बिश्व

युरोपेली संघद्वारा अमेरिकालाई कर लगाउने उद्घोष

काठमाडौँ । युरोपेली संघ (ईयू) ले अमेरिकी सामानहरूमा पनि बदलास्वरूप कर लगाउने बताएको छ । युरोपेली संघले सबै स्टील र आल्मुनियम आयातमा अमेरिकी करको जवाफमा २६ अर्ब युरो (२१.९ अर्ब पाउण्ड, २८.३ अर्ब डलर) मूल्यका अमेरिकी सामानहरूमा प्रतिशोधात्मक कर लगाउने बताएको छ ।ईयू अध्यक्ष उर्सुला भोन डेर लेयनले भनेकी छन्, ‘हामी अर्थपूर्ण वार्तामा संलग्न हुन […]

२०८१ फाल्गुन २९ गते, बिहीबार

युक्रेन युद्धविराम गर्न तयार

काठमाडौँ । साउदी अरबमा अमेरिकी अधिकारीहरुसँग भएको वार्ताको क्रममा युक्रेन रुससँग जारी युद्ध विराम गर्न तयार भएको छ । ह्वाइटहाउसको ओभल अफिसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तनावपूर्ण छलफलपछि बाहिरिएका युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग अमेरिकी अधिकारीहरुले जेद्दामा पहिलोपटक वार्ता गरेका थिए । उक्त वार्तामा युक्रेन ३० दिनका लागि युद्धविराम गर्न तयार भएको हो । सो वार्तामा […]

२०८१ फाल्गुन २८ गते, बुधबार

सिरियामा १४ वर्षयताकै ठूलो हिंसा, एक हजारभन्दा बढीको मृत्यु

काठमाडौं । सिरियामा १४ वर्षयताकै सबैभन्दा ठूलो हिंसा भएको छ । सरकारी सुरक्षा फौज र पूर्वराष्ट्रपति बसर अल असदका समर्थकबीच शुक्रबार र शनिबार भएका झडपमा एक हजारभन्दा बढीको मृत्यु भएको छ। बेलायतस्थित ‘सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स’ (एसओएचआर) का अनुसार, यस हिंसामा ७४५ जना सर्वसाधारणका साथै पूर्वराष्ट्रपति असद समर्थक १४८ र सरकारी फौजका १२५ जनाले […]

२०८१ फाल्गुन २६ गते, सोमबार

इजरायलद्वारा गाजामा विद्युत र पानी आपूर्ति बन्द

काठमाडौं । इजरायलले गाजा क्षेत्रमा विद्युत आपूर्ति बन्द गर्ने निर्णय गरेको छ। हमास समूहलाई ५९ जना बन्धकको रिहाइका लागि दबाब दिन इजरायलले विद्युत आपूर्ति बन्द गर्ने निर्णय गरेको हो। इजरायलका ऊर्जामन्त्री एली कोहेनले विद्युत निगमलाई गाजातर्फको आपूर्ति कटौती गर्न आदेश दिइसकेको बताए। उनले बाँकी बन्धकको रिहाइका लागि आफूहरुसँग भएका सबै विकल्पहरु प्रयोग गर्ने क्रममा विद्युत […]

२०८१ फाल्गुन २६ गते, सोमबार

इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम वार्ता हुने

काठमाडौं । इजरायल र हमासबीच दोस्रो चरणको युद्धविराम वार्ता चाँडै सुरु हुने अपेक्षा गरिएको छ । इजरायलले युद्धविराम सम्झौताको वार्ता अगाडि बढाउन आफ्नो प्रतिनिधिमण्डल कतार पठाउने बताएपछि वार्ता हुने भएको हो । साथै, हमासले इजिप्ट र कतारका मध्यस्थकर्ताहरूसँग युद्धविराम सम्झौतामा वार्ता सुरु गर्ने सम्बन्धमा पनि सकारात्मक संकेत दिएको छ । इजरायल र हमासबीचको युद्धविराम सम्झौताको […]

२०८१ फाल्गुन २५ गते, आईतवार

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति योल रिहा

काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक योल हिरासतबाट रिहा भएका छन् । महाभियोग लगाइएका राष्ट्रपति योललाई अदालतले प्रक्रियागत आधारमा पक्राउ गर्न आदेश दिएपछि शनिबार हिरासतबाट रिहा गरिएको हो । गत डिसेम्बर ३ मा नागरिक शासनलाई उल्ट्याउने प्रयास गरेको आरोपमा पक्राउ परेका निलम्बित राष्ट्रपति मुस्कुराउँदै बिशेष हिरासतबाट बाहिर निस्किएका थिए ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार […]

२०८१ फाल्गुन २५ गते, आईतवार

रुसी हवाई हमलावाट युक्रेनमा २५ जनाको मृत्यु

काठमाडौं । रुसले युक्रेनको विभिन्न क्षेत्रमा गरेको हवाई र बम हमलामा २५ जनाको मृत्यु भएको छ । युक्रेनको डोनेट्स्क क्षेत्रमा भएको आक्रमणमा ११ जना र खार्किभ, ओडेसा तथा डोब्रोपिल्या शहरमा भएको आक्रमणमा १४ जना गरी २५ जनाको मृत्यु भएको हो ।घटनामा ६ बालबालिका सहित ४० जना घाइते भएका छन् । आक्रमणका कारण ओडेसा र खार्किभ […]

२०८१ फाल्गुन २५ गते, आईतवार

ट्रम्पद्वारा रूसमाथि थप प्रतिबन्ध लगाउने चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सामाजिक सञ्जालमार्फत रुसमाथि थप प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । उनले रुस र युक्रेनलाई तत्काल वार्तामा बस्न पनि आह्वान गरे।युद्धविरामको सहमति नहुञ्जेल प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहेको उनले बताएका छन् ।उनले लेखेका छन् -‘ रुसले अहिले लडाइँको मैदानमा युक्रेनलाई नराम्ररी प्रहार गरिरहेको तथ्यका आधारमा युद्धविराम र अन्तिम शान्ति […]

२०८१ फाल्गुन २४ गते, शनिबार

अमेरिका र युक्रेनबिच पुन : वार्ता हुँदै

काठमाडौँ । अमेरिका र युक्रेनबिच अर्को हप्ता साउदी अरबियामा वार्ता हुने भएको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले साउदी अरबयिामा वार्ता हुने पुष्टी गर्दै उक्त बैठक अर्थपूर्ण हुने आशा व्यक्त गरेका छन् । दुई देशबिचको प्रतिनिधिमण्डलस्तरमा हुने उक्त वार्तामा डोनाल्ड ट्रम्प वा जेलेन्स्की भने सरिक हुनेछैनन् । यद्यपी सो समयमा जेलेन्स्की साउदी अरबियामै रहनेछन् । […]

२०८१ फाल्गुन २३ गते, शुक्रबार

ट्रम्पद्वारा हमासलाई अन्तिम चेतावनी !

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा बन्धकहरूलाई रिहा गर्न हमासलाई अन्तिम चेतावनी दिएका छन् । उनले आफुले इजरायललाई आवश्यक पर्ने सबै कुरा पठाउने यदि आफुले भने जस्तो नगरेमा हमासको एक सदस्य पनि सुरक्षित नहुने चेतावनी समेत दिएका छन् ।व्हाइट हाउसले हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको केही घण्टापछि ट्रम्पले सामाजिक सञ्जालमा लामो पोस्ट गर्दै […]

२०८१ फाल्गुन २२ गते, बिहीबार