बिश्व

चीनमाथि अमेरिकामा साइबर आक्रमण गरेको आरोप

काठमाडौं, २४ जेठ । अमेरिकाले चीनमाथि आफ्नो देशमा नियमितरुपमा साइबर आक्रमण गरेको आरोप लगाएको छ । चीनबाट निरन्तर भैरहेको साइवर आक्रमणका कारण आफ्ना सबै सरकारी सूचना असुरक्षित हुन पुगेको अमेरिकाको भनाइ छ ।चीनले भने अमेरिकी आरोपको खण्डन गरेको छ । अमेरिकी अधिकारीहरुले चीनबाट भैरहेको नियमित र श्रृंखलाबद्ध साइबर आक्रमणका कारण ४० लाख सरकारी कर्मचारीको व्यक्तिगत […]

२०७२ जेष्ठ २४ गते, आईतवार

साउदी सेना र हुती विद्रोहीबीच व्यापक भिडन्त

काठमाडौं, २४ जेठ । सउदी अरब र यमनका सीमामा सेना र र हुती बिद्रोहीबीच ब्यापक भिडन्त भएको छ । भिडन्तकै क्रममा चार सउदी सैनिक र केही बिद्रोही मारिएका छन् । सउदी सीमा प्रवेश गर्न लागेको हुती बिद्रोहीलाई रोक्ने क्रममा झडप भएको बुझिएको छ । भिडन्तमा दुब्र तर्फ थुप्रै घाइते भएका छन् । यसैबीच हुती बिद्रोहीले […]

२०७२ जेष्ठ २४ गते, आईतवार

भूकम्पमा परी ११ जनाको मृत्यु

काठमाडौं, २३ जेठ । मलेसियाको बोर्निओ टापुमा ६ म्याग्निच्यूडको भूकम्प जाँदा ११ जनाको मृत्यु भएको छ ।मलेसियाको सबैभन्दा अग्लो किनाबालु पहाड नजिक गएको भूकम्पका कारण ८ जना पहिरोमा हराइरहेको मलेसियाको पर्यटन मन्त्रालयले जनाएको छ । करिब ३० सेकेन्डसम्म भूकम्पको कम्पन महसुस गरिएको थियो ।अमेरिकी भूगर्भ विभागले भूकम्प्को केन्द्रबिन्दू किनबालुबाट ५४ किलोमिटर टाढा १० किलोमिटर गहिराइमा […]

२०७२ जेष्ठ २३ गते, शनिबार

मलेसियामा शक्तिशाली भूकम्प

काठमाडौं, २२जेठ । मलेसियामा शुक्रबार बिहानै शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ ।मलेसियाको सबाह राज्यको बोर्नियो समुद्री तट नजिकैको माउन्ट किनाबालुलाई केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्यूटको भूकम्पको धक्का महसुस भएको द मलाया अनलाइनले जनाएको छ ।भूकम्पले मलेसियाका सडक र भौतिक संरचनामा क्षति पुगेको छ । भूकम्पले सडकहरु चिराचिरा परेका छन् । तर, भूकम्पबाट भएको मानवीय क्षतिबारे […]

२०७२ जेष्ठ २२ गते, शुक्रबार

पेट्रोल पम्प आगलागीवाट ज्यान गुमाउनेको संख्या १५० नाघ्यो

काठमाडौं, २२जेठ । घानाको राजधानी आक्रामा रहेको पेट्रोल पम्पमा आगो लाग्दा ज्यान गुमाउनेको संख्या १५० पुगेको छ । आगो नजिकैको आवासीय स्थलबाट फैलिएको अनुमान गरिएको छ । अहिले त्यहाँका धेरैजना घरबारबिहीन भएका छन् । घटनापछि राष्ट्रपति जोन दरमानी महामाले ३ दिनको राष्ट्रिय शोक घोषणा गर्नुभएको छ । राष्ट्रपतिले यो निकै ठूलो दुर्घटना भएको र यति […]

२०७२ जेष्ठ २२ गते, शुक्रबार

‘ भारतलाई तह लाउन हतियार जुटाउँदै छौं’

काठमाडौं, २१ जेठ । पाकिस्तानले भारतबाट हुन सक्ने कुनै पनि आणविक आक्रमणको सामना गर्न आफूले हतियार जुटाइरहेको जानकारी अमेरिकालाई दिएको छ । आफ्नो आणविक कार्यक्रम पनि भारतको आक्रमणबाट देशलाई बचाउनका लागि भएको पाकिस्तानले बताएको छ । पाकिस्तानी चर्चित पत्रिका डनका अनुसार अमेरिकाको वासिङटनमा भएको अमेरिका र पाकिस्तानबीचको सेक्युरिटी, स्ट्रेटेजिक एबिलिटी एण्ड नन प्रोलिफिरेशन वर्किङ ग्रुपको […]

२०७२ जेष्ठ २१ गते, बिहीबार

अस्ट्रियाद्वारा शरणार्थी आवेदन खुल्ला

काठमाडौं, २१ जेठ । अस्ट्रियाले शरणार्थी आवेदन खुल्ला गरेको छ । यस वर्ष अस्ट्रियामा शरणको लागि करिब ७० हजार शरणार्थीले आवेदन गर्ने अनुमान गरिएको अस्ट्रियाली गृहमन्त्रालयले जानकारी दिएको छ । यसअघि सन् २०१५ मा ५० हजार शरणार्थीले मात्र आवेदन गर्ने अनुमान गरिएको थियो । हाल गरिएको यो अनुमान नयाँ भएको बताइएको छ । यसमा नेपाली […]

२०७२ जेष्ठ २१ गते, बिहीबार

फिफा अध्यक्ष ब्लाटर राजिनामा दिदै

काठमाडौं,२० जेठ । विश्व फुटबल महासंघ फिफा अध्यक्ष सेप ब्लाटरले पदबाट राजिनामा दिने घोषणा गरेका छन् ।ब्लाटरले फिफा पदाधिकारीहरुमाथि अमेरिकी तथा स्विस निकायमा भइरहेको छानविनमा सहयोग गर्न आफ्नो बहीर्गमनको घोषणा गरेका हुन् ।रिक्त हुने फिफा अध्यक्ष पदको नयाँ निर्वाचनको लागि अर्को वर्ष मे १३ तारिखमा मेक्सीको सिटीमा विशेष साधारणसभा बोलाइएको छ ।उक्त साधारणसभाले फिफाको नयाँ […]

२०७२ जेष्ठ २० गते, बुधबार

याङ्सी नदीमा पानीजहाज दुर्घटना

काठमाडौं, १९ जेठ । चीनको याङ्सी नदीमा ४ सय ५० भन्दा बढी यात्रु बोकेको पानी जहाज दुर्घटना भएको छ । चीनको पूर्वी शहर नान्जिङबाट दक्षिण पश्चिम शहर चोंगशिंग गइरहेको पानीजहाज हबेइ प्रान्तस्थित याङ्सी नदीमा डुबेको चिनीया अधिकारीहरुले जनाएका छन् । हाल सम्म आठ जनालाई जिउँदै उद्धार गरिएको र बाँकीको उद्धार कार्य जारी रहेको जनाईएको छ […]

२०७२ जेष्ठ १९ गते, मंगलवार

अमेरिकी प्रहरीद्वारा दैनिक दुईजनाको हत्या

काठमाडौं, १८ जेठ । अमेरिकामा प्रहरीको हातबाट दैनिक दुईभन्दा बढी ब्यक्ति मारिइरहेको तथ्यांक सार्वजनिक भएको छ । वाशिंगटन पोष्टले सार्वजनिक गरेको तथ्यांकअनुसार वर्षको शुरुवाती पाँच महिनामै ३८५ जना प्रहरीको हातबाट मारिएका हुन् । मारिनेमा काला र निहत्था नागरिकको संख्या गोरोको तुलनामा तीन गुना बढिरहेको पनि बताइएको छ ।केन्द्र सरकारलाई नै सूचना दिने कानून प्रवर्तन एजेन्सीले […]

२०७२ जेष्ठ १८ गते, सोमबार