अखिल( क्रान्तिकारी)का नेता अनिललाई पक्राउ पुर्जी !

२०७९ फाल्गुन १० गते, बुधबार


काठमाडौ । स्वबियु निर्वाचन मुखमा जिल्ला प्रशासन कार्यालय भक्तपुरले अखिल( क्रान्तिकारी)का सचिवालय सदस्य एवम विद्यार्थी नेता अनिल के सी लाई पक्राउ पुर्जी जारी गरेको छ। जनक शिक्षा सामाग्री केन्द्रका तत्कालीन प्रमुख अनिल झा लाई गत श्रावणमा कालोमोसो दलिएको घटनामा संलग्न भएको अभियोगमा के सी लाई पक्राउ पुर्जी जारी गरिएको हो।
सरकारी/ सामुदायिक विद्यालयहरुमा पाठ्यपुस्तकको कृतिम अभाव सिर्जना गरेको, कागज खरिद प्रक्रियामा करोडौं भ्रष्टाचार गरेको,केहि शैक्षिक माफियाहरु सङ्ग मिलेर नीजि छापाखानालाई पाठ्यपुस्तक छपाई गर्न मिलेमतो गरेको भन्दै अखिल क्रान्तिकारीले जनक शिक्षा सामग्री केन्द्रका प्रमुख झालाई कालोमोसो दलेको थियो।
रोल्पा परिवर्तन गाउँपालिका वडा न २ निवासी विद्यार्थी नेता केसीको निवासमा गतहप्ता जिल्ला प्रशासन कार्यालय भक्तपुरले अभद्र मुद्दामा उनलाई पक्राउ पुर्जी जारि गर्दै सूचना टास गरेको बताइएको छ। सामुदायिक विद्यालयहरुको पाठ्य पुस्तक छपाइ र बितरणको जिम्मा लिएको जनक शिक्षा सामग्री केन्द्रको बदमासीका कारण समयमा बिधालयहरुले किताब नपाएको , खरिद गरिएको कागज समेत सम्झौताका शर्त भन्दा न्युन गुणस्तरको प्रयोग हुने गरेको बिषयमा यसअघि पनि विभिन्न सञ्चार माध्यमहरुमा समाचार प्रशारण र प्रकाशन भएका थिए भने चालु शैक्षिक शत्र सकिनै लाग्दा समेत कर्णाली लगाएत देशका विभिन्न ठाँउहरुमा अझै पाठ्यपुस्तक पुग्न सकेको छैन।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार

मापदण्ड विपरीतका औषधि बरामद

२०८२ कार्तिक ८ गते, शुक्रबार

नर्सलाई सरकारी तलब दिन सक्दैनौँ

२०८२ आश्विन २८ गते, मंगलवार