बिश्व

इजरायल र हमासबिचको युद्धविराम सम्झौता समाप्त

काठमाडौँ । हमास र इजरायलबीचको युद्धविराम सम्झौता सकिएको छ । इजरायलले फेरि युद्ध सुरु भएको जनाएको छ । हमास र इजरायलबीचको युद्धविराम सम्झौताको बिहीबार सातौं दिन थियो। यसपछि आज यो सम्झौता टुंगिएको हो । सम्झौता समाप्त हुनु केही समयअघि इजरायलले गाजाबाट प्रहार गरिएको रकेट खसालेको बताएको थियो। इजरायली सेनाले एक्समा लेख्यो- “हमासले इजरायलमा गोली चलाउन […]

२०८० मंसिर १५ गते, शुक्रबार

राष्ट्रसङ्घीय जलवायु सम्मेलन सुरु

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन दुबईमा सुरु भएको छ । आयोजक संयुक्त अरब इमिरेट्सको गहन परीक्षाबीच राष्ट्रहरूले विश्वव्यापी तापक्रममा कारवाही अगाडि बढाउन जीवाश्म इन्धनलाई चरणबद्ध रूपमा अन्त्य गर्न आग्रह गरेका छन् । उत्सर्जन अझै बढिरहेको र यो वर्ष मानव इतिहासमा सबैभन्दा बढी गर्मी हुने सम्भावनाका बीच खाडीको भड्किलो सहरमा दुई साता लामो जलवायु सम्मेलन […]

२०८० मंसिर १५ गते, शुक्रबार

इजरायल र हमासबीचको युद्धविराम एक दिन लम्ब्याइयो

काठमाडौँ । इजरायल र हमासले दुई पक्षबीच जारी युद्धविरामलाई थप एक दिन लम्ब्याइएको जानकारी दिएको छ । इजरायली सेनाले “बन्धकहरूलाई रिहा गर्ने प्रक्रिया जारी राख्न मध्यस्थकर्ताहरूको प्रयासलाई ध्यानमा राख्दै” हमाससँगको युद्धविराम कायम रहने बताएको छ।यसैबीच हमासले इजरायलसँगको युद्धविराम एक दिनको लागि लम्ब्याइएको र अब सातौं दिनमा पनि लागू हुने जनाएको छ । समाचार एजेन्सी रोयटर्सले […]

२०८० मंसिर १४ गते, बिहीबार

युक्रेनमा आँधी : १२ जनाको मृत्यु

काठमाडौँ । युक्रेनको दक्षिण भागमा भीषण आँधीका कारण १२ जनाको मृत्यु भएको छ। रूसको आक्रमणबाट प्रभावित दक्षिणी युक्रेनमा सोमबारको आँधीबेहरी र हिमपातले १२ जनाको मृत्यु भएको हो। मस्कोले कब्जा गरेको क्रिमिया र दक्षिणी रूसमा पनि शक्तिशाली हावाहुरी चलेको थियो। युक्रेनका आन्तरिक मन्त्री इगोर क्लाइमेन्कोले आँधीका कारण १२ जनाको मृत्यु भएको र २३ जना घाइते भएको […]

२०८० मंसिर १४ गते, बिहीबार

अस्ट्रेलियाद्वारा ‘डिस्पोजेबल भेप’को आयातमा प्रतिबन्ध

काठमाडौँ । अस्ट्रेलिया सरकारले आगामी जनवरी १ देखि ‘डिस्पोजेबल भेप’को आयातमा प्रतिबन्ध लगाउने मंगलबार घोषणा गरेको छ । सरकारको उक्त घोषणाको चिकित्सकहरूले तत्काल स्वागत गरेका छन् । स्वास्थ्यमन्त्री मार्क बटलरले एकल प्रयोग भेपमाथि रोक लगाउनुको उद्देश्य युवा वर्गमा भ्यापिङमा बढ्दै गएको ‘वास्तविक’ वृद्धिलाई उल्ट्याउनु रहेको बताए । अस्ट्रेलियाले पहिलो पटक मेमा भेपको आयातमा प्रतिबन्ध लगाउने […]

२०८० मंसिर १२ गते, मंगलवार

एलन मस्क र इजरायली सञ्चार मन्त्रालयबीच सम्झौता

काठमाडौँ । इजरायल र गाजामा स्टारलिङ्क इन्टरनेट सञ्चालनका लागि एलन मस्क र इजरायली सञ्चार मन्त्रालयबीच सम्झौता भएको छ। यो सम्झौता अन्तर्गत एलन मस्कले स्टारलिंक मार्फत इजरायल र गाजा स्ट्रिपमा इन्टरनेट उपलब्ध गराउनेछन् । इजरायलका सञ्चारमन्त्री श्लोमो कार्हीले सामाजिक सञ्जालमा यसबारे जानकारी दिएका हुन् । उनले लेखेका छन्;’यस सम्झौता अन्तर्गत स्टारलिंक स्याटेलाइट एकाइहरू इजरायल र गाजा […]

२०८० मंसिर १२ गते, मंगलवार

इजरायल र हमासबीचको युद्धविराम दुई दिन थपियो

काठमाडौँ । इजरायल र हमासबीच थप २ दिन युद्धबिराम लम्ब्याउने सहमति भएको छ । कतारले जनाए अनुसार दुई पक्षबीच थप दुई दिन युद्धबिराम लम्ब्याउने सहमति भएको हो । सो अवधिमा हमासले थप २० जना महिला र बालबालिकालाई रिहा गर्ने भएको छ । चार दिने युद्धविराम सकिनु अघि सोमबार हमासले थप ११ जना इजरायलीलाई रिहा गरेको […]

२०८० मंसिर १२ गते, मंगलवार

अज्ञात बन्दुकधारी समुहद्वारा सय जना अपहरण !

काठमाडौँ । अफ्रिकी मुलुक नाइजेरियामा अज्ञात बन्दुकधारी समुहले सय जनालाई अपहरण गरेको छ । मोटरसाइकलमा आएका हतियारधारी समुहले नाइजेरियाको जान्फारा राज्यको एउटा गाउँमा प्रवेश गरी सय जनालाई अपहरण गरेको बीबीसीले जनाएको छ ।गाउँलेमाथि कर असुल्र्दै आएको बन्दुकधारी समुहलाई कर नतिरेको निहुँमा उनीहरुलाई अपरहरण गरेको बुझिएको छ ।नाइजेरियाको जान्फारा राज्यमा बन्दुकधारी नेताको रुपमा रहेका दमना नामका […]

२०८० मंसिर ११ गते, सोमबार

आप्रावसी बस्ने भवनमा आगलागी: तीन जनाको मृत्यु

काठमाडौँ । फ्रान्सको पेरिसस्थित एक भवनमा आगलागी हुँदा तीन महिलाको मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन्। जसमध्ये १ जनाको अवस्था चिन्ताजनक छ। पेरिसबाट करिब १५ किलोमिटर टाढा रहेको आप्रवासी बाहुल्य सहर स्टेन्सको एउटा भवनको तहखानेमा दिउँसो २ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ। पेरिसका प्रहरी अधिकारीका अनुसार मृत्यु हुने तीनै महिला […]

२०८० मंसिर १० गते, आईतवार

युद्धविरामपछि प्यालेस्टिनीहरू घर फर्किंदै

काठमाडौँ । इजरायल र हमासबीच चार दिने अस्थायी युद्धविराम शुक्रबार बिहानदेखि लागू भएको छ । यस युद्धमा उत्तरी गाजाका हजारौं मानिसहरू आफ्नो घरबार छोडेर दक्षिणतर्फ सर्नुपरेको थियो। शुक्रबार चार दिने युद्धविराम सुरु हुँदा खान युनिसबाट धेरै विस्थापित प्यालेस्टाइनीहरू आ-आफ्नो घरतिर लागेका थिए। इजिप्टको सिमानामा रहेको रफाह क्रसिङमा गाजालाई सहयोग गर्न पठाइएका राहत सामग्रीले भरिएका गाडीहरू […]

२०८० मंसिर ९ गते, शनिबार