुन । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ‘डुप्लिकेट’ भियतनाममा पुगेका छन् । किम र ट्रम्पबीच भियतनाममै भेटवार्ताको तयारी भइरहेको समयमा उनीहरुको जस्तै हुलिया बनाएर अभिनय गर्ने दुईजना भियतनाम पुगेका हुन् । किमजस्तै देखिने हावर्ड एक्स र ट्रम्पजस्तो देखिने रसेल ह्वाइटले भियतनाममा शिखर सम्मेलनको नक्कल पनि गरेका […]

२०७५ फाल्गुन १२ गते, आईतवार

विश्वकै दुर्लभ ‘ओरफिस’ फेला पर्यो

काठमाडौं, ९ फागुन । जापानका एक माझीले ओकिनवा टापुमा माछा मार्ने क्रममा दुर्लभ माछा ओरफिस फेला पारेका छन् । ३.६ मिटर र ४ मिटर लामा दुई ओरफिस टापुको दक्षिण पश्चिम भेगमा जनवरी २८ मा फेला परेका हुन् । लामोसमय देखि जापानमा यी माछाहरुलाई प्राकृतिक विपदको कारण मान्ने गरिन्छ । भित्री समुन्द्रमा पाइने यी माछामध्ये एकको […]

२०७५ फाल्गुन ९ गते, बिहीबार