अखिल (क्रान्तिकारी) द्वारा भण्डाफोर कार्यक्रम

२०८० श्रावण २४ गते, बुधबार


काठमाडौँ । अखिल (क्रान्तिकारी) ललितपुरले ललितपुर महानगरपालिकाले सामुदायिक बिद्यालयलाई निरुत्साहित र निजिलाइ प्रोत्साहन हुने गरि निजि बिद्यालय लाई ५२ लाख वितरण गरेको निर्णय विरुद्ध भण्डाफोर कार्यक्रम गरेको छ। बुधवार ललितपुरको पुल्चोकमा रहेकाे शिक्षा शाखा अगाडि अखिल (क्रान्तिकारी) ले सो कार्यक्रम गरेको हो। कार्यक्रममा नेकपा ललितपुरका इन्चार्ज विपिन सी, अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिव प्रकाश सी, महानगर सेक्रेटरी बज्र सी अखिल (क्रान्तिकारी) ललितपुर जिल्ला इन्चार्ज निगम सी लगायतले मन्तव्य राखेका थिए।

प्रतिक्रियाहरु

[anycomment]