प्रतिबन्धको तयारीविरुद्ध विद्यार्थी संगठनको प्रदर्शन
काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले सरकारको विद्यार्थी संगठनमाथिको प्रतिबन्धको तयारीविरुद्ध प्रदर्शन गरेका छन् । शुक्रबार ६२औँ विद्यार्थी दिवसको अवसरमा संयुक्त संगठनले त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म विरोध र्याली प्रदर्शन गरेका हुन् ।
विरोध र्यालीमा विद्यार्थीहरुले ‘विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर’, ‘विश्वविद्यालयमा प्रहरी होइन, शिक्षक पठाऊ’, ‘सरकार विश्वविद्यालय आऊ हामी पढाउँछौं’, ‘नबोल्ने कायरता बोल्न दिने अच्याचार दुवै सहिँदैन’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
विरोध र्यालीपछि आयोजित कार्यक्रममा विद्यार्थी नेताहरुले विद्यार्थीहरुको अधिकार कटौति गर्ने कार्य कुनै हालतमा स्वीकार्य नहुने धारणा राखेका छन्।
