मेलम्ची खानेपानीको गुणस्तरमा शंका नगर्न आग्रह

२०८० माघ ३ गते, बुधबार

काठमाडौँ । खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम प्रशोधन एवं वितरण गरिएको प्रष्ट पारेको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गरेर माघ १ गतेदेखि वितरण गरिएको पानीको गुणस्तरमा शंका नगर्न आग्रह गरेको हो । मन्त्रालयले पुराना वितरण पाइप लाइनहरू लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरण क्रममा केही समय पानी धमिलो आउनसक्ने जनाएको छ ।
बिस्तारै सफा पानी आउने भएकाले खानेपानीको गुणस्तरमा शंका नगर्न र बाहिरी हल्लाहरूको पछि नलाग्न भन्दै मन्त्रालयले मातहतका खानेपानी उत्पादन र वितरणसँग सम्बन्धित निकाय सबैमा अपिल गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सप्तरीको सदा टोलमा हैजा फैलियो !

२०८२ कार्तिक १९ गते, मंगलवार

निजी अस्पताल र नर्सिङ संघबीच सहमति

२०८२ कार्तिक १७ गते, आईतवार

विश्व पक्षाघात दिवस मनाइँदै

२०८२ कार्तिक १३ गते, बुधबार