बिश्व

साइबर अपराधविरूद्धको अभिसन्धि अनुमोदित

काठमाडौँ । राष्ट्रसङ्घका सदस्य राष्ट्रहरूले साइबर अपराधविरूद्धको अभिसन्धि अनुमोदन गरेका छन्।वर्तमान् समयमा सम्भावित खतराको निगरानी चेतावनी दिएका मानव अधिकारकर्मीहरूको कडा विरोधका बाबजुद सो अभिसन्धि अनुमोदित गरेका हुन्। न्युयोर्कमा तीन वर्षको वार्ता र अन्तिम दुई हप्ताको छलफलपछि सदस्यहरूद्वारा अनुमोदित साइबर अपराधविरुद्धको संयुक्त राष्ट्रसङ्घीय अभिसन्धिलाई औपचारिक स्वीकृतिका लागि महासभामा पेस गरिनेछ।अभिसन्धिको मस्यौदा समितिको अध्यक्ष अल्जेरियाली कूटनीतिज्ञ फौजिया […]

२०८१ श्रावण २५ गते, शुक्रबार

अमेरिका, कतार र इजिप्टद्वारा इजरायल र हमासलाई पुन: वार्तामा आउन आह्वान

काठमाडौँ । अमेरिका, इजिप्ट र कतारले एक संयुक्त विज्ञप्ति जारी गर्दै इजरायल र हमासलाई युद्धविराम र बन्धक–रिहाई सम्झौतामा पुनः वार्ता गर्न आह्वान गरेका छन् । ती राष्ट्रले विगतमा बनाइएको युद्धविरामको ढाचामा सहमति गर्न आग्रह गरेका हुन् । इजरायलले दोहा वा कायरोमा १५ अगस्टमा हुने प्रस्तावित वार्तामा वार्ताकारहरू पठाउने बताएको छ । हमासले तत्काल प्रतिक्रिया दिएको […]

२०८१ श्रावण २५ गते, शुक्रबार

जापानमा ७.१ म्याग्नेच्‍युडको भूकम्प

काठमाडौँ । जापानमा ७.१ म्याग्नेच्‍युडको शक्तिशाली भूकम्प गएको छ । मियाजाकी तटबाट करिब २० माइल टाढा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पलगत्तै जापानको मौसम विज्ञान एजेन्सीले सुनामीको खतरा रहेको भन्दै सचेत रहन चेतावनी जारी गरेको छ ।जापानी प्रसारक एनएचके वर्ल्डका अनुसार भूकम्पपछि मियाजाकी, कोची, ओइटा, कागोशिमा जस्ता क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ। जापानका […]

२०८१ श्रावण २४ गते, बिहीबार

थाइल्याण्डको मुभ फरवार्ड पार्टी भंग गर्न आदेश : नेताहरूमाथि १० वर्ष प्रतिबन्ध

काठमाडौँ । थाइल्याण्डको संवैधानिक अदालतले सबैभन्दा ठूलो दल मुभ फरवार्ड पार्टीले संविधान संशोधन प्रस्ताव गरेर संवैधानिक व्यवस्था उल्लंघन गरेको भन्दै भंग गर्न आदेश दिएको छ । बैंककस्थित संवैधानिक अदालतले एक मतले गरेको फैसलामा पार्टीको कार्यकारी बोर्डलाई समेत प्रतिबन्ध लगाइएको छ । पार्टीका पूर्वनेता पिता लिम्जारोएन्राट र अहिलेका प्रमुख चाइथावात टुलाथन समेत प्रतिबन्धमा परेका छन् । […]

२०८१ श्रावण २४ गते, बिहीबार

बंगलादेशको पूर्व प्रधानमन्त्री जियाद्वारा तत्काल चुनाव गराउन माग

काठमाडौँ । बंगलादेशका पूर्व प्रधानमन्त्री खालिदा जियाले तत्काल चुनाव गराउन माग गरेकी छन् । जियाले जेलमुक्त भएपछि शान्ति र एकताका लागि सबैमा आह्वान गर्दै सबै धर्म, जाति र परिचयका मानिसलाई सुरक्षाको सुनिश्चितता गर्न आग्रह गरेकी हुन् । नेतृ जियाले तीन मिनेट लामो भिडियो सन्देश सार्वजनिक गर्दै अब माया, शान्ति र ज्ञानको समाज बनाइनुपर्ने बताएकी छन् […]

२०८१ श्रावण २४ गते, बिहीबार

२९ जनालाई फाँसी !

काठमाडौँ । इरानमा २९ जनालाई मृत्युदण्ड दिइएको छ । २६ जनालाई तेहरान बाहिरको गेजलहसार जेलमा र बाँकी ३ जनालाई काराज सहरको जेलमा फाँसी दिइएको मिडिया रिपोर्टमा उल्लेख छ ।नर्वेको मानवअधिकार संगठनले दिएको जानकारी अनुसार फाँसी दिइएका मध्ये दुई अफगान नागरिक पनि थिए । उनीमाथि हत्या, लागुऔषध ओसारपसार र बलात्कारको आरोप लागेको थियो । अमेरिकास्थित ह्युमन […]

२०८१ श्रावण २४ गते, बिहीबार

इजिप्टका राष्ट्रपति सिसी र अमेरिकी राष्ट्रपति बाइडेनबीच टेलिफोन वार्ता

काठमाडौँ । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र अमेरिकी समकक्षी जो बाइडेनबीच मध्यपूर्व क्षेत्रको तनावबारे टेलिफोन वार्ता भएको छ । उनीहरुले गाजा पट्टीमा युद्धविराम हासिल गर्न इजिप्ट–अमेरिका–कतार संयुक्त प्रयासहरूको समीक्षा गरेका थिए । क्षेत्रीय तनाव कम गर्न र शान्ति र सुरक्षा पुनःस्थापना गर्न यी प्रयासहरू जारी राख्ने आफ्नो दृढ संकल्प पुष्टि गरेका छन् ।गाजा द्वन्द्वको बिस्तारको […]

२०८१ श्रावण २४ गते, बिहीबार

बंगलादेशको अन्तरिम सरकार प्रमुखमा मुहम्मद युनुस नियुक्त

काठमाडौँ । बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले नोबेल पुरस्कार विजेता डा. मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्ति गरेका छन् । ढाका ट्रीबुनले गएराति राष्ट्रपति, सेना प्रमुख र आरक्षण विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरुबीचको बैठकपछि युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको उल्लेख गरेको छ ।यसअघि मंगलबार राष्ट्रपतिले संसद भंग गरेर अन्तरिम सरकार गठनको बाटो खुला गरेका […]

२०८१ श्रावण २३ गते, बुधबार

बंगलादेशको संसद् विघटन

काठमाडौँ । । बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले संसद् विघटन गरेका छन् । राष्ट्रपति शाहबुद्दिनले संसद् विघटन गर्दै भने- ‘बंगलादेश आर्मी, विभिन्न राजनीतिक दलका शीर्ष नेता, नागरिक समाज र विद्यार्थी आन्दोलनका अगुवाहरूको सहमतिमा १२औं संसद् विघटन गरिएको छ ।’सरकारी जागिरमा आरक्षण र कोटाको विरोधमा जुलाई पहिलो सातादेखि विद्यार्थी आन्दोलन सुरु भएको थियो । आन्दोलनकै बीच अदालतको […]

२०८१ श्रावण २२ गते, मंगलवार

बंगलादेश सेना प्रमुखद्वारा अन्तरिम सरकार बनाउने घोषणा

काठमाडौँ । बंगलादेशका प्रधानसेनापति जनरल वकार–उज–जमानले अन्तरिम सरकार बनाउने घोषणा गरेका छन् । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै सेनाले शासनसत्ता हातमा लिएको छ । लगत्तै पत्रकार सम्मेलन गरेका सेना प्रमुखले हिंसा अन्त्य गर्न आग्रह गरेका छन् ।प्रधानसेनापति जनरल वकार–उज–जमानले देशवासीको नाममा सम्बोधन गर्दै अहिले देशमा राजनीतिक संक्रमणकाल चलिरहेको बताएका छन् । उनले अन्तरिम […]

२०८१ श्रावण २१ गते, सोमबार