बिश्व

इराकमा विस्फोट, ६० को मृत्यु

बग्दाद, कार्तिक १ । इराकको विभिन्न शहरमा भएको छुट्टा–छुट्टै विस्फोटमा ६० जनाको मृत्यु भएको छ । मुसलमानहरुको महान पर्व बकर इद मनाइरहेकाहरु माझ गराइएको विस्फोटमा थुप्रै घाइते भएका हुन् । इराकको राजधानी बग्दाद र उत्तरी सहर मूसलमा भएको विस्फोटका कारण थुप्रै घरमा क्षति पुग्नुका साथै कयौं सवारीसाधनमा पनि क्षति पुगेको छ । इराकमा सन् २००८ […]

२०७० कार्तिक १ गते, शुक्रबार

न्यू साउथ वेष्ट जंगलमा भीषण आगलागी

१ कात्तिक – अस्ट्रेलियाको न्यू साउथ वेष्ट राज्यमा जंगलबाट फैलिएको भीषण आगलागीका कारण सयौं घर जलेर नष्ट भएका छन् ।ठुलो हावाहुरी नलागेपनि जंगलमा लागेको आगलागी नियन्त्रण गर्न कठिन भएको स्थानीय अधिकारीले जनाएका छन् ।तीव्र रुपमा फैलिएको भीषण आगलागीका कारण त्यस राज्यका सयौं घर जलेर नष्ट भएका छन् भने धेरै मानिस घरबार विहीन भएका छन् । […]

२०७० कार्तिक १ गते, शुक्रबार

जापानमा आधीबेरी , तीनको मृत्यु

जापान l सामुद्रिक आधीका कारण ३ जनाको ज्यान गएको जापानका मिडियाले जनाएको छ lमिडियाका अनुसार जापानको राजधानी टोकियोको दक्षिणी क्षेत्रमा पर्ने इजु ओशीमा द्विपमा चार जनाको ज्यान गएको जनाएको छ l तिन जनाको मृत शरीर फेला परिसकेको छ भने एक जना अझै अज्ञात रहेको छ l त्यस क्षेत्र वरपर सामुद्रिक आधीका साथै अत्याधिक बर्षाका कारण […]

२०७० आश्विन ३० गते, बुधबार

भारतमा समुद्री आँधीको बितण्डा

काठमाडौं, २७ असोज – भारतमा सन् १९९९ पछिकै सबैभन्दा ठूलो समुद्री आँधीले महाविनास गरेको छ । गएराती स्थानिय समय अनुसार करिब ९ बजेर १५ मिनेट जाँदा ओरिसा राज्यको गोपालपुरको समुद्र तटमा सबैभन्दा पहिले आएको सो आँधीले ५ लाखभन्दा बढी मानिसलाई अहिले घरबारबिहीन बनाएको छ । करिब २०० किलोमिटर प्रति घण्टाको रफ्तारमा आएको फाइलिन आँधीको अहिले […]

२०७० आश्विन २७ गते, आईतवार

भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार युरोपेली वैज्ञानिकलाई

२२ असोज – ब्रम्हाण्डको उत्पत्तिको विषयमा खोज अनुसन्धान गर्ने दुइ युरोपेली वैज्ञानिकले यो वर्षो नोबेल पुरस्कार प्राप्त गरेका छन् । ब्रम्हाण्डको उत्पत्तिका विषयमा इश्वरीय पिण्ड सम्बन्धि सिद्धान्त अर्थात् हिग्स बोसोनको सिद्धान्त प्रतिपादन गर्ने बेलायती र बेल्जियमका दुइ भौतिक शास्त्रीले यो वर्षो भौतिक शास्त्र तर्फो नोबेल पुरस्कार प्राप्त गरेका हुन् ।बेलायतका पिटर हिग्स र बेल्जियमका फ्रान्कोइस […]

२०७० आश्विन २२ गते, मंगलवार

नेटोका कारण नागरिक प्रताडित भए– कारजाई

काठमाडौं, २२असोज । अफगानिस्तानका राष्ट्रपति हमिद कारजाईले नेटो गठबन्धनका कारण आफ्ना देशका नागरिक प्रताडित बन्नु परेको गुनासो गरेका छन् । बीबीसीसंग अन्तर्वाताका क्रममा कारजाईले ठूलो संख्यामा नेटो गठबन्धन सेना मारिनु र सैन्य अभियानमा अरबौं डलर खर्च हुंदा पनि आफ्नो देश निकै पछाडी पारेको बताए । अफगान राष्ट्रपति कारजाईले नेटो अभियान अफगानिस्तानको पीडाको कारण बनेको दुसेको […]

२०७० आश्विन २२ गते, मंगलवार

यसवर्ष चिकित्साशास्त्रको नोबेल पुरस्कार ३ जनालाई

२१ असोज – यस वर्षको चिकित्साशास्त्रको नोबेल पुरस्कार ३ जना वैज्ञानिकले संयुक्त रुपमा पाएका छन् ।कोष भित्र रहने भ्याकुओलले कसरी आवश्यक पदार्थहरु सम्बन्धित ठाउँमा पुर्‍याउँछ भन्ने कुरा पत्ता लगाएबापत उनीहरुलाई यस वर्षको नोबेल पुरस्कार प्रदान गरिएको हो ।पुरस्कार पाउनेमा २ अमेरिकी नागरिक जेम्स रोथमन र र्‍यान्डी चेकम्यान रहेका छन् भने अर्का जर्मन नागरिक थोमस सुड्होफ […]

२०७० आश्विन २१ गते, सोमबार

पाकिस्तानको पेसावरमा बम विस्फोट छ को मृत्यु

इस्लामावाद, २१ असोज । उत्तरपश्चिम पाकिस्तानमा पर्ने प्रान्तीय राजधानी पेसावरमा सोमबार बिहान भएको एक बम विस्फोटमा कम्तीमा ६ व्यक्तिको मृत्यु भएको छ ।यस विस्फोटमा अन्य १२ व्यक्ति घाइते भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । पेसावर सहरको बाहिरी इलाका बदाबेर क्षेत्रमा प्रहरी टोली र पालियो कामदार जम्मा भएका स्थानलाई लक्ष्यगरी गरिएको यस आक्रमणमा चार प्रहरीसहित […]

२०७० आश्विन २१ गते, सोमबार

अमेरिकी रक्षा मन्त्रालयले बिदामा बसेका कर्मचारीलाई फिर्ता बोलायो

२० असोज – अमेरिकी रक्षा मन्त्रालयले बजेट संकटका कारण बिदामा बसेका आफ्ना कर्मचारीहरुलाई काममा फर्किन निर्देशन दिएको छ । संकटका बेला पनि सैन्य क्षेत्रलाई तलब दिने गरी तयार गरिएको सैन्य ऐनले कर्मचारीलाई तलब दिने अनुमति दिने भएकाले कर्मचारीलाई काममा फिर्ता बोलाइएको रक्षामन्त्रालयले जनाएको छ ।संसदमा बजेटमा सहमति हुन नसकेपछि रक्षा मन्त्रालय मातहत काम गर्ने ४ […]

२०७० आश्विन २० गते, आईतवार

चौधरीलाई मृत्युदण्डको सजाय

१५ असोज । बंगलादेशमा युद्ध अपराधको अभियोगमा विपक्षी दल नेता सलाहुद्दिन कादर चौधरीलाई मृत्युदण्डको सजाय सुनाइएको छ । युद्ध अपराध अदालतले बंगलादेश नेशनल पार्टीका नेता चौधरीलाई पाकिस्तानसँगको स्वतन्त्रता युद्धमा मानवताविरुद्ध अपराध गरेको अभियोगमा दोषी ठहर गरेको थियो । हत्या, बलात्कार, नरसम्हारलगायत २३ मुद्दामध्ये नौ वटामा चौधरी दोषी ठहर भएका थिए । यसैबीच, बंगलादेश नेशनल पार्टीले […]

२०७० आश्विन १५ गते, मंगलवार