बिश्व

कारागारमा झडप, २० जनाको मृत्यु

काठमाण्डौ , २८ चैत । ब्राजिलको उत्तरी क्षेत्रमा रहेको बेलेमको करागारमा रहेका कैदीलाई भगाउन सशस्त्र समूहले प्रयास गर्दा २० जना मारिएका छन् । सशस्त्र समूहले कारागारको पर्खालमा बिस्फोट गराई कैदी भगाउने प्रयास गर्दा उनीहरु मारिएका हुन् । मारिनेमा १९ कैदी र एक जना सुरक्षा गार्ड छन् । घटनामा चारजना घाइते भएका छन् । घटनालगत्तै सुरक्षा […]

२०७४ चैत्र २८ गते, बुधबार

विमानस्थलमा मिसाइल हमला

काठमाडौं, २६ चैत । युद्धग्रस्त सिरियाको होम्स शहरस्थित टेफर विमानस्थलमा मिसाइल आक्रमण हुँदा कयौंको मृत्यु भएको छ । होम्स शहरस्थित टी–४ एयरवेसनजिकै विस्फोटका ठूला आवाज सुनिएको र त्यहाँ मिसाइल आक्रमण भएको सिरियन टेलिभिजनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्थानीय सञ्चारमाध्यमहरुले मिसाइल आक्रमणमा धेरैको मृत्यु भएको जनाएका छन् । सिरियाको विद्रोही नियन्त्रित क्षेत्र डोमामा […]

२०७४ चैत्र २६ गते, सोमबार

रासायनिक ग्यास हमलाको चौतर्फी निन्दा

काठमाण्डौ , २६ चैत । सिरियाको गुटास्थित विद्रोहीको कब्जामा रहेको डुमा शहरमा भएको रासायनिक ग्यास हमलाको चौतर्फी निन्दा भएको छ । रासायनिक ग्यास आक्रमण गरेको बारे कसैले पनि स्वीकार नगरे पनि प्रारम्भिक विवरणहरुमा त्यहाँको स्थिति भयावह देखिएको छ । अन्तर्राष्ट्रिय समुदायले घटनाको तत्काल छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् । अमेरिकी राष्ट्रपति […]

२०७४ चैत्र २६ गते, सोमबार

रासायनिक ग्यास हमला, ७० जनाको मृत्यु

काठमाडौं, २५ चैत । सिरियाको डोमा शहरमा शंकास्पद ग्यास हमलामा परि कम्तिमा ७० जनाको मृत्यु भएको छ । पूर्वी घोउतामा विद्रोहीको नियन्त्रणमा रहेको अन्तिम शहर डोमामा सरकारी सेनाले रासायनिक हमला गरेको आरोप विद्रोही पक्षले लगाएको छ । सरकारी सेनाले भने रासायनिक हमला नगरेको दाबी गरेको छ । ह्वाईट हेल्मेट्स नामक उद्धारकर्ता समूह तथा प्राथमिक चिकित्सकहरुले […]

२०७४ चैत्र २५ गते, आईतवार

रुसी अधिकारीमाथि अमेरिकी प्रतिबन्ध

काठमाडौं, २४ चैत । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका ७ जना निकट व्यक्ति, १७ वरिष्ठ सरकारी अधिकारीसमेत कयौं कम्पनीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । उनीहरुमाथि पुरै विश्वलाई हानी गर्ने गतिविधि सञ्चालन गरेको आरोप लगाइएको छ । अमेरिकाले रुसका उच्च वर्गसँग सम्बन्धित १२ कम्पनी, सरकारी हतियार निर्यात गर्ने कम्पनी र एक बैंकलाई पनि प्रतिबन्ध लगाएको […]

२०७४ चैत्र २४ गते, शनिबार

पूर्वराष्ट्रपतिलाई २४ वर्ष जेल

काठमाडौं, २३ चैत । दक्षिण कोरियाको एक अदालतले त्यहाँका पूर्व राष्ट्रपति पार्क ग्युन हेईलाई २४ वर्ष जेल सजाय तोकेको छ । उनलाई भ्रष्टाचारको आरोपमा अदालतले उक्त सजाय तोकेको हो । ‘जनताले दिएको अधिकारलाई राष्ट्रपतिका रुपमा उहाँले दुरुपयोग गर्नुभयो,’ शुक्रबार न्यायाधीशले फैसला सुनाउँदै भने । अदालतका अनुसार उनीमाथि लगाइएका १८ मध्ये १६ आरोपमा उनलाई कसुरदार ठहर्‍याइएको […]

२०७४ चैत्र २३ गते, शुक्रबार

रुसद्वारा बेलायतलाई चेतावनी

काठमाडौं, २३ चैत । रुसले बेलायतलाई गम्भीर चेतावनी दिएको छ । झूठो कथा बुनेर बेलायतले आगोसँग खेलिरहेको भन्दै रुसले चेतावनी दिएको हो ।सलिसबरी जासूस प्रकरणमा झूठो मुद्दा बनाएर बेलायतले आगोसँग जिस्किरहेको रुसको भनाइ छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा बैठकमा मस्कोका प्रतिनिधि भासिली नेबेन्जिआले बेलायतको मूख्य लक्ष्य नै रुसलाई बदनाम गर्नु रहेको उल्लेख गरे । […]

२०७४ चैत्र २३ गते, शुक्रबार

पाँच दर्जन अमेरिकी कूटनीतिज्ञले रुस छाडे

काठमाडौं, २२ चैत । एकजना बृटिस गुप्तचरलाई विषाक्त रासायनिक पदार्थ सेवन गराएर हत्या प्रयास गरेको आरोपमा अमेरिकाले रुसी नागरिकलाई देश निकालाको घोषणा गरेपछि सुरु भएको दुई देशबीचको कूटनीतिक समस्या सतहमा आएको छ । यस कूटनीतिक दरारको पछिल्लो परिणामस्वरुप बिहीबार केही अमेरिकी कूटनीतिज्ञले रुस छाडेका जनाइएको छ । रुसले देश निकाला गरेका ६० जना अमेरिकी कूटनीतिज्ञले […]

२०७४ चैत्र २२ गते, बिहीबार

युट्युबको मुख्यालयमा गोली हानाहान

काठमाडौँ, २१ चैत । अमेरिकाको उत्तरी क्यालिफोर्नियास्थित युट्युबको मुख्यालयमा एक जना बन्धुकधारी महिलाले गोली चलाउँदा तीन जना घाइते भएका छन् । घटनापछि महिलालाई स्वयमलाई गोली हानेर आत्महत्या गरेकी छन्। प्रहरीका अनुसार गोली लागेर घाइते. भएका चार जनाको अस्पतालमा उपचार भइरहेको छ। तर उनीहरुको अवस्थाका बारेमा थप जानकारी दिइएको छैन।गोली लागेर घाइते ३६ वर्षका एक पुरुषको […]

२०७४ चैत्र २१ गते, बुधबार

चीनले भन्सार बढाएकोमा अमेरिकाद्वारा आलोचना

काठमाडौं, २० चैत । चीनले अमेरिकाबाट आयात गरिने वस्तुको भन्सार शुल्क वृद्धि गरेकोमा अमेरिकाले आलोचना गरेको छ । अमेरिकाले चीनबाट निर्यात गरिने सामग्रीमा भन्सार दर बढाएपछि चीनले पनि यस्तो कदम चालेको हो । ह्वाइट हाउसले विज्ञप्ति जारी गरी बेइजिङले विश्व बजार बिगारेको दोषारोपण गरेको छ । चीनले बंगुरको मासु, वाइनलगायतका १ सय २८ अमेरिकी बस्तुमा […]

२०७४ चैत्र २० गते, मंगलवार